समाचार

पर्यटकलाई भने छोड्यो भारतले

२०७२ असोज १२ गते १३:०९

रुपन्देही, १२ असोज-सोमबार दिउँसोदेखि बेलुकासम्म रुपन्देहीको सुनौली नाकाबाट सबै प्रकारका गाडीको प्रवेश दिएको भारतीय पक्षले मंगलबार बिहान भने पर्यटकका गाडी मात्रै नेपाल पठाएको छ । सोमबार बेलुकासम्ममा पेट्रोलियम, ग्यास, खाद्यान्न, टायल्स र फलफूलका गरी ६० वटाभन्दा बढी गाडी नेपाल प्रवेश गरेका थिए । सोमबार...

पेट्रोलियम पदार्थको अभावबाट निजी विद्यालय प्रभावित

२०७२ असोज १२ गते १२:५९

काठमाण्डु, १२ असोज-भारतीय सीमाबाट पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोधका कारण काठमाण्डु उपत्यकाका निजी तथा आवासीय विद्यालयसमेत प्रभावित भएका छन् । तराई मधेसमा जारी आन्दोलन र भारतीय सीमामा भएको अवरोधबाट पेट्रोलियम पदार्थको अभाव सिर्जना भई सीमित सवारीसाधन मात्र सञ्चालनमा आएका छन् । सवारीसाधन हुने ठूला विद्यालयका...

नदीमा डुबेर खनालको मुत्यु

२०७२ असोज १२ गते १२:५४

परासी, १२ असोज-नवलपरासी कावासोती–१२ गैरीस्थित नारायणी नदीमा डुबेर देवचुली–१२ बस्ने ८२ वर्षीय गङ्गाराम खनालको मुत्यु भएको छ । खनाल नारायणी नदीमा डुबेको अवस्थामा फेला परेका थिए । खनालको शव परीक्षणका लागि दुम्कौली स्वास्थ्य चौकीमा राखिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।...

संविधान जलाउने कुरामा मेरो समर्थन छैनः बाबुराम

२०७२ असोज १२ गते १२:४९

कठमाण्डु, १२ असोज–पूर्वमाओवादी नेता बाबुराम भट्टराईले नयाँ संविधान जलाउने कार्यमा आफ्नो समर्थन नरहेको प्रष्ट पारेका छन् । उनको निजी सचिवालयले विज्ञप्तिमार्फत केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा भट्टराईको उपस्थितिमा जनकपुरमा संविधान जलाउने भनी आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘यो समाचार सतप्रतिशत गलत हो...

जनकपुरमा बाबुरामको समर्थन र विरोधमा एकैसाथ नाराबाजी

२०७२ असोज १२ गते १२:३२

जनकपुर, १२ असोज– पूर्वमाओवादी नेता बाबुराम भट्टराई मधेस आन्दोलनमा ऐक्यबद्धता जनाउन मंगलबार जनकपुर गएका छन् । भट्टराई विमानस्थलमा अवतरण गर्नेबित्तिकै केहीले समर्थनमा र केहीले विरोधमा नाराबाजी गरेका थिए । भट्टराईसँगै माओवादीबाट अलग भएका मधेसी नेता कर्याकर्ताले समर्थनमा र आन्दोलनरत मधेसी मोर्चाका केही घटकले विरोधमा...

बाबुराम भट्टराईको उपस्थितिमा मधेसमा जलाइने भयो संविधान

२०७२ असोज १२ गते ११:४६

जनकपुर, १२ असोज– आन्दोलनरत संयुक्त लोकतान्त्तिक मधेसी मोर्चाले पूर्वमाओवादी नेता बाबुराम भट्टराईको उपस्थितिमा नयाँ संविधान जलाउने भएको छ । झण्डै एक साता लामो प्रयासपछि भट्टराई मंगलबार हवाई जहाजमार्फत जनकपुर पुगेका छन् । जनकपुरमा आन्दोनरनत पक्षले उनको स्वागत समिेत गर्ने भएको छ । भट्टराईकै उपस्थितिमा...

भारतको नाकाबन्दीले पूर्वी पहाडी जिल्लामा अत्यावश्यक वस्तुको अभाव

२०७२ असोज १२ गते ११:२६

काठमाण्डु, १२ असोज– भारतको अघोषित नाकाबन्दीका कारण राजधानी काठमाण्डुलगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ । नाकाबन्दीका कारण पहाडी जिल्लाहरुमा समेत पेट्रोलियम पदार्थ, खाध्यान्न तथा औषधिको पनि अभाव हुन थालेको छ । अरुण पूर्वका विभिन्न पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थका साथै औषधि र अन्य अत्यावश्यक वस्तुको...

भारतीय विदेशन्त्रीको धम्की, ‘नेपालमा मोदीविरोधी गतिविधि नरोके राम्रो हुँदैन’

२०७२ असोज १२ गते ११:१८

काठमाण्डु, १२ असोज– भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालमा आफ्नो मुलुक र प्रधानमन्त्री नरेन्द्र मोदीविरोधी गतिविधि बढेको भन्दै आपत्ति जनाकी छन् । एक सातायता भारतले लगाएको अघोषित नाकाबन्दी हटाएर आपूर्ति व्यवस्था र आवतजावत सुचारु गराउने प्रयासमा दिल्ली गएका आपूर्तिमन्त्री सुनीलबहादुर थापासँगको भेटमा स्वराजले भारतविरोधी गतिविधि...

ट्रकमा आगजनी

२०७२ असोज १२ गते १०:५३

सिराहा, १२ असोज – संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले गएराति सिरहाको मिर्चैयास्थित ग्यारेजमा राखिएको एउटा ट्रकमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चोकस्थित मुन्ना ग्यारेजमा राखिएको ना४ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको सिट जलेर नष्ट भएका छन् भन्ने इन्जिनमा...

५० सिलिन्डर ग्यास लुटियो

२०७२ असोज १२ गते १०:४७

महोत्तरी, १२ असोज –महोत्तरी जिल्लाको सम्सी रघुनाथपुर सडकखण्डमा सोमबार अबेर साँझ एक व्यापारीका ५० वटा ग्यास सिलिन्डर लुटिएको छ । जिल्लाको पश्चिमी सीमा नाकामा अवस्थित सम्सी बजारमा खाना पकाउने एलपी ग्यासको व्यापार गरी बसेका सम्सी गाविस–७ बस्ने रामदेव यादवको ५० वटा ग्यास सिलिन्डर युवाको...

उपस्वास्थ्य चौकी भवन निर्माणका लागि चार रोपनी जग्गा प्रदान

२०७२ असोज १२ गते ८:५७

पाल्पा, १२ असोज –उपस्वास्थ्य चौकी भवन निर्माणका लागि फोक्सिङकोट निवासी सन्तवीर सिंजालीले चार रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर पूर्वमा पर्ने गाविसमा भवन निर्माण गरी यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिन जग्गा उपलब्ध गराएको सिंजालीले बताए । उपस्वास्थ्य...

शिविरमा तीन सय ८४ को कान परीक्षण

२०७२ असोज १२ गते ८:५३

वालिङ, १२ असोज–स्याङ्जाको वालिङस्थित गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको दुई दिने निःशुल्क कान परीक्षण शिविरमा तीन सय ८४ जनाले सेवा लिएका छन् । गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र समुदायमा आधारित पुनःस्थापना सेवाको संयुक्त आयोजना तथा कादुरी च्यारिटेवल फन्ड हङकङको सहयोगमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us