समाचार

भूकम्पको महाविपत्ति बिर्सन धर्मकर्म !

२०७२ जेठ २ गते ७:५७

काठमाण्डु, २ जेठ-वैशाख १२, १३  र २९ गतेको विनाशकारी  भूकम्प र पराकम्पनलाई सतुङ्गल वडा १५ का बासिन्दा आध्यात्मिक कार्यमा केन्द्रित भई बिर्सने प्रयास गर्दैछन् । उनीहरुले आफूहरुले दैनिक रुपमा घरमा पूजाआजा गर्दै आएका शिव,पार्वती,गणेश र सरस्वतीका मूर्तिलाई खुला स्थानमा ल्याई भजन कीर्तिनको स्थल बनाएका...

प्रधानमन्त्री र अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवबीच भेटर्वार्ता, रेडक्रसले सहयोग रकम तेब्बर गर्ने

२०७२ जेठ २ गते ७:४६

काठमाण्डु, २ जेठ– प्रधानमन्त्री सुशील कोइरालासँग अन्तर्राष्ट्रिय रेडक्रस महासंघका महासचिव इल्हाज एस्सीले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले गरेको क्षति, उद्धार, राहत, पुनस्थापना, पुनर्निर्र्माण र मानवीय सहयोगका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले...

नूवाकोटमा पालमूनिबाट सरकारी सेवा दिइँदै

२०७२ जेठ २ गते ७:४२

नुवाकोट,२ जेठ-भूकम्पका कारण ध्वस्त भएका सरकारी कार्यालयले पालभित्र सेवाग्राहीलाई सेवा प्रवाह गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले भत्केको कार्यालयको प्राङ्गणमा चार पाल राखेर सेवा सुरु गरेको छ । जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्ने कार्यालय नै भत्किएपछि कर्मचारी मिलन केन्द्रको एउटा कोठामा सीमित...

भूकम्पबाट मृत्यु हुनेको संख्या आठ हजार तीन सय ४९ को पुग्यो

२०७२ जेठ २ गते ७:३२

काठमाण्डु,२ जेठ-देशका विभिन्न भागमा वैशाख २९ गते आएको भूकम्पको पराकम्पनमा परी शनिबार बिहानसम्म १३६ जनाको ज्यान गुमेको छ भने दुई हजार ९५६ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा काठमाण्डु उपत्यकामा ११, पूर्व क्षेत्रमा चार,मध्य क्षेत्रमा ११८ र पश्चिम क्षेत्रमा तीन जना  छन्...

पर्यटन क्षेत्रको पुनरोत्थान सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

२०७२ जेठ २ गते ७:२६

काठमाण्डु, २ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले नेपालको आर्थिक विकासको आधारको रुपमा लिइएको पर्यटन उद्योगलाई पुनरोत्थान गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा शनिबार बिहान प्रधानमन्त्री निवासमा होटल संघ नेपालले भूकम्प पीडितहरुको लागि प्रदान गरेको राहत रकम ग्रहण गर्दै बताएका हुन्...

भूकम्पपछि काठमाण्डुमा पानीका मूल फुटे

२०७२ जेठ २ गते ७:१८

काठमाण्डु,२ जेठ-वैशाख १२ गते गएको शक्तिशाली भूकम्पसँगै काठमाण्डु दक्षिणभेगमा दुई दशकदेखि सुकेका पानीका मूलबाट पूर्ववत् अवस्थामा पानी आउन थालेको छ । भूकम्पपछि सञ्चालनमा आएका मूलमा पनि पानीको बहाव बढेको छ । सुरुका दिनमा धेरै धमिलो पानी आउने गरेका ती स्थानमा पछिल्ला दिनमा पानी सफा...

अनुगमनका लागि संसदीय टोली गोरखाको बारपाकमा

२०७२ जेठ २ गते ७:०५

राजेन्द्र न्यौपाने गोरखा, २ जेठ– चार जना सभासदसहितको अनुगमन तथा निर्देशन समितिको टोली गोरखाको स्थलगत निरीक्षणका लागि यहाँ आइपुगेको छ । टोलीले जिल्लामा भएका कामको बारेमा जानकारी लिएर अहिले बारपाकका लागि प्रस्थान गरेको छ । जिल्लास्थित दैवीप्रकोप समितिले कामका लागि खाद्यन्न कार्यक्रम, अस्थायी टहरा,...

नेपाल प्रवेशको अनुमति नपाएपछि बेलायतले भारतबाटै फिर्ता लग्यो आफ्ना तीन हेलिकोप्टर

२०७२ जेठ २ गते ६:२९

काठमाण्डु, २ जेठ–नेपालको भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि बेलायती सरकारले पठाएका हेलिकोप्टर नेपाल प्रवेशको अनुमति नपाएपछि बेलायत सरकारले फिर्ता बोलाएको छ । नेपालकै आन्तरिक कारण भन्दा पनि छिमेकी देशका कारण आफूले नेपाल प्रवेशमा अनुमति नपाएको भन्दै उसले रिसाएर आफ्ना हेलिकोप्टर फिर्ता बोलाएको हो ।...

मुख्यसचिव पौडेल जुटे भूकम्पबाट क्षतिग्रस्त भक्तपुरको सफाइ अभियानमा

२०७२ जेठ २ गते ६:०७

भक्तपुर, २ जेठ– मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शनिबार भूकम्पबाट क्षतिग्रस्त यहाँका विभिन्न स्थानको सरसफाइ गरिएको छ । भूकम्पपछि वाग्मती सरसफाइ रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउने र सरसफाइ गर्ने अभियानअन्तर्गत शनिबार दोस्रो हप्ता पनि सरसफाइ गरिएको हो । गत...

भूकम्पले पुरिएका सम्पदा जोगाउँदै विद्यार्थी

२०७२ जेठ २ गते ५:४७

भक्तपुर, २ जेठ– आरपी फाउन्डेसनले सञ्चालन गरेको भोकेसनल एकाडेमी पनौतीका विद्यार्थी भक्तपुरमा भूकम्पले पुरिएका सम्पदा जोगाउने अभियानमा लागेका छन् । गत वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले भक्तपुरका ऐतिहासिक सम्पदा पुरिएका छन् । यहाँका २० विद्यार्थीले भक्तपुर नगरपालिकास्थित महालक्ष्मी स्थानमा रहेको...

हिसानद्वारा क्षतिग्रस्त विद्यालयको स्थलगत अनुगमन सुरु

२०७२ जेठ २ गते ४:५४

काठमाण्डु, २ जेठ– उच्च माध्यामिक विद्यालय संघ हिसानले भूकम्पबाट प्रभावित विद्यालय तथा क्यम्पसहरुको स्थलगत अवलोकन सुरु गरेको छ । शुक्रबारदेखि अवलोकन सुरु गरेको हिसानले शनिबार पनि बिहानैदेखि विभिन्न विद्यालय तथा क्याम्पसहरुमा गई अवलोकन गर्न लागिएको हिसान काठमाण्डुका अध्यक्ष रामहरि सिलवालले जानकारी दिए । अवलोकनका...

बीस दिनपछि निकालियो आमा छोरीको शब

२०७२ जेठ २ गते ३:२४

गोरखा, २ जेठ–गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई शनबिार बिहान निकालिएको छ । छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us