समाचार

भूकम्पलाई विदाई गर्दै पृथ्वी पूजा !

२०७२ जेठ १२ गते ७:१७

काठमाण्डु,१२ जेठ-एकीकृत उपभोक्ता सङ्घ सुविधानगरले भूकम्प गएको एक महिना पुगेको दिन पारेर टोल प्रवेशद्वारस्थित गणेश मन्दिरमा शान्तिको कामना गर्दै धर्ती पूजा गरेको छ । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनले समग्र मुलुक र टोलवासीलाई डरत्रास उत्पन्न गराइरहेकाले त्यसको अन्त्य होस् भन्ने उद्देश्यले...

देशलाई महाविपत्तिबाट बाहिर निकाल्न राष्ट्रिय एकता आवश्यक छ: प्रधानमन्त्री

२०७२ जेठ १२ गते ७:०६

काठमाण्डु, १२ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले देशलाई महाविपत्तिबाट निकालेर नयाँ निर्माणको बाटोमा लैजानका लागि आवश्य सुझाव दिन सरोकारवालालाई आग्रह गरेका छन् । सोमबार बिहान ‘राष्ट्रिय पुनर्निमाण समिति’को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले महाविपत्तिको घडीमा देशका सबै राजनीतिक दल र विज्ञहरुको अनुभव, एकता, सहमति र सहकार्य...

भूकम्पले मूल सुकेपछि सात सय १५ घरधुरीको बेहाल

२०७२ जेठ १२ गते ६:५३

अर्घाखाँची, १२ जेठ– काठमाण्डुका विभिन्न स्थानमा पानी आउन छाडेका ढुङ्गेधारामा पानी आएको बताइरहेका समयमा भूकम्पले अर्घाखाँचीमा एक राष्ट्रिय योजनाको खानेपानीको मुहान सुकेको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट अर्घाखाँचीको ढाकाबाङ गाविसमा ३० वर्षदेखि सात सय १५ घरधुरीले उपभोग गर्दै आएको खानेपानीको...

एमाओवादीले गोरखाका झाँक्री स्वाँरा र भण्डारी गाउँलाई ९० घर हस्तान्तरण गर्‍यो

२०७२ जेठ १२ गते ६:४९

राजेन्द्र न्यौपाने गोरखा, १२ जेठ–जिल्लाको विकट ग्रामीण बस्ती सौरपानीको वडा नं. ९ मा रहेको भण्डारी गाउँ र झाँक्रीस्वाँरामा ९० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । एमाओवादी नेतृत्वको स्वयं सेवक टोलीले निर्माण गरेका घर सो पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले गाउँलेहरुलाई बुझाएका...

काँकडभिट्टा हुँदै एक अर्बको राहत सामग्री भित्रियो

२०७२ जेठ १२ गते ६:४५

झापा, १२ जेठ– पूर्वी नाका काँकडभिट्टा हुँदै झन्डै एक अर्ब रुपैयाँको राहत सामग्री भित्रिएको छ । दैवीप्रकोप उद्धार समिति झापाका अनुसार ८५ करोडभन्दा बढीको राहत सामग्री र करिब रु अढाइ करोडभन्दा बढी नगद जुटेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए । समितिका अनुसार बङ्गलादेश...

एमाओवादीसहित पाँच माओवादीको संयुक्त रुपमा टहरा बनाउने अभियान सुरु

२०७२ जेठ १२ गते ६:२३

भक्तपुर, १२ जेठ–एमाओवादीको नेतृत्वमा पाँच वटा माओवादी पार्टीको संयुक्त टोलीले सोमबारदेखि भक्तपुरमा १५ दिने श्रम शिविर अभियान सुरु गरेको छ । जिल्लाका भूकम्पबाट बढी प्रभावित क्षेत्रका विभिन्न व्यक्तिका भत्किएका र भत्किने अवस्थामा पुगेका घरका भग्नावशेष हटाउने तथा अस्थायी टहरा बनाउने कार्यको सोमबारबाट थालनी गरेको...

नमूना गाउँ बनाइदिन ठूला व्यापारी गुहार्दै सुजाता

२०७२ जेठ १२ गते ६:२०

काठमाण्डु, जेठ १२–कांग्रेस नेतृ सुजाता कोइरालाले भूकम्प प्रभावित गाउँ र जनताहरुलाई बसोबासको व्यवस्था गर्ने गरी भूकम्प प्रतिरोधात्मक नमुना गाउँ बनाउन आइक्यापमा सहभागीहरुलाई आग्रह गरेकी छन् । २२ र २३ तारिखमा रसियामा भएको आइक्यापमा सहभागी हुन रसिया पुगेकी कोइरालाले आइक्यापमा सहभागी विश्वका व्यवसायीहरुलाई नेपालमा भूकम्पीय...

शिक्षकको परीक्षा असार २५ र २६ गते : अध्यापन अनुमति पत्रको २८ गते

२०७२ जेठ १२ गते ५:५९

भक्तपुर, १२ जेठ_ शिक्षक सेवा आयोगले आगामी असार ११ र १२ गतेका लागि तय गरेको माध्यमिक र निम्नमाध्यामिक तहका शिक्षकको परीक्षाको मिति क्रमशः आगामी असार २५ र २६गतेका लागि सारेको छ । भूकम्पको कारण विद्यार्थीको पढ्ने मनस्थिति नभएको जनाउँदै आयोगले माध्यामिकको परीक्षा असार २५...

दृष्टिविहीन विद्यार्थीलाई हाते कम्प्युटर

२०७२ जेठ १२ गते ५:११

कास्की, १२ जेठ–एक गैरसरकारी संस्थाले कास्कीका विभिन्न शिक्षण संस्थामा अध्ययनरत १३ दृष्टिविहीन विद्यार्थीलाई हाते कम्प्युटर ट्याबलेट वितरण गरेको छ । अपाङ्गताको अधिकार र विकासका लागि क्रियाशील नेपाल एडिराड नेपालले वितरण गरेको हाते कम्प्युटरमा दृष्टिविहीन विद्यार्थीका लागि सहयोगी हुने डेजी र इपियुबी प्रविधिमा आधारित विद्युतीय...

भवन छैन, त्रिपाल मै सुरु भो पढाइ

२०७२ जेठ १२ गते ४:५०

चितवन, १२ जेठ– भूकम्पले भत्किएका विद्यालयमा त्रिपालमै पढाइ सुरु भएको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प र २९ गते आएको ठूलो पराकम्पनपछि पुनः बन्द गरिएका चितवनका विद्यालयमा त्रिपालमै विद्यार्थीलाई पढाइ सञ्चालन गरिएको चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिए ।...

पत्रकारलाई त्रिपाल

२०७२ जेठ १२ गते ४:२१

भक्तपुर, १२ जेठ– डा इवामुरा मेमोरियल अस्पताल तथा रिसर्च सेन्टरले वैशाख १२ को विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पनबाट पीडित २० पत्रकारलाई त्रिपाल र कम्बल वितरण गरेको छ । होप वल्र्डवाइड नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा अस्पतालले सोमबार काठमाण्डुका दुई र भक्तपुरका १८ जना पत्रकारलाई त्रिपाल...

नदीमा डुबेर बेपत्ता

२०७२ जेठ १२ गते ४:१६

कैलाली, १२ जेठ– कैलालीको अत्तरिया नगरपालिका–४ वनखेत गाउँका एक युवक स्थानीय खुटिया नदीमा डुबेर बेपत्ता भएका छन् । उन्नाइस वर्षीय युवक रामसिं धामी सोमबार नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका टोलीले युवकको खोजी कार्य जारी राखेको जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us