समाचार

देउवाले भने, ‘फेरि हाँसीखुसीको नेपाल फर्काउन एकजुट होऔं’

२०७२ जेठ १२ गते ११:३३

गोरखाबजार, १२ जेठ-नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दलहरूबीच एकता कायम गरी देशलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।   गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति र त्यसपछिको अवस्थाबारे अनुगमन गर्न मंगलबार गोरखा सदरमुकाम आइपुगेका नेता देउवाले भने,‘राष्ट्रिय...

अन्तर्वार्ता दिन हिँडेका सिके राउत टेलिभिजन परिसरबाटै पक्राउ

२०७२ जेठ १२ गते ११:१२

सुनसरी, १२ वैशाख– प्रहरीले राज्यविरोधी अभिव्यक्ति दिँदै हिँडेको भन्दै सिके राउतलाई पक्राउ गरेको छ । सोमबार इटहरिको एक स्थानीय च्यानलमा अन्तर्वार्ता दिन लागेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरी हिरासतमा राखेको छ । यसअघि पनि राउत पटक पटक यस्तै मुद्दामा पक्रिदै छुट्दै...

भूकम्प आउँदा खाटमूनि लुक्दा सुरक्षित हुन्छ कि हुँदैन ?

२०७२ जेठ १२ गते १०:२२

काठमाण्डु, १२ जेठ-नुवाकोटको तुप्चे गाविस–१ की १७ वर्षीया उत्सना शर्मा रिजाल वैशाख १२ गते विनाशकारी भूकम्प आउँदा साथीहरुसँग छिमेकीको घरमा टेलिभिजन हेर्दै थिइन् ।   अचानक भूकम्प आएपछि उनका अन्य तीन साथी कराउँदै घर बाहिर भाग्न थाले । उत्सना पनि हतारिँदै ढोकासम्म पुगेकी थिइन्,...

एक महिनामा गए भूकम्पका हजारौँ धक्का 

२०७२ जेठ १२ गते १०:१३

काठमाण्डु, १२ जेठ– वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि हालसम्म नेपालमा भूकमपका थुप्रै पराकमपन महशुस गरिएका छन् । १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ रेकटर सकेलको भूकम्प गएको थियो । जसका कारण हालसम्म लगभग नौँ हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ठूलो जनधनको...

भूकम्प प्रभावित जिल्लाका विद्यार्थी धमाधम चितवनतिर !

२०७२ जेठ १२ गते ९:३१

चितवन, १२ जेठ- भूकम्पका कारण शिक्षण संस्था सञ्चालनमा आउन नसकेपछि प्रभावित क्षेत्रका बालबालिकालाई चितवन जिल्लाका विद्यालयमा पढाइका लागि ल्याउने क्रम सुरु भएको छ ।   जिल्लाका सहरी र आसपास क्षेत्रका सरकारी विद्यालयमा त्यस्ता विद्यार्थी बढी मात्रामा आएका छन् । विद्यालय भवन भूकम्पले भत्किएपछि पढाइ...

सहयोगका नाममा नेपाललाई विदेशीको क्रीडास्थल बन्न दिनुहुँदैन : गिरिराजमाणि

२०७२ जेठ १२ गते ९:२९

रामहरि गजुरेल नुवाकोट, १२ जेठ–नुवाकोटका भूकम्प प्रभावित गाउँवस्तीको पुननिर्माणमा लागि एमाओवादीका केन्द्रीय नेतादेखि कार्यकर्तासम्म लागिपरेका छन् । एमाओवादी सचिव गिरिराजमणि पोखरेलको नेतृत्वमा भूकम्पबाट क्षतिग्रस्त जिल्लाका अतिप्रभावित क्षेत्रमा पुगेर विद्यालय, खानेपानी, स्वास्थ्य संस्था र सिँचाइ सञ्चालन गर्ने काममा करिब दुई सय नेता कार्यकर्ता यस क्षेत्रमा...

कक्षा ११ र १२ को परीक्षाअघि मनोपरामर्श तालिम लिन छुट्नुहोला है !

२०७२ जेठ १२ गते ९:१६

काठमाण्डु, १२ जेठ-उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षदेखि परीक्षार्थीसम्म मनोपरामर्श तालिम दिने तयारी गरेको छ ।   परिषद्ले भूकम्पका कारण परीक्षार्थीमा मनोवैज्ञानिक त्रास कायम रहेको हुन सक्ने भन्दै केन्द्राध्यक्ष हुँदै परीक्षार्थीसम्म मनोपरामर्श तालिम प्रदान गर्ने तयारी गरेको हो...

लिपुलेक नेपालको भूमि हो, यो विषयमा भारत र चीनले मात्रै सम्झौता गर्न मिल्दैन : नारायणकाजी श्रेष्ठ

२०७२ जेठ १२ गते ८:५१

काठमाण्डु, १२ जेठ–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले लिपुलेकको विषमा नेपालविना भारत र चीनले मात्र कुनै सम्झौता गर्न नमिल्ने बताएका छन् । हालै मोदीको चीन भ्रमणका क्रममा भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्गका रुपमा विकास गर्ने सम्झौताले नेपालीलाई दुःखी बनाएको उनको भनाइ छ । मंगलबार...

म्याग्दीमा अझै रोकिएन पहिरो, थुनिएको कालीगण्डकी खोल्न समस्या

२०७२ जेठ १२ गते ८:५०

म्याग्दी, १२ जेठ-म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा पहिरो खसिरहेकाले अवरुद्ध बेनी–जोमसोम सडक खुलाउने तथा कालीगण्डकी थुनिएर बनेको तलाउलाई सुरक्षित रुपमा व्यवस्थापन गर्ने काम प्रभावित भएको छ ।   नेपाली सेनाले सडक खुलाउन र तलाउमा बाँकी रहेको पानीको सहज तथा सुरक्षित निकास...

खनालले भने, ‘अब पहिलेभन्दा सफा र सुन्दर सहरको निर्माण गर्नुपर्छ ’

२०७२ जेठ १२ गते ८:३७

भक्तपुर, १२ जेठ- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।   एमाले स्वयम्सेवक दस्ताले मंगलबार मध्यपुरथिमिको बालकुमारी क्षेत्रमा आयोजना गरेको भग्नावशेष हटाइ तथा सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै उनले यो दुःखद् र विपद्को घडीको सबै मिलेर...

विष्णुको मूर्ति भेटिएको भन्दै हेर्नेको भीड !

२०७२ जेठ १२ गते ८:२१

सप्तरी, १२ जेठ- एक हप्ता अगाडि सप्तरीको बोरिया गाविसमा रहेको पुरानो पोखरीमा माटो उत्खनन गर्ने क्रममा भगवान् विष्णुको मूर्ति फेला परेपछि अहिले त्यो मूर्ति हेर्ने दर्शनार्र्थीको भिड लागेको छ ।   बोरिया गाविस–८ कट्टीटोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको मूर्ति फेला परेको थियो ।...

सडक दुर्घटनामा २ जनाको मृत्यु

२०७२ जेठ १२ गते ७:३१

कावासोती, १२ जेठ-पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रामनगर–२ बडेरामा ट्रक र मिनी ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।   दुर्घटनामा पाँच जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गुडिरहेको ना४ख ७५५९ नं ट्रक र बा १क ३५३१ नंको मिनी ट्रक रामनगरमा गए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us