समाचार

हेरौँ के रहेछ वास्तवमा ज्वालामुखी सम्बन्धि भ्रम

२०७२ वैशाख २३ गते १२:०२

काठमाण्डु, २३ वैशाख– बुधबार रौतहट गौरमा ज्वालामुखी विस्फोटको समाचार राष्ट्रिय समाचार समितिमा आयो । सबै मिडियाले समाचारलाई प्राथमिकताका साथ स्थान दिए । तर, समाचारले आलोचना पनि खेप्नु पर्यो । रासस नेपालको विश्वसनिय सरकारी समाचार संस्था भएकाले सबैले त्यो समाचार हाल्न कुनै हिचकिटाहट मान्ने कुरै...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०७२ वैशाख २३ गते ११:५१

काठमाण्डु, २३ वैशाख– मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । गुल्मी रुपाकोट–३ मा बुधबार लु ३ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको नाम र थर खुल्न नसकेको प्रहरीले बताएको छ...

राहत वितरणका लागि उडे चिनियाँ हेलिकोप्टर

२०७२ वैशाख २३ गते ११:०३

काठमाण्डु,२३ वैशाख- भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन आएका तीन चिनियाँ एमआई–१७ हेलिकोप्टर राहत सामग्री लिई बुधबारबाट सिन्धुपाल्चोक,रसुवा र गोरखाका लागि प्रस्थान गरेका छन् ।   त्रिभुवन विमानस्थल समन्वय केन्द्रका अनुसार बुधबार बिहान ती हेलिकप्टर काठमाण्डु आइपुगेका हुन् । यसैबीच विनाशकारी भूकम्पमा परी लाङ्टाङबाट...

वैद्यले भने, ‘महाविपत्तिमा सबै मिलेर जाऔं’

२०७२ वैशाख २३ गते १०:३८

भक्तपुर,२३ वैशाख-नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पका कारण भक्तपुरमा परेको धनजनको क्षतिबारेमा जानकारी लिँदै आफ्नो कार्यकर्तालाई राहतमा जुट्न निर्देशन दिएका छन् । भूकम्प प्रभावित मध्यपुरथिमि शङ्खधर चोक,बालकुमारी,लाछिटोल,शिवाटोल,ताहाननी,पोबुलगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले ती क्षेत्रमा आफ्नो कार्यकर्तालाई भत्किएका भौतिक संरचनाको पुनःनिर्माणमा स्वयम्सेवीको भूमिका निर्वाह गर्दै राहतमा...

भूकम्पको घाउ मेटाउन सञ्जय अमेरिकाको उच्च शिखर चढ्ने

२०७२ वैशाख २३ गते ९:२३

काठमाण्डु, २३ वैशाख– गत साता गएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा अल्ट्रा धावक तथा आरोही सञ्जय पण्डितले उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने भएका छन् ।   महाभूकम्प गएपछि तीन करोड नेपाली शोकमा डुबेको समयमा संसारलाई नेपालीलाई परेको विपत्तिमा साथको आग्रह...

डाक्टर भन्छन्, ‘भूकम्प पीडितले उपचार हैन, विष माग्छन्’

२०७२ वैशाख २३ गते ९:०९

काभ्रे, २३ वैशाख– काभ्रेपलाञ्चोक जिल्लाको गैरीबिसौना देउपुर गाविसका ५० वर्षीय टोलप्रसाद न्यौपानेलाई अहिले पनि रातिमा ठूलै भूकम्प आएको अनुभूति हुन्छ । भूकम्पका कारण आफ्नी श्रीमती र नाति गुमाएका उनलाई राति सुतेको बेलामा झस्किरहने समस्या देखिएको छ । त्रिपालमुनि किरिया गरेका उनको मुहारमा अहिले पनि...

महामारी रोक्न काठमाण्डुमा सरसफाई अभियान

२०७२ वैशाख २३ गते ९:०३

मानवताका लागि शान्ति र संस्कृति नेपाल ‘प्याक ’ले भूकम्पले निम्त्याएको विपतीका कारण काठमाण्डु उपत्यकामा महामारी फैलन सक्नेभन्दै सरसफाई अभियान सुरु गरेको छ । प्याकले काठमाण्डुका विभिन्न स्थानमा सरसफाई गर्नुका साथै स्वास्थ्य कयाम्पसमेत संचालन गरेको छ । उसले यस क्रममा धर्मस्थली, काभे्रस्थली तथा जितपुर फेदीमा...

बुधबार बिहान गएको भूकम्पले काभ्रेमा एक महिलाको मृत्यु

२०७२ वैशाख २३ गते ८:३१

काभ्रे, २३ वैशाख– बुधबार बिहान ४ बजेर ४० मिनेटमा नुवाकोट आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पले काभ्रेमा एक महिलाको ज्यान गएको छ । काभ्रेको खार्पाचोक गाविस–४ की ५२ वर्षीया सानुमाया तामाङको चर्किएको घर लड्दा पुरिएर मृत्यु भएको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पका...

भूकम्पमा परेर मृत्यु हुनेको संख्या ७ हजार ६ सय ५२

२०७२ वैशाख २३ गते ८:१३

काठमाण्डु,२३ वैशाख-वैशाख १२ गते शनिबार र आइतबार गएको भूकम्पमा परी हालसम्ममा सात हजार ६ सय ५२ जनाको ज्यान गएको छ ।   गृह मन्त्रालयले वुधबार उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ३९० पुगेको छ ।   हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा...

अठार हजार पशुपंक्षीको एउटै चिहान

२०७२ वैशाख २३ गते ७:५०

बनेपा,२३ वैशाख-काभ्रेपलाञ्चोक जिल्लाका ३६ गाविस र पाँच नगरपालिकामा भूकम्पका कारण साना तथा ठूला पशुपक्षी गरी कुल १८ हजार १३७ पशु तथा पक्षी मरेका छन् । तीमध्ये तीन हजार ८७१ ठूला तथा साना पशु,चौपाया छन् ।   जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ठूला पशु एक...

त्रिपालभित्र जिन्दगीको नयाँ सपना बुन्दै विद्यार्थी

२०७२ वैशाख २३ गते ७:२५

चितवन,२३ वैशाख-भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ ।   जिल्लाका अधिकांश विद्यालयमा सामान्य प्रभाव देखिएपनि नौवटा विद्यालयका कक्षा कोठामा क्षति पुगेपछि दातासँग त्रिपाल मागेर त्रिपालमुनि पढाई थालिएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार...

एउटै हेलिकोप्टर चढेर रसुवा पुगे सुशील, केपी र प्रचण्ड

२०७२ वैशाख २३ गते ७:११

रसुवा, २३ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय विपत्तिका बेला सबै नागरिक राष्ट्रिय एकताको भावनाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार बिहान ९ एनआरए ७ हेलिकप्टरबाट एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ सदरमुकाम धुन्चे आएका प्रधानमन्त्री कोइरालाले भूकम्प...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us