फाइल फोटो काठमाण्ड, ३ जेठ– एमाओवादीलगायत पाँच माओवादी घटकले भूकम्प प्रभावित क्षेत्रमा अभियानको रुपमा श्रम शिविर चलाउने भएको छ । भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्कालका लागि अस्थायी आवासस्थल निर्माण गर्न सो शिविर चलाउन लागिएको उनीहरुले बताएका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास...
काठमाण्डु, ३ जेठ– भूकम्पका कारण एमालेको बल्खुस्थित मुख्यालय क्षतिग्रस्त भएपछि पार्टी कार्यालय तत्कालका लागि शंखपार्कस्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठानको कार्यालय रहेको भवनमा सर्ने भएको छ । एमालेको आजको स्थायी कमिटीको बैठकले हाललाई भाडामा लिएर शंखपार्कका कार्यालय सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए...
काठमाण्डु, ३ जेठ–आइतबार बिहान बालुवाटारमा बेग्लै सरगर्मी थियो । मुलुकमा परेको महाविपत्तिमा पीडितहरुलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेहरुको भीडमा एक बालकलाई उनकी आमाले काखमा लिएर बसेकी थिइन । मानिसहरु खासखुस गर्दै थिए, आज अद्भूत बालक (गुगल ब्वाइ) आदित्य दाहालले...
काठमाण्डु, ३ जेठ– गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार पाँच सय ६७ पुगेको छ । गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार बढी मृत्यु हुनेमा हालसम्म सिन्धुपाल्चोकमा तीन हजार ४२३, काठमाण्डुमा एक हजार...
काठमाण्डु, ३ जेठ– नागार्जुन नगरपालिकास्थित सेतोगुम्बाले देशका विभिन्न स्थानमा भूकम्प पीडितलाई करिब एक करोड रुपैयाँ वरावरको राहत वितरण गरेको छ । रसुवाका हाकु, गतलाङ, थुमनलगायत गाविस तथा सिन्धुपाल्चोकमा अहिलेसम्म २२ हजार बोरा चामल, तेल, नुन, कम्बल, दुई हजार थान त्रिपाललगायत सामग्री उपलब्ध गराएको हो...
काठमाण्डु, ३ जेठ– नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरित गिरीले ट्विटरमा गरेको उउटा ट्विटका कारण धेरै आलोचना खेप्नु परेको छ । उनले ‘भूईंचालोलाई आधार बनायी भूकम्प प्रभावित जनता लाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताकालागि कार्य भयी रहेको महसूस हुन थालेको छ।’ भनि आफ्नो ट्विटरमा...
काठमाण्डु, ३ जेठ–एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले गरिरहेको राहत वितरणको कार्य प्रभावकारी नभएको बताएका छन् । बाइसौँ मदन आश्रित स्मृति दिवसका अवसरमा आइतबार पार्टी कार्यालय मदननगर बल्खु परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारको प्रमुख घटक भए पनि कहाँबाट कति...
काठमाण्डु, ३ जेठ– गत वैशाख ३० गते संविधानसभामा पाल लिने सभासद्हरुको सूचीमा आपूर्तिमन्त्री सुनिलबहादुर थापा पनि रहेको खुलसा भएको छ । संसद सचिवालय स्रोतका अनुुसार त्यहाँ रहेको हाजिरी कापीमा हस्ताक्षर गरेर उनले पाल बुझेका थिए । पाल लिनेहरुमा सत्ताधारी दलका अधिकांश सभासद् तथा पूर्वमन्त्री...
काठमाण्डु, ३ जेठ– नौ महिना प्रेमपूर्वक गर्भमा राखेर जन्माएको सन्तान जन्मने बित्तिकै आफ्नै आँखा अगाडिबाट कसैले च्यापेर भाग्दा आमाको मन कस्तो होला ? झट्ट सुन्दा कुनै चलचित्रको क्लिपजस्तो लाग्ने यो घटना सीता न्यौपानेले भने आफ्नै जीवनमा भोगिन् । प्रसंग हो, गत वैशाख २९ गतेको ...
काठमाण्डु, ३ जेठ– सरकारले आइतबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै २१६ व्यक्तिलाई जेल बस्न आउन आग्रह गरेको छ । कारागार व्यवस्थापन विभाग, कारागार कार्यालय सिन्धुपाल्चोकले ८४ कैदी र १३२ बन्दीहरुले भूकम्पको फाइदा उठाउँदै भागेकोले जेल फर्कन आग्रह गरेको हो । फरार सबै कैदीबन्दीहरुको तीन पुस्तेसहित...
ललितपुर, ३ जेठ– भूकम्पका बेला मानिसहरु घर छाडेर खुला स्थानमा बसेको मौका छोपेर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका टिकापुर–८ सितापुर घर भई हाल काठमाण्डु पशुपति बस्ने २७ वर्षीय देवकुमार चौधरीलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।...
काठमाडौँ, ३ जेठ । पटक पटकको भूकम्पका कारण पशुपति क्षेत्रमा रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण केन्द्र वृद्धाश्रम भत्किएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय बन्न पुगेको छ । भूकम्पले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने भएपछि त्यहाँ रहेका २३० ज्येष्ठ नागरिकलाई...