समाचार

नेपालको नयाँ सरकार निर्माणबारे भारतीय गृहमन्त्रीको यस्तो खुलासा

२०७२ असोज १७ गते १५:४७

काठमाण्डु,१७ असोज–नेपालमा निर्माण हुन लागेको नयाँ सरकारका विषयमा भारतीय सत्ता पक्षले चासो देखाएको खुलासा भएको छ । पत्रकार ऋषि धमलासँग कुरा गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले सो खुलासा गरेका हुन् । सिहंले अन्तरवार्ताको क्रममा आफूले पछिल्लो उत्पन्न असमझदारीको विषयमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र...

नाकाबन्दीपछि यसो भन्छन् भारतीय गृहमन्त्रीे !

२०७२ असोज १७ गते १५:३०

काठमाण्डु,१७ असोज–भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा आफूहरुले सोच्न पनि नसक्ने स्पष्ट पारेका छन् । गृहमन्त्रीको सरकारी निवास अकवर रोड १७ मा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने,‘भारत सरकार, जनता कुनैपनि...

भारतका दुई नेताले नेपालबारे मुख खाले

२०७२ असोज १७ गते १५:२३

केपी ओली प्रधानमन्त्री हुँदा हामीलाई कुनै आपत्ति छैनः जोली काठमाण्डु, १७ असोज– भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोली भारतीय जनता पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा नभएको बताएका छन् । उनले नेपालमा कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपालका राजनीतिक दलहरुको विषय...

संसद बैठक शुक्रबारसम्म स्थगित

२०७२ असोज १७ गते १४:४६

काठमाण्डु, १७ असोज– पूर्व सांसदको निधनप्रति शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसदको बैठक आगामी शुक्रबारसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुख सुबास नेम्वाङले सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले पठाएको पत्र पढेर सुनाएका थिए । राष्ट्रपतिले गत...

लाङटाङमा संयुक्त सुरक्षा टोली परिचालन

२०७२ असोज १७ गते १४:४३

रसुवा, १७ असोज-भूकम्पपछि लाङटाङ गाउँमा पहिरोले पुरी बेपत्ता भइरहेका नागरिकको खोजीकार्य जारी रहेको छ । पछिल्लो समयमा पहिरो क्षेत्रमा देखा परेको मानव कङ्काल सङ्कलनका लागि नेपाली सेना नारमयणदल, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए । पहिरोमा...

मधेसी मोर्चासँगको वार्ता सकारात्मक भएको छः आचार्य

२०७२ असोज १७ गते १४:३९

काठमाण्डु , १७ असोज-प्रमुख तीन दलीय वार्ता टोली र आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीहरुले बताएका छन् । दुवै पक्षबीच आइतबार मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालयमा भएको वार्ता सकारात्मक भएको तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण...

को बन्ला नेपालको ३८ औं प्रधानमन्त्री ?

२०७२ असोज १७ गते १४:१९

    काठमाण्डु, १६ असोज– संविधान जारी भएलगत्तै प्रमुख दलहरुले नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले गत शुक्रबार सहमतीय सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि दलहरु खुलेरै नयाँ सरकार गठनमा कसरत थालेका छन् । गत माघमा प्रमुख दलहरुबीच भएको...

एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनायो

२०७२ असोज १७ गते १३:५८

काठमाण्डु, १७ असोज– नेकपा एमालेको स्थायी कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यक पहल लिने निर्णय गरेको छ ।   पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले सर्वसम्मत र औपचारिकरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अध्यक्ष ओलीलाई अघि...

पत्नी र काकाले शारीरिक सम्बन्ध राखेको भेटाएपछि…

२०७२ असोज १७ गते १३:४३

मुगु, १७ असोज– मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् । पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको घरेलु हतियार प्रहार गरी हत्या गरेको...

एमालेको नेतृत्वमा सरकार गठनमा कांग्रेसको आनाकानी

२०७२ असोज १७ गते १३:०८

काठमाण्डु, १७ असोज– संविधान जारी भएलगत्तै नयाँ सरकार गठनको बाटो खुले पनि कांग्रेसले एमालेको नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने बताउँदै आएको छ । संविधान जारी भएलगत्तै एमालेको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस र एमालेले पटक–पटक भद्र सहमति गरे पनि आन्तरिक दबाबका कारण प्रधानमन्त्री एवं...

सरकार गठनबारे कांग्रेसमा छलफल

२०७२ असोज १७ गते १२:५७

काठमाण्डु, १७ असोज – नेपाली काँग्रेसले सहमतिको सरकार गठन हुने अवस्था नआए बहुमतीय प्रक्रियाबाट भएपनि सरकार गठनका लागि सर्वदलीय बैठकमा छलफल गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सरकार गठनका बारेमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेर व्यवस्थापिका–संसदमा रहेका...

भारतले लगाएको नाकाबन्दीबाट युवाहरुले आत्मनिर्भर हुने पाठ सिक्नुपर्छ : बिजुक्छे

२०७२ असोज १७ गते १२:२९

पोखरा, १७ असोज– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी शत्रुतापूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । नेवाः पत्रकार पुच पोखराले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले  भने, ‘बेलाबेलामा छिमेकी देश भारतले नेपालमाथि गर्ने गरेका यस्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us