समाचार

गर्मीमा फैलिने रोगले ज्यान लिन सक्छ, ‘स्वच्छपानी मज्जाले पिउँनूस् गर्मी भगाउँनूस्’– विज्ञको सुझाव

२०७२ जेठ ६ गते ५:५९

धनगढी, ६ जेठ– केही दिनदेखि बढेको गर्मीका कारण पश्चिमी तराइका कैलालीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । गर्मी बढेसँगै जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण स्वास्थ्य संस्थामा रिङ्गटा लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने, ज्वरो आउने बिरामीको सङ्ख्या बढ्न थालेको...

भूकम्पले भक्तपुरमा पत्रकारका मात्रै पनि ५० घर भत्के, एकले पत्नी गुमाए

२०७२ जेठ ६ गते ५:४९

भक्तपुर, ६ जेठ–गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प, त्यसपछि आएको पराकम्पनले भक्तपुरका एक सञ्चारकर्मीले आफ्नो धर्मपत्नी गुमाएका छन् भने ५० भन्दा बढी सञ्चारकर्मीको घर क्षतिग्रस्त भएका छन् । विनाशकारी भूकम्पबाट नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका संस्थापक सदस्य एवम् मजदुर दैनिकका सम्पादक सरोजराज गोसाईंका...

भूकम्पपीडित करिब ६० परिवारलाई स्थानान्तरणको तयारी

२०७२ जेठ ६ गते ५:४२

चितवन, ६ जेठ– चितवन प्रशासनले जिल्लाका पहाडी क्षेत्रमा भूकम्पबाट अति प्रभावित ६० भन्दा बढी परिवारलाई स्थानान्तरण गर्ने भएको छ । भूकम्पमा प्रत्यक्ष असर पुगेका र सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ती परिवारलाई अन्यत्रै स्थानान्तरणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए ।...

क्षतिग्रस्त विद्यालयलाई बेल्जियम नागरिकबाट जस्तापाता सहयोग

२०७२ जेठ ६ गते ५:४१

म्याग्दी, ६ जेठ– भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त बनेका म्याग्दीका सामुदायिक विद्यालयलाई बेल्जियमका एक नागरिकबाट जस्तापाता सहयोग भएको छ । हिमालयन प्रोजेक्टका अध्यक्ष पल भेण्डी मोर्टेलले भूकम्पबाट क्षतिग्रस्त यहाँका पाँचवटा सामुदायिक विद्यालयलाई जस्तापाता सहयोग गरेका हुन् । मोर्टेलले रु एक लाख ७२ हजार ४ सय बराबरको...

धादिङको लापा गाउँका भूकम्प पीडितमा झाडापखालाको समस्या, सिंगो गाउँ नै सदरमुकाममा सर्‍यो

२०७२ जेठ ६ गते ५:३२

धादिङ, ६ जेठ– धादिङका भूकम्प पीडितलाई थप समस्या आएको छ । उनीहरुमा झाडापखाला सुरु भएको छ । पीडितहरुमा रुघाखोकीको समस्या देखिन थालेको छ भने बस्ने ठाउँ नै नभएपछि एउटा गाउँ सदरमुकाममा आइपुगेको छ । धादिङको उत्तरी क्षेत्रस्थित लापा गाविसमा गाउँवासी त्रिपालमुनि बसेर गुजारा गर्दै...

डा. साहका हत्यामा संलग्न तीन जनालाई सर्वस्वसहित जन्मकैद

२०७२ जेठ ६ गते ५:२१

महोत्तरी, ६ जेठ– एक चिकित्सकको हत्या गर्ने तीन हत्यारालाई मंगलबार महोत्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्लाको सरपल्लो बजारमा क्लिनिक खोली चिकित्सक पेसा गर्दै आएका ३१ वर्षीय राजकुमार साहलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने सरपल्लो गाविस– ३ बस्ने २२ वर्षीय...

कालिखोलाको पहिरो हटाएपछि अवरुद्ध चितवन–मुग्लिन सडक खुल्यो

२०७२ जेठ ६ गते ५:१०

चितवन, ६ जेठ– वर्षापछि खसेको पहिरोका कारण रातभर अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक पहिरो पन्छाएपछि बुधबार बिहानबाट सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाले राति करिब १०:३० बजेदेखि कालिखोलामा पहिरो खसेर सडक बन्द भएको थियो । चितवन प्रहरीका अनुसार डोजरको सहायतामा प्रहरीले रातिभर...

अनुगमनका लागि काभ्रे पुगेको संसदीय टोली दुर्गम गाविस नपुगी फर्कियो

२०७२ जेठ ६ गते ५:०९

काभ्रे, ६ जेठ– भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकको विभिन्न गाविसमा पुगेको संसदीय टोली दुर्गम गाविसबाहेक स्थलगत अध्ययन गरेर काठमाण्डु फर्किएको छ । सो संसदीय टोलीले खासगरी भूकम्पबाट बढी प्रभावित जिल्लाको गैरी विसौनादेउपुर, पाँचखाल नगरपालिका, महादेवस्थान, ज्याम्दी, बालुवापाटी, कासीखण्ड दाप्चा नगरपालिकालगायतका गाविसका भूकम्पका पीडितसँग भेटघाट गरी क्षतिका...

परपुरुषको प्रेममा परेर इन्द्राले गरिन् श्रीमानको हत्या

२०७२ जेठ ५ गते १४:३०

चितवन, ५ जेठ– चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक...

सप्तरीमा अज्ञात समूहद्वारा दिउँसै लुटपाट !

२०७२ जेठ ५ गते १३:१४

सप्तरी, ५ जेठ– सप्तरीमा मंगलबार दुई लाख १७ हजार रुपैयाँ बराबरको धनमान लुटेर एउटा समुह फरार भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–३ स्थित महेन्द्रप्रसाद चौधरी लगायत ३ जनाको घरबाट करिब १५ जनाको समुह लुटपाट गरी भागेको प्रहरीले बताएको छ । अपरिचित सो समुहले अन्दाजी...

वर्षात सुरु हुनुअघि नै भूकम्प पीडितलाई वासस्थानको व्यवस्था गरः थापा

२०७२ जेठ ५ गते १२:३७

काठमाण्डु, ५ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भूकम्प पीडितका लागि वर्षाअघि नै उचित वासस्थानको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार गृहजिल्ला मकवानपुरका भूकम्प पीडितहरुको अवस्था बुझ्न पुगेको थापाले सो आग्रह गरेका हुन् । भूकम्पले क्षति पु¥याएका हेटौंडा बजारका घरहरुको अवलोकन गर्दै अध्यक्ष...

फेरि ४.२ म्याग्निच्यूटको भूकम्पको पराकम्पन महसुस

२०७२ जेठ ५ गते ११:५६

काठमाण्डु, ५ जेठ– मंगलबार अपरान्ह फेरि अर्को भूकम्पको पराकम्पन महसुस भएको छ।   अपरान्ह ४ बजेर ४४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। म‌ंगलबार आएको यो तेस्रो धक्का हो। यसअघि बिहान ४ बजेर ३४ मिनेटमा दोलखालार्इ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us