दमक, ४ जेठ विनाशकारी भूकम्पमा परी मुलुकभर अपाङ्गता भएका २४ जनाको ज्यान गएको छ । धेरैजसो ती अपाङ्गताहरुले आ–आफ्ना घरभित्र पुरिएर ज्यान गुमाएका अपाङ्गताका क्षेत्रमा कार्यरत एक संस्थाले जनाएको छ । नेपाल अपाङ्ग महासङ्घका पूर्व अध्यक्ष वीरेन्द्रकुमार पोखरेलका अनुसार अपाङ्गता भएकामध्ये सबैभन्दा...
काठमाण्डु, ४ जेठ–सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सामेबार भृकुटीमण्डपस्थित चौरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री डा रिजालले प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि...
इलाम, ४ जेठ– इलाम नगरपालिकास्थित पुवामाई चिया बगान प्रालिले भूकम्पपीडितलाई १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने भएको छ । बगान सञ्चालक समितिको आइतबार बसेको बैठकले भूकम्पपीडितलाई बसोबास गराउनका लागि प्रालिको नाममा इलाम नगरपालिकामा १८ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रालिका अध्यक्ष धर्मप्रसाद उप्रेतीले...
विराटनगर, ४ जेठ– दाइजोमा आरवान फाइभ मोडलको मोटरसाइकल नपाएपछि सुनसरीका एक व्यक्तिले आफ्नी पत्नीलाई कुटपिट गरेका छन् । शारिरीक यातना दिँदा पनि भनेजस्तो मोटरसाइकल नपाएपछि सोनापुर–२ सुनसरीका सद्याम हुसैनले पत्नी रुकैया अञ्जुमलाई माइतीमा छाडि दिएका छन् । विवाहमा रुकैयाका माइती पक्षले सद्यामलाई दाइजोमा दुई...
कञ्चनपुर, ४ जेठ–शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा संरक्षण गरेर राखिएका कृष्णसारको बासस्थानमा सुधार ल्याउनका लागि दुई किलोमिटर क्षेत्रमा काँडेतार लगाइएको छ । चरिचरन नियन्त्रण गर्न र भुस्याहा कुकुर नियन्त्रण गरी कृष्णसारको बासस्थानमा सुधार ल्याउने उद्देश्यले हिरापुर फाँटामा काँटेतार राखिएको हो । र नौ लाख...
भीमदत्तनगर, ४ जेठ– दार्चुला तिङ्कर सडकखण्डको राताकाठा क्षेत्रको निर्माण कार्य पछिल्लो समय सन्तोषजनक रहेको पाइएको छ । स्थलगत अनुगमन निरीक्षणपछि सो क्षेत्रको निर्माण कार्यले अपेक्षित रुपमा तीव्र गति पाएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताए । सडक निर्माणमा ठेकेदारहरुले ढिलासुस्ती गरेको भन्दै सो क्षेत्रका...
भीमदत्तनगर, ४ जेठ– कञ्चनपुरका १० हजार पशुमा भ्यागुते र चरचरे रोगविरुद्ध खोप लगाइएको छ । गर्मीयामका समयमा गाईभैँसीमा भ्यागुते र चरचरे रोगको उच्च समस्या देखिने भएकाले जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरले भ्यागुते र चरचरे रोगविरुद्ध खोप लगाएको हो । दूध उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको...
लमजुङ,३ जेठ-भूकम्पका कारण बन्द रहेका लमजुङका शिक्षण संस्था जेठ १० गतेदेखि सञ्चालनमा आउने भएका छन् । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले जिल्लाका सामुदायिक तथा निजी विद्यालय जेठ १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका...
काठमाण्डु,३ जेठ-बौद्धस्थित महानगरीय प्रहरी वृत्तले प्रचलित बजार मूल्यभन्दा बढीमा पाल बिक्री गर्नेविरुद्ध कालाबजारी मुद्दा दायर गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा ६०० मा किनेको पाल तीन हजार ५०० बेच्दै गरेका गोविन्द चौधरीलाई आइतबार रङ्गेहात पक्राउ गरी स्थानीयबासीले प्रहरीलाई बुझाएका थिए ।...
पोखरा, ३ जेठ– कास्कीको लेखनाथ नगरपालिकास्थित बेगनास तालमा आइतबार दिउँसो डुंगा दुर्घटना हुँदा दुई किशोरीको डुबेर मृत्यु भएको छ भने तीन जना पौडेर बाँच्न सफल भएका छन् । गाई, बाख्रा चराउन गएका ती पाँच किशोर–किशोरी गर्मी भएपछि तालमा पौडी खेल्न गएका र तालको किनारमा...
काठमाण्डु,३ जेठ-विभिन्न प्रलोभन देखाई ठगी गर्दै आएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर,सुन्धाराका प्रवीरशम्सेर जबरालाई पक्राउ गरेको छ । महाशाखाका अनुसार राणाले ललितपुर लामाटारमा रहेको तीन रोपनी जग्गा एक करोडमा लिने सहमति गरेको र मालपोत कार्यालय ललितपुरबाट जग्गा पास गरिसकेपछि चेकको दस्तखत नमिलेपछि...
काठमाण्डु,३ जेठ-सरकारले भूकम्पपीडितका लागि अस्थायी पुनर्वासमा सहयोग पु¥याउने उद्देश्यले चुरे क्षेत्र र आसपासका वन जङ्गलबाट काठ–दाउरा सङ्कलन र वितरण गर्ने भएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले वैशाख १२, १३ र २९ गते आएको विनाशकारी भूकम्प तथा पराकम्पनका कारण घरबारविहीन जनताको घरको छानोमा...