समाचार

विनासकारी भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ६ सय १७ पुग्यो

२०७२ जेठ ५ गते ६:२०

काठमाण्डु, ५ जेठ–वैशाख १२ गते आएको विनासकारी भूकम्प र त्यसपछि पटक पटक आएका पराकम्पनमा परेर  मृत्यु हुनेको संख्या ८ हजार ६ सय १७ पुगेको छ भने २१ हजार ७ सय ५० जना घाइते भएका छन् । नेपाल प्रहरीले मंगलबार विहान १० बजे सार्बजनिक गरेको...

६० वर्षीय बृद्धले गरे पुलमा झुन्डिएर आत्महत्या

२०७२ जेठ ५ गते ५:५९

कञ्चनपुर, ५ जेठ– कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० सनबोरा नदीको पुलमा झुन्डिएर ६० वर्षीय बृद्धले मंगलबार बिहान आत्महत्या गरेका छन् । नगरपालिका वडा नं ११ अमरपुरका करे दमार्इंले झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । पुलको बीचभागमा झुन्डिएको अवस्थामा शव देखेपछि स्थानीय...

भँगराका दुई सय पीडित परिवारलाई त्रिपाल र कम्बल

२०७२ जेठ ५ गते ४:४८

पर्वत, ५ जेठ– विनाशकारी भूकम्पबाट पीडित बनेका पर्वतको भँगराका बासिन्दाले सोमबार पहिलोपटक राहत पाएका छन् । हेफर इन्टरनेसलन नेपालको सहयोग तथा सोडेक नेपाल र स्थानीय भँगरा गाविसको व्यवस्थापनमा भूकम्पबाट पूर्ण र आंशिक रुपमा घर क्षति भएका स्थानीय २०२ परिवारलाई त्रिपाल र कम्बल वितरण गरिएको...

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

२०७२ जेठ ५ गते ४:०८

डडेलधुरा, ५ जेठ– डडेल्धुराको गैरानजिकै सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने ३५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको ना५ख १६८५ नम्बरको यात्रुवाहक बस भीमदत्त राजमार्गको गैरानजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी डडेलधुराको जोगबुढाका १८ वर्षीया...

सोलुखुम्बुको चौलाखर्क गाविसका कुनै पनि घर  बाँकी रहेनन्

२०७२ जेठ ५ गते ४:०३

सोलुखुम्बु, ५ जेठ –वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पनबाट सोलुखुम्बुका सात हजार ९९५ घरधुरी पूरै ध्वस्त भएका छन् । जसमध्ये सबैभन्दा बढी चौलाखर्क गाविसमा रहेका कुल ५८५ घरधुरीमध्ये सबै घर ध्वस्त भएको जिल्ला दैवी प्रकोप उद्धार समिति सोलुखुम्बुले जनाएको छ ।...

सर्भिस फर पिसले पचास भूकम्पपीडित बालबालिकालाई संरक्षण दिने

२०७२ जेठ ५ गते ३:५५

सर्लाही, ५ जेठ–विनाशकारी भूकम्पबाट पीडित बालबालिकालाई सर्लाहीको हरिवनस्थित सर्भिस फर पिस नेपाल नामक संस्थाले संरक्षण दिने भएको छ । भूकम्पमा परी अभिभावक गुमाएका र कमजोर आर्थिक अवस्था भएका परिवारका ५० बालबालिकालाई शिक्षासहित पालनपोषणको जिम्मा लिइने सर्भिस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनालले जानकारी...

माधव नेपाललाई पितृशोक

२०७२ जेठ ५ गते २:५१

काठमाण्डु, ५ जेठ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । नेपालका बुवा मंगलकुमार उपाध्यायको मंगलबार बिहान निधन भएको छ । कोटेश्वरस्थित आफ्नै निवासमा ९९ वर्षको उमेरमा उनको निधन भएको हो । उपाध्यायलाई दमको समस्या थियो । उनका तीन छोरा र तीन...

यो सरकार असफल, छिट्टै राष्ट्रिय बन्छः देउवा

२०७२ जेठ ४ गते १५:१३

काठमाण्डु, ४ जेठ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकले छिट्टै राष्ट्रिय सरकार पाउने दाबी गरेका छन् । भूकम्पबाट भएको क्षतिको अवलोकन गर्न सोमबार नुवाकोट आएका देउवाले भूकम्पले निम्त्याएको संकट व्यवस्थापनका लागि राष्ट्रिय सरकार चाहिएको बताए । राष्ट्रिय सरकार गठनका विषयमा सकारात्मक छलफल चलिरहेको उनको...

नेपालमा फेरि भूकम्पको धक्का

२०७२ जेठ ४ गते १४:२२

काठमाण्डु, ४ जेठ– नेपालमा सोमबार साझँ फेरि भूकम्पको धक्का महसुस गरिएको छ । साझँ ६ बजेर २७ मिनेटमा धादिङ र गोरखा  केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको  भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि सोमबार बिहान ९ बजेर ११ मिनेटमा दोलखा केन्द्रविन्दु भएर...

भूकम्प पीडितका लागि पौडेलले पाँच सय अस्थायी घर बनाइदिने !

२०७२ जेठ ४ गते १२:५०

काठमाण्डु,४ जेठ-नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भूकम्पले आफ्नो बसोबास गुमाएका भूकम्प प्रभावित जिल्लामा ५०० घरपरिवारलाई अस्थायी घर बनाइदिने घोषणा गरेका छन् ।   पौडेलले आफ्नो नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा एक हजार ५०० भन्दा बढी युवा परिचालन गरी ५०० घर टहरा निर्माण गर्ने घोषणा...

कक्षा ११ र १२ को परीक्षा तालिका आयो

२०७२ जेठ ४ गते १२:४४

काठडमाण्डु, ४ जेठ– विनाशकारी भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।   उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पवाट अति प्रभावित ७ जिल्ला बाहेक ६८ जिल्लाका लागि परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२...

प्रधानमन्त्री कार्यालय स्थानीयको शरणमा !

२०७२ जेठ ४ गते १२:४१

काठमाण्डु,४ जेठ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित तीनवटा मन्त्रालयको कार्यालय सोमबारदेखि अर्को ठाउँमा सारिएको छ ।   भूकम्पका कारण क्षतिग्रस्त भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमबारदेखि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको हो । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ठाउँ दिएको स्थानीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us