समाचार

बाल स्वास्थ्य शिविरबाट तीन सय लाभान्वित

२०७२ असोज १६ गते १०:२२

म्याग्दी, १६ असोज–बेनी नगरपालिका–८ मा अर्थुङेमा रहेको जामुनाखर्क उच्च माविमा सञ्चालित निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी अर्थुङे उपशाखाको आयोजनामा शुक्रबार भएको शिविरमा ३०५ विद्यार्थी र सात शिक्षक गरी ३१२ जना लाभान्वित भएका छन् । बालबालिकाको नाक, कान, घाँटी,...

जोखिममा परेका बालबालिकाले संरक्षण पाए

२०७२ असोज १६ गते १०:१०

रुपन्देही, १६ असोज–विकट पहाडी जिल्लामा जोखिममा परेका बालबालिकालाई रुपन्देहीको एक बाल आश्रमले संरक्षण गरेको छ । विकट पहाडी जिल्लामा द्वन्द्वको चपेटामा परेका बालबालिकालाई तराईको सुगम जिल्लामा मानिने रुपन्देहीको सैनामैना–१ वनकट्टामा रहेको आश्रमले पालनपोषण तथा शिक्षाको व्यवस्था मिलाएको छ । विकट मानिने कर्णाली अञ्चल खासगरी...

सञ्चारमन्त्री रिजालको दबाबमा भारतीय च्यानलको प्रसारण सुचारु

२०७२ असोज १६ गते १०:१०

काठमाण्डु, १६ असोज– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको दबाबमा भारतीय टेलिभिजनको प्रसारण सुचारु भएको छ । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको विरोधमा नेपाल केबल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसोसियसनले भारतीय अनिश्चितकालका लागि भारतीय टेलिभिजनको प्रसारण बन्द गरेका थिए । मन्त्री रिजालले त्यस्तो गतिविधिले...

वर्षात् नसकिँदै खानेपानीको हाहाकार

२०७२ असोज १६ गते ९:५२

सल्यान, १६ असोज – पश्चिमी क्षेत्रमा वर्षात् नसकिँदै खानेपानीको हाहाकार हुन थालेको छ । मूलखोला–५ च्युरामा खानेपानी आपूर्ति हुने जुम्लेधाराको मुहान खडेरीका कारण सुकेपछि गाविसका ३, ४ र ५ वडाका बस्तीमा खानेपानीको अभाव हुन थालेको हो । बीस वर्षअघि निर्माण गरिएको खानेपानीको मुहान यो...

म्याग्दीले विकासमा तीन करोड ६२ लाख खर्च गर्ने

२०७२ असोज १६ गते ९:२७

म्याग्दी, १६ असोज– जिल्ला विकास समिति म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न योजनाका लागि तीन करोड ६२ लाख बजेट बाँडफाँड गरेको छ । जिविसमा शुक्रबार पत्रकार सम्मेलन गरी जिविस पुँजीगत अनुदान, ग्रामीण खानेपानी, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम र कृषि सडक मर्मतका लागि...

दसैंका लागि घर सिंगार्न माटो लिन गएका सात बालबालिकाको मृत्यु

२०७२ असोज १५ गते २१:०५

कैलाली, १५ असोज– कैलालीको दोधारा–७ कट्टीपुरमा दसैंका लागि घर पोत्ने माटो लिन गएका सात बालबालिकाको ढिस्कोमा पुरिएर ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय १० वर्षीया सीता प्याकुरेल,  ९ वर्षीया मैना सु्नार, ७ वर्षीय किरण सुनार, ७ वर्षीय सुसान्त सुनार, ६ वर्षीय दीपक प्याकुरेल,...

राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आह्वान

२०७२ असोज १५ गते २०:४९

काठमाण्डु, १५ असोज– राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि आह्वान गरेका छन् ।   प्रधानमन्त्री सुशील कोइरालाले नयाँ सरकार गठनका लागि बाटो खोलेकै दिन राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् ।     संविधानअनुसार राष्ट्रपतिले सहमतीय सरकारका लागि एक साताको...

अदालतको अन्तरिम आदेशपछि सभा स्थगित

२०७२ असोज १५ गते १९:१३

काठमाण्डु, १५ असोज-पुनरावेदन अदालत पाटनको आदेशका आधारमा शनिबारका लागि तोकिएको साझा प्रकाशनको तेइसौँ साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आठ वर्षदेखि हुन नसकेको सभा तोकिएको भए पनि अदालतको अन्तरिम आदेशको पालना गरी हाललाई स्थगन गरिएको...

खुल्यो तातोपानी नाकाको ‘ट्रयाक’

२०७२ असोज १५ गते १९:१२

तातोपानी, १५ असोज– वैशाख १२ गतेको भूकम्पका कारण विगत लामो समयदेदि बन्द रहेको तातोपानी नाकाको ‘ट्रयाक’ शुक्रबार खुलेको छ । तातोपानी जोड्ने सडकअन्तरगतको भूकम्प र पहिरोका कारण रहेको अवरोध हटाइएपछि सो नाका खुलेको हो । ‘ट्रयाक’ ख्ले पनि मालबाहक सवारी साधन पूर्णरुपमा भित्रन भने...

यसरी उत्रिए नाकाबन्दीका विरोधमा भारतीय नागरिक !

२०७२ असोज १५ गते १८:५५

बागलुङ, १५ असोज-भारतले नेपालको सीमा नाकामा लगाएको अघोषित नाकाबन्दीप्रति यहाँ बस्ने भारतीयले विरोध जनाएका छन् । भारतका विभिन्न ठाउँबाट पेसा व्यवसायका सिलसिलामा बागलुङ आएका उनीहरुले नेपालमाथि भएको भारतीय हस्तक्षेप निन्दनीय भएको धारणा राखे । भारत र नेपालको मधेसबाट यहाँ आएका व्यवसायी अघोषित नाकाबन्दीविरुद्ध बिहीबार...

खोटो सङ्कलन केन्द्रमा आगलागी

२०७२ असोज १५ गते १८:४२

बैतडी, १५ असोज-जिल्लाको तल्लोस्वोराड क्षेत्रमा पर्ने मेलौली गाविस–१ काँडा बजार नजिकै रहेको खोटो सङ्कलन केन्द्रमा शुक्रबार अपराह्न आगलागी भएको छ । एसियाकै पहिलो महिलामन्त्री द्ववारीकादेवी ठगुरानीको स्मृति भवनमा सञ्चालित खोटो सङ्कलन केन्द्रमा बालबालिका खेल्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...

ओलीले भने, ‘नाकाबन्दीबाट धेरै आत्तिनु पर्दैन’

२०७२ असोज १५ गते १८:३८

काठमाण्डु, १५ असोज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दी छिट्टै अन्त्य हुने बताएका छन् । अखिल नेपाल महिला सङ्घद्वारा नेपाली महिलाको सांस्कृतिक पर्व ‘जितिया २०७२’ का अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अघोषित नाकाबन्दी वार्ताका माध्यमबाट चाँडै अन्त्य हुने बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us