काठमाण्डु, २ जेठ– ओम अस्पतालका अध्यक्ष डा.भोला रिजालले आफ्नो नेतृत्वमा भूकम्पमा परेका १२ सय घाइतेको उपचार र ७९ वटा मेजर अप्रेसन गरेको बताएका छन् । रिपोर्टस क्लबद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कठिन परिस्थितिका बाबजुद ४६ जना मृतकहरुको व्यवस्थापन समेत गरेको उनले बताए ।...
काठमाण्डु, २ जेठ–उद्धारका लागि गएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु हुने आठै जनाको शव फेला परेको छ । गत वैशाख २९ गते आएको ठूलो पराकम्पनपछि दोलखामा उद्धारमा गएको हेलिकोप्टर बेपत्ता भएको र उक्त हेलिकोप्टर शुक्रबार दुर्घटनाग्स्त अवस्थामा सिन्धुपाल्चोक र दोलखाको सीमा घोर्थलीमा फेला परेको थियो...
रसुवा,२ जेठ-विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा ४७ दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार जिल्लाका १८ गाविसभित्र भूकम्पका कारण शुक्रबार बिहानसम्म ५६९ जनाको मृत्यु भइसकेको र भूकम्पपछि घाइते भएका ७५६ जनालाई उपचार सेवा दिन हेलिकप्टरद्वारा त्रिशूली तथा काठमाण्डुका...
काठमाण्डु,२ जेठ- इस्लामी सङ्घ नेपालले भूकम्पले मुख्य रुपमा प्रभाव पारेको १४ जिल्लाका २१ हजार २३१ घरधुरीलाई खाद्यान्न,त्रिपाल तथा अन्य अत्यावश्यकीय सामग्री वितरण गरेको जनाएको छ । सङ्घले गत वैशाख १३ गतेदेखि नै राहत सामग्री सङ्कलन तथा वितरण गरेको र खोजी तथा उद्धारमा सक्रिय सहभागिता...
काठमाण्डु, २ जेठ– एकीकृत माओवादीले राष्ट्रिय सरकारका नाममा केही मन्त्री मात्र थप्ने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट्याएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही नेतालाई मन्त्रीको जागिर मिलाउने राष्ट्रिय सरकार मुलुकका लागि नचाहिएको बताए । मुलुक भूकम्पले ल्याएको संकटमा रहेका बेला राष्ट्रिय सहमतिको सरकार बन्नुपूर्व...
काठमाण्डु,२ जेठ-लायन्स क्लब इन्टरनेशनल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा कीर्तिपुरस्थित विश्वविद्यालय हातामा ब्लड बैंक स्थापना हुने भएको छ । तीन रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधायुक्त ब्लड बैंक स्थापना गर्न हालै सम्झौता भई शिलान्याससमेत गरिएको छ । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक ३२५ को शनिबार आयोजित...
काठमाण्डु, २ जेठ– महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारी गरेको आरोपमा शनिबार राजधानीको कालिमाटीबाट दुईजना व्यापारीलाई पक्राउ गरेको छ । विपदको बेला कालोबजारी गरेको भन्दै काभ्रे जिल्ला घर भई कालिमाटीमा व्यापार गर्दै आएको केशव श्रेष्ठ र काभ्रेकै अमित श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई...
काठमाण्डु,२ वैशाख-नेपाली काँग्रेस पदाधिकारीको बैठकले विपद् व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रसँग समन्वय,सम्पर्क र सहयोगमा राहत वितरण तथा पुनःस्थापनाको कार्यक्रम हुन नसकेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले अहिले भइरहेको राहत वितरण कार्यमा समन्वयको अभावले गर्दा कतै राहत...
मोरङ,२ जेठ-भूकम्पको विपत्तिमा परेका पीडितलाई राहत दिन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष गच्छदारले अगामी १० दिनभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताए । सहमतिको सरकार बनाउँदा...
काठमाण्डु, २ जेठ- काठमाण्डु आसपासका क्षेत्रमा मौसम बदली भई एक्कासि वर्षा केही बेर वर्षा भाएको छ । पानीसँगै असिना पनि परेका कारण पालमा बस्ने भूकम्प पीडितहरु थप समस्यामा परेका छन् । काठमाण्डु उपत्यकाका तीनै जिल्लामा वर्षा भएको र वर्षा सँगै भक्तपुर आसपासका क्षेत्रमा असिना पनि...
दमक,२ जेठ-लिचीको दाना अड्किएर झापा दमकका एक काखे बालकको शनिबार मृत्यु भएको छ । दमक–१ घर भएका मनमाया मगरका दुई वर्षीय बालक रिदम मगरको मृत्यु भएको हो । लिची खाँदा अचानक घाँटीमा लिचीको दाना अड्किएको उनको दमकस्थित लाइफ लाइन अस्पतालमा ल्याउनाका साथ मृत्यु भएको...
काठमाण्डु, २ जेठ-काठमाण्डु उपत्यकाको तारकेश्वर नगरपालिका–८ जीतपुरफेदीका बासिन्दालाई भूकम्पसँगै बाघले तर्साउने गरेको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा सर्वसाधारणमा एकातिर छँदैछ त्यससँगै बाघले रातमा सुतेको ठाउँ वरपर आएर तर्साउने गरेको स्थानीय रामशरण गजुरेल बताउँछन् । उनी भन्छन्,‘भूकम्पले सम्पूर्ण घरगोठ लग्यो बारीमा पाल...