समाचार

काठमाण्डु, ललितपुर र मकवानपुर केन्द्र भएर ४.४ म्याग्निच्यूटको भूकम्प

२०७२ जेठ ६ गते ९:३२

काठमाण्डु, ६ जेठ– भर्खरै २ बजेर ४७ मिनेट जाँदा भूकम्पको अर्को झड्का गएको छ । लगातार पराकम्पन जाने क्रममा बुधबार यस्तो झड्का गएको हो । काठमाण्डु, ललितपुर र मकवानपुर केन्द्र भएर ४.४ म्याग्निच्यूटको भूकम्पको धक्का गएको हो ।...

फेरि भूकम्पको धक्का

२०७२ जेठ ६ गते ९:१३

काठमाण्डु, ६ जेठ– भर्खरै २ बजेर ४७ मिनेट जाँदा भूकम्पको अर्को झड्का गएको छ । लगातार पराकम्पन जाने क्रममा बुधबार यस्तो झड्का गएको हो । धक्का अहिलेसम्म गएका साना भन्दा केही ठूलो हुनसक्ने भएता पनि अहिलेसम्म कति भन्ने एकिन गरिउको छैन ।...

भूकम्पपछि टेन्टमा सुतेकी ५ वर्षीया बालिका बलात्कृत

२०७२ जेठ ६ गते ८:४८

काठमाण्डु, ६ जेठ– भूकम्पले घर भत्काएपछि टेन्टमा बसिरहेकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । काठमाण्डुको नयाँ बजारस्थित टेन्टभित्र सुतिरहेकी ५ वर्षीया बालिकालाई सोही स्थानका करिब २२ वर्षीय राकेश महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।   बालिकाका बाबुआमा खाना पकाउन गएको मौकामा...

पीडितहरुलाई तत्काल राज्यले वासस्थानको व्यवस्था मिलाउनु पर्छ : खड्का

२०७२ जेठ ६ गते ८:२९

दाङ ६ जेठ–कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले भूकम्पमा परी ज्यान गुमाएका परिवार र घाइते भएकाहरुलाई तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता खड्काले भूकम्प प्रभावितहरुको पुनस्थापन जति सक्दो चाडो गर्न राज्यसँग माग गर्दै उनले भने, ‘वर्षातको समय नजिकिँदै छ, भूकम्प पीडितहरुलाई...

बाबुराम प्राविधिक टोलिसहित घर बनाउन गोरखा प्रस्थान

२०७२ जेठ ६ गते ८:१८

काठमाण्डु, ६ जेठ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराई प्राविधिकसहित भूकम्प प्रभावित क्षेत्र गोरखा प्रस्थान गरेका छन् ।   भूकम्पपछि प्रारम्भिक राहत वितरण तथा विपद् व्यवस्थापनको अवस्था बुझ्न र अस्थायी बसोबास तथा नयाँ बस्ती प्रणाली विकासको सम्भावनालगायतको अध्ययनका लागि प्राविधिक टोलीसहित उत्तरी गोरखातिर लागेका हुन्...

कार्यविधि बनाएर पुर्नवास र पुर्ननिर्माणको लागि एक लाख युवा परिचालन गर्छौ : खेलकुद मन्त्री

२०७२ जेठ ६ गते ८:१४

काठमाण्डु, ६ जेठ– युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आगामि जेठ १० गतेभित्रमा पुर्नबास र पुर्ननिर्माणको लािग युवा परिचालनसम्बन्धी कार्यविधि बनाएर एक लाख युवा परिचालन गर्ने तयारी भइरहेको बताएका छन् । रिपोर्टर्स क्लबको भृकुटी मण्डपमा निर्मित अस्थायी त्रिपालको कार्यलयमा आयोजित साक्षात्कारमा उनले युवा परिचालनसम्बन्धी...

महाविपत्ति आउन नदिने भन्दै ‘काल दृष्टि धर्ती पूजा’ कोटी होम गरिने

२०७२ जेठ ६ गते ७:५९

काठमाण्डु, ६ जेठ– वैशाख १२ गते आएको विनासकारी भूकम्पजस्तो अर्को विपत्ति दाहोरिन नदिने उद्देश्यसहित आगामि जेठ १७ गते काल दृष्टि धर्ती पूजा कोटी होम गरिने भएको छ । शिवतान्त्रिक गुरु बुद्धिकुमारको नेतृत्वमा मानव कल्याण आध्यात्मिक प्रतिष्ठान ललितपुरले तान्त्रिक, ब्राम्हण, पण्डित, बज्राचार्य र  लामा गुरुहरुले...

विपत्तिको समयमा नाफा कमाउन खोज्नु अपराध हो : प्रधानमन्त्री

२०७२ जेठ ६ गते ७:४७

काठमाण्डु, ६ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिको समयमा पीडित जनतालाई सेवा गर्न छोडेर नाफाखोरी गर्ने प्रवृत्ति अपराधिक कार्य भएको बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्प पीडितका लागि रकम सहयोग गर्न आएका विभिन्न संस्थाका प्रतिनिधिहरुको बीचमा कोइरालाले यस्तो विषम् परिस्थितिमा जनताको...

गोरखाका २२ गाउँका २ हजार ३ सय १४ घर अन्यत्र सार्न प्रस्ताव

२०७२ जेठ ६ गते ७:२३

गोरखा, ६ जेठ– जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले १२ वैशाखको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक आसपासका विभिन्न २२ गाउँलाई बर्षाअघि नै अन्यत्र सार्न प्रस्ताव गरेको छ । ती गाउँका २ हजार ३ सय १४ घर अन्यत्र सार्नुपर्ने देखिएको छ । पहिरोको उच्च जोखिममा रहेका २२...

राष्ट्रिय सहमतिको सरकारका लागि सैद्धान्तिक सहमति भइसक्योः गच्छदार

२०७२ जेठ ६ गते ७:०६

विराटनगर, ६ जेठ– मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार अवश्यंभावी रहेको बताएका छन् ।   विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय सहमतिको सरकारका लागि दलबीच सैद्धान्तिक सहमति भइसकेको स्पष्ट पारे।   सरकारको नेतृत्वको विषयमा कुनै विवाद...

भूकम्पको केन्द्रविन्दू बारपाकमा निःशुल्क इन्टरनेट

२०७२ जेठ ६ गते ६:२५

गोरखा, ६ जेठ– १२ वैशाखको विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक गाउँमा निःशुल्क इन्टरनेट सुविधा सुचारु गरिएको छ । लुम्बिनी नेट प्रालि, वर्डलिङ्क र रेडियो गोरखाको सहकार्यमा निःशुल्क इन्टरनेट सुचारु गरिएको हो । भूकम्पपीडित समक्ष सूचना पु¥याउनका लागि इन्टरनेट सुचारु गरिएको हो । ‘बारपाकमा बसेर...

कैदीले नै बनाउन थाले भत्किएको कारागार

२०७२ जेठ ६ गते ५:५९

तनहुँ, ६ जेठ– गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको तनहुँ कारागारको तीन वटा कोठा कैदी आफैँले मर्मत गर्न थालेका छन् । तनहुँ कारागारले रु ५० हजार बराबरको निर्माण सामग्री उपलब्ध गराइदिए पछि कैदी आफैँ त्यसको मर्मतमा जुटेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us