समाचार

राहत आइनपुगे टोल फ्रि नम्बर १६६०१२२३३४ मा सम्पर्क गर्नुहोस्

२०७२ जेठ १ गते ८:५०

काठमाण्डु,१ जेठ-व्यवस्थापिका–संसद्, राष्ट्रिय विपद् व्यवस्थापन,अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुगे नपुगेकाबारे जानकारी गराउन सर्वसाधारण नागरिकसँग आग्रह गरेको छ । व्यवस्थापिका–संसद्द्वारा गत वैशाख ३० गते गठित शीर्ष समितिले भूकम्प प्रभावित व्यक्तिलाई राहत सामग्री वितरण भए नभएको,उद्धारको काम भए नभएको र...

ओलीले युवाहरुलाई भने, ‘विपत्तिका बेला दृढताका साथ राष्ट्र निर्माण लागौं’

२०७२ जेठ १ गते ८:३९

काठमाण्डु,१ जेठ-नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुक प्राकृतिक विपत्तिमा परेका बेला दृढताका साथ राष्ट्र निर्माणमा लाग्न युवालाई आह्वान गरेका छन् ।   पार्टी निकट युवा सङ्घ नेपालको २५ औँ स्थापना दिवस (रजतजयन्ती) का अवसरमा शुक्रबार सन्देश दिँदै उनले भूकम्पबाट उत्पन्न प्राकृतिक विपत्तिका बेला अत्तालिएर...

अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकको घोरथलीमा भेटियो

२०७२ जेठ १ गते ८:१९

काठमाण्डु,१ जेठ-भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकै अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर शुक्रबार सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ ।   नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको...

तपाईको एउटा बोराले कसैको घर बन्न सक्छ, सहयोग गर्ने होइन ?

२०७२ जेठ १ गते ७:४६

काठमाण्डु, १ जेठ– तपाईलाई अचम्म लाग्न सक्छ । एउटा बोराले पनि घर बन्छ भनेर । तर, त्यो सम्भव छ । तपाईहरुको एउटा–एउटा बोराले भूकम्पपीडितका लागि नयाँ घर बन्न सक्छ । त्यसलाई सम्भव पार्नेछन् काठमाण्डुमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले । इस्टिच्यूट अफ इन्जिनियरिङका केही विद्यार्थीको पहलमा...

चक्कु देखाएर पैसा लुटपाट गर्ने चारजना पक्राउ

२०७२ जेठ १ गते ७:३९

पोखरा,१ जेठ-पोखराको न्युरोडमा रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आफ्ना श्रीमान्ले विदेशबाट पठाएको पैसा झिकी घर जान लाग्दा धारिलो हतियार चक्कु देखाई पैसा लुटी लग्ने चार जना डाँकालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सल्लेरी गाविसका २५...

महाभूकम्पसँग हारिन् मनकामनादेवी ! काठको टेकोले मन्दिर अड्याइयो

२०७२ जेठ १ गते ७:३३

गोरखाबजार,१ जेठ-हालैको भूकम्पले क्षतिग्रस्त बनाएको गोरखाको गोरखनाथ गुफा र मनकामना मन्दिरलाई टेको लगाएर अड्याइएको छ ।   वैशाख १२ गते गएको भूकम्पले गोरखा दरबारस्थित गोरखनाथ गुफालाई तीन इन्च ढल्काएको छ । त्यस्तै भूकम्पले मनकामना मन्दिरलाई १२ इन्च दक्षिण पश्चिम ढल्काएपछि काठको टेको लगाइएको हो...

एसएलसीको परीक्षाफल असार दोस्रो सातामा

२०७२ जेठ १ गते ७:१९

भक्तपुर,१ जेठ- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ ।   परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले हालै आएको भूकम्पले उत्तरपुस्तिका परीक्षणमा खासै असर नपारेको र सबै उत्तरपुस्तिका सुरक्षित रहेकाले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने बताए । भूकम्पले परीक्षार्थीको...

अमेरिकी हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा दोलखाको कालिन्चोकमा भेटियो

२०७२ जेठ १ गते ६:३३

काठमाण्डु, १ जेठ–मंगलबार गएको दोस्रो ठूलो भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा हराएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोक भगवती नजिकै छेउमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताइएको छ । कालिन्चोकको एक स्थानीय व्यक्तिले आफूले हेलिकोप्टरका दुई वटा पखेटा देखेको जानकारी दिएपछि त्यसलाई पुष्टि गर्न...

नेपालका भूकम्प पीडितलाई सघाउन अमेरिकी राष्ट्रपति ओबामाले पठाए प्रधानमन्त्रीलाई यस्तो सन्देश

२०७२ जेठ १ गते ६:१७

काठमाण्डु, १ जेठ– अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिएका छन् । मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटी सो सन्देश सुनाएका...

अरबी जलवाष्पले मौसम बदली : शुक्रबार साँझ मेघ गर्जनसहित पानी पर्ने

२०७२ जेठ १ गते ५:५७

काठमाण्डु, १ जेठ– अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका पूर्वी तथा मध्य भेगमा मौसम बदली भएको छ । उक्त वायुको प्रभावलेसाँझपख मेघ गर्जनसहित पानी पर्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । “खासगरी पूर्वी र मध्यपहाडी भेगमा बदली भएको छ, साँझ एक दुई घन्टा...

जग्गाको कारोबार गर्नेहरुले कुलो अतिक्रमण गरे, रुपन्देहीमा सिँचाई अवरुद्ध

२०७२ जेठ १ गते ४:१६

बुटवल, १ जेठ– जग्गाको कारोवार गर्नेहरुले सिँचाइको लागि वर्षौदेखि प्रयोग हुँदै आएको कुलो र नहर अतिक्रमण गरी सडक बनाइदिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका–२०, पत्थरडाँडामा सिँचाइ सेवा प्रभावित भएको छ । कुलो र नहर अतिक्रमण भएपछि त्यहाँ रहेको दुई सय बिगाहा खेतमा सिँचाइ प्रभावित भएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us