काठमाण्डु,३ जेठ-नेपाल विद्यार्थी सङ्घले भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तथा पूर्वाधार निर्माणमा सघाउन आफ्ना एक लाख सदस्य परिचालन गरेको छ । परिचालित अधिकांश पहाडी जिल्लामा तराईका कार्यकर्ता परिचालन गरेको छ । भूकम्पले प्रभाव नपरेका जिल्लाका कार्यकर्ता भन्दै नेविसंघले अधिकांश तराईका जिल्लाका...
सिन्धुपाल्चोक,३ जेठ-‘बल्लतल्ल ऋण काढेर किनेको एक हल गोरु पनि मरे,बीउ राख्ने बेला भयो बीउ पनि पुरियो अब के गर्ने रु यो वर्ष खेत बाँझै बस्ने भो’, सिन्धुपाल्चोक हैबुङका लालबहादुर तामाङले दुःखेसो पोखे । ‘जोत्दाजोत्दै भूकम्प आयो,एउटा गोरु ठाउँको ठाउँ नै म¥यो,यसैको भरमा मेरो...
दोलखा,३ जेठ-दोलखाको सिँगटी बजारमा भूकम्पपछिको भग्नावशेषमा पुरिएर रहेका शवहरुको उत्खनन गर्न सकिएको छैन । स्थानीय बासिन्दाका अनुसार सिँगटी बजारमा अझै पनि एक सयभन्दा बढी शव भग्नावषेशमा पुरिएको अवस्थामा रहेका छन् । उक्त क्षेत्रमा लगातार पहिरो गइरहेका कारण शव उत्खनन गन नसकिएको हो । सदरमुकाम...
काठमाण्डु, ३ जेठ– नेकपा माओवादीले आइतबार खुलामञ्चमा गरेको पत्रकार सम्मेलनमा एक व्यक्तिले कुटाई खानु परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भूकम्पका कारण भएको विनाश रु पार्टीले गरेको राहत तथा उद्दारका सम्बन्धमा जानकारी दिन आयोजित सो पत्रकार सम्मेलनमा विप्लव मावोवादीका कार्यकर्ताले प्रश्न सोध्ने...
भक्तपुर,३ जेठ-राजमार्गखण्डअन्तर्गत कोटेश्वर सूर्यविनायकको ६ लेन सडकको बीचमा बनाइएको बगैँचामा बस्ने भूकम्पपीडित भूकम्पको त्राससँगै जोखिममा रात बिताउन बाध्य छन् । बस्दै आएको घर भूकम्पले भत्काएपछि सडकको बीचमा बस्दै आएका सयौं मानिस सडकमा गुड्ने गाडीले किचिदेला कि भन्ने डर र हावाहुरीसँगै आउने पानीको त्रासमा...
सप्तरी,३ जेठ-पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया नजिक मोहली खोलामा आइतबार दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १२९ नम्बरको ट्रकले विपरीत दिशातर्फ आउँदै गरेको बा१ख ९९८९ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किएको हो । घाइते तीनैजनाको...
कठमाण्डु, ३ जेठ–वैशाख २९ गते गएको ठूलो पराकम्पनपछि उद्धारका लागि दोलखातर्फ गएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएका सैनिकहरुको शव आइतबार काठमाण्डु ल्याइएको छ । हेलिकोप्टर दुर्घटनामा दुई नेपाली र छ अमेरिकी सेना गरी आठ जनाको मृत्यु भएको थियो । आइतबार बिहान अमेरिकी सेनाकै...
काठमाण्डु, ३ जेठ– नेपाल प्रेस यूनियनले भूकम्पबाट प्रभावित पत्रकारहरुको क्षतिको विवरण संकलनका लागि यूनियनका सचिव खिला कार्कीको संयोजकत्वमा विवरण संकलन समिति निर्माण गरेको छ । यूनियनको आइतबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । सो समितिले वैशाख १२, १३ र २९ गते आएका...
काठमाण्डु, ३ जेठ– माधवकुमार नेपाल नेतृत्वको अनुमगन टोली काठमाण्डु क्षेत्र नम्बर २ मा भूकम्पले पुर्याएको क्षति बुझ्न जाँदा सो क्षेत्रका सभासद् दीपक कुइँकेल र नेपालबीच हातै हालाहालको स्थिति उत्पन्न भएको छ । संसदको विशेष अधिवेसनले राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति बनाएको...
काठमाण्डु, ३ जेठ–राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित जिल्लामा अनुगमनका लागि खटिएको संसदीय टोलीलाई हेलिकप्टर नचढ्न निर्देशन दिएको छ । समितिको आयतबार बसेको बैठकले अनुगमनमा रहँदा मितव्ययी ढङ्गले काम गर्न र अनावश्यक रुपमा आर्थिक भार नपर्ने गरी जिम्मेवारी पूरा गर्नसमेत...
पाल्पा,३ जेठ-पाल्पाको प्रशासन कार्यालयले भूकम्पले विभिन्न स्थानको जमिन फाटेको भन्दै प्राविधिकबाट निरीक्षण पूरा नभई घर निर्माण नगर्न अनुरोध गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेग सहलकोट–९ सुकेकोट क्षेत्र अनुगमनपछि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले स्थानीयवासीलाई त्यस क्षेत्रको विशेष प्राविधिकबाट निरीक्षण पूरा नभई घर निर्माण...
दमौली,३ जेठ-तनहुँमा आइतबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भानु गाविस वडा नं ५ साँखेटारका ६० वर्षीय सूर्यबहादुर गुरुङको चुँदी खोलाको बाङ्गे रह नजिकै डुबेर मृत्यु भएको छ । बिहान घरबाट खोलातर्फ लागेका गुरुङको उक्त रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको...