काठमाण्डु, १७ असोज-फर्जी लगानी गरेको देखाई रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक लिमिटेड लघु वित्त डेस्क कार्यालय दुलेगौडा, तनहुँका तत्कालीन कामु सहायक अधिकृत असराज खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनालसहितका व्यक्तिले ३६ लाख ५४ हजार ५१७ कीर्ते रुपमा फर्जी लगानी गरेको देखाई रकम...
परासी, १७ असोज- तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदेश त्रिपाठीले सरकारलाई मधेसवादी दलसँग यस अगावै भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनले आइतबार नवलपरासीमा पत्रकारसँग कुरा गर्दै मधेसको आन्दोलनप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै शीर्ष तीन दल सरकार बनाउने खेलमा लागेको...
म्याग्दी, १६ असोज-म्याग्दी जिल्लामा पछिल्लो समय घरजग्गाको कारोबारमा गिरावट आएको छ । भुकम्पपछि त्यसको असर जिल्लाको घरजग्गा कारोबारमा परेको हो । जिल्ला मालपोत कार्यालयमा आर्थिक वर्ष २०७०/७१ मा दुई हजार एक सय घरजग्गाको रजिस्टेसन भएकोमा आव २०७१/७२ मा दुई हजार घरजग्गाको रजिस्टेसन पास भएको...
काभ्रे, १७ असोज–जिल्लाको चौवासमा आइतबार एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । चौवास गाविस–४ बस्ने ४० बर्षीय इन्द्र बहादुर पहरीको मृत्यु भएको हो । चौबास गाविसको कोडका भन्ने स्थानमा रहेको भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । सो ठाउँमा पहरी किन...
काठमाण्डु, १७ असोज– अधिकारकर्मी सपना प्रधान मल्लले संविधान महिलामैत्री नभएकाले धेरै जनालाई आफूले पति मान्नु परेको गुनासो गरेकी छिन् । आइतबार राजधानीमा एमाओवादीले नयाँ संविधानको कार्यान्वयनमा चुनौती विषयक अन्तरक्रियामा मल्लले नयाँ संविधान पनि महिलामैत्री नभएको गुनासो गरीन् । उनले नयाँ संविधानले पनि पितृसतात्मक सोच...
काठमाण्डु, १७ असोज– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको सफल कार्यान्वयन र ऐन कानुन निर्माणका लागि पनि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन् । आइतबार काठमाण्डुमा भएको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले दलीय सहमतिको दस्तवेजको रुपमा आएको नयाँ संविधानको सफल कार्यान्वयन गर्न पनि...
काठमाण्डु, १७ असोज– आइतबार भारतीय मिडिया न्युज २४ मा नेपालले भारतको बिरुद्ध संयुक्त राष्ट्रको ढोका खटखटाएको समाचार लेखेकोे गरेको छ । समाचारमा भारतले गरेका नाकाबन्दीलाई नेपालले लगाएको आरोप भन्दै भारतले यस आरोपलाई पहिल्यै नै खारेज गरेको लेखिएको छ । समाचारमा लेखिएको छ , ‘सुत्रका...
काठमाण्डु, १७ असोज–प्रमुख तीन दल र विजयकुमार गच्छेदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच आइतबार भएको वार्ता सकरात्मक दिशामा अगाडि बढेको सहभागीहरुले बताएका छन् । फोरम लोकतान्त्रिकको कार्यालय सानेपामा भएको वार्ता सकरात्मक भएको र सबैलाई स्वीकार्य हुने निर्णय खोजिने सरकारी वार्ता टोलीका सदस्य वनमन्त्री महेश आर्चाले...
भक्तपुर, १७ असोज– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठन हुने बताएका छन् । आइतबार भक्तपुरमा भएको कार्यक्रममा मन्त्री पण्डितले कांग्रेसले यसअघि भएको भद्र सहमति पालना गर्न आनाकानी गरेकाले सहमतीय सरकार गठनको सम्भावना कम भएको बताए । उनले कांग्रेस बिगतमा भएको...
लहान, १७ असोज-बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले राष्ट्रिय सहमतिका आधारमा बन्ने सरकारले मात्र मुलुकको वर्तमान समस्या समाधान गर्न सक्ने बताएका छन् । पार्टीका अगुवा कार्यकर्तासँग आइतबार बिहान भएको भेटमा उनले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए...
कपिलवस्तु, १७ असोज-लामो समयको बन्दका कारण विद्यार्थीको पठनपाठन अवरुद्ध भएको बताउँदै स्थानीयवासीको दबाबपछि आइतबारबाट कपिलवस्तुका शैक्षिक संस्था सुचारु भएका छन् । संविधानसभाबाट पहिलो पटक संविधान जारी भएपनि सिमाङ्कनलगायतका विषयमा गरेको सहमति मान्य नहुने भन्दै विगत ५४ दिनदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले गरेको लगातार बन्दका...
सप्तरी, १७ असोज-सप्तरीको खड्कपुर गाविस–७ की १७ वर्षीया मञ्जु रामको आइतबार विष सेवनबाट मृत्यु भएको छ । विष खानुका कारणबारे अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।...