आज पनि संसदमा रास्वपाको अवरोध

काठमाण्डु टुडे २०८२ असार १५ गते १३:५८ मा प्रकाशित

काठमाण्डू, १५ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध कायमै राखेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने आफूहरूको माग यथावत रहेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । गत जेठ १३ गतेदेखि रास्वपाले संसद्को कामकारबाहीमा भाग लिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us