उदयपुर, १३ जेठ– लगातारको हावाहुरीबाट उदयपुरमा करोडौँको क्षति भएको छ । शनिबारदेखि लगातार आइरहेको हावाहुरीबाट करिब ३ सय ५० घर र १२ विद्यालयमा क्षति पुगेको छ भने बिजुलीका करिब ४ सय खम्बा ढलेका छन् । गए रातिको हावाहुरीबाट रैता गाविस–९ गुरासे बस्ने २० वर्षीया...
दोलखा, १३ जेठ– एमाओवादी स्वयम् सेवक टोलीले भूकम्पबाट अतिप्रभावित दोलखाको भीमेश्वर–५ जिलुमा भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण गरेको छ । काठमाण्डुबाट गएको विद्यार्थी र मजदुर तथा मधेसबाट गएको पार्टी कार्यकर्ताको टोलीले नौ कोठे पक्की भवन निर्माण गरेको हो । भवन निर्माणमा ७० जनाको टोली...
सप्तरी, १३ जेठ – सप्तरीको रम्पुरा मल्हनिया गाविसका अग्निपीडित परिवारलाई विभिन्न सङ्घसंस्थाले आज करिब चार लाख मूल्य बराबरको राहत वितरण गरेको छ । छठ समाजसेवा समिति झापा विर्तामोड र उद्योग वाणिज्य संघले संयुक्त रुपमा करिब ६५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको हो । सङ्घका...
पर्सा, १३ जेठ – पर्साको बिन्दवासिनीमा बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको भेडियाहीबाट वीरगन्जतर्फ आउँदै गरेको ग१ख १४६४ नम्बरको यात्रुबाहक बसबाट लडेर पर्साको भीष्वाकाल रिजवान आलमको मृत्यु भएको हो । हातबाट मोबाइल खसेपछि टिप्नको लागि ओर्लने क्रममा बसको ढोकाबाट लडेर गम्भीर...
सिरहा, १३ जेठ – गए राति आएको तीव्र गतिको हावाहुरीले सिरहाका सयौँ घरकोे छाना उडाएको छ । लहान नगरपालिका–८ का उमेश पासवानका अनुसार हावाहुरीले यहाँका दर्जनौं घरको छाना उडाएको छ । घरको छाना नै उडाएपछि यहाँका दलित बस्तीका मानिस विचल्लीमा परेका छन् । हावाहुरीले...
काठमाण्डु, १३ जेठ– नेकपा एमालेद्वारा भूकम्पपीडितका लागि अस्थायी बसोवासका बनाउन सञ्चालन गरेको राष्ट्रिय स्वयंसेवक अभियान विभिन्न जिल्लामा पुगेको छ । अभियानअन्तर्गत १० हजार स्वयंसेवकहरुले लमजुङ क्षेत्र नम्बर १ र २ मा भत्केका घर पुननिर्माण गर्ने निर्णय गरेका छन् । भक्तपुरको महामञ्जुश्री–१० मा १० वटा...
मुस्ताङ, १३ जेठ – गोमा एयरले मङ्गलबारदेखि जोमसोम–पोखरा उडान सुरु गरेको छ । पर्यटकीय क्षेत्रका हवाई यात्रुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले उडान सुरु गरिएको बताइएको छ । मङ्गलबार पहिलो उडानमा १८ जना यात्रुसहित गोमाको विमान जोमसोम विमानस्थलमा अवतरण गरेको थियो ।...
नवलपरासी, १३ जेठ – नवलपरासीका साझेदारी वनमा वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको छ । रुखको जात र साइज पहिचान गरी रुखमा नम्बरिङ गरी गणना अघि बढाएको सहायक वन अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । जिल्लाको सुनवल, वनजरिया, अमरौड क्षेत्रमा फैलिएको १७ हेक्टर वनमा...
म्याग्दी, १३ जेठ – म्याग्दीको राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले घरवारविहीन भएको बैसरीका बासिन्दालाई सोमबार अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । भगवती–२ बैसरीका १६ र राम्चे–९ का ११ घरपरिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय गाविस कार्यालय, विभिन्न सङ्घसंस्था र समुदायको सक्रियतामा पिप्ले–४ राउमारेस्थित बेनी–जोमसोम...
झापा, १३ जेठ – मेची उद्योग वाणिज्य सङ्घले सिन्धुपाल्चोकका भूकम्पपीडित १५० परिवारका लागि घर निर्माण गर्ने भएको छ । दाताहरुको सहयोगमा मेची नगरवासीले सञ्चालन गरेको ‘मेची अभियान मार्फत रु २२ लाख ५० हजारको लागतमा घर निर्माण गर्न लागिएको सङ्घ मेचीनगरका अध्यक्ष एवम् अभियानका संयोजक...
काठमाण्डु, १३ जेठ– एभिन्यूज टेलिभिजनले १ लाख रुपैयाँ तिरेर लाइसेन्स नविकरण नगर्दा सो टेलिभिजनको दर्ता गत माघ महिना मै खारेज भएको तथ्य सार्वजनिक भएको छ । सञ्चारमन्त्रालयले टेलिभिजन सञ्चालकलाई पटक पटक ताकेता गरेर नविकरण गर्न भन्दा पनि टेलिभिजनले वास्ता गरेको थिएन । नियमानुसार गत...
झापा, १२ जेठ– मंगलबार झापामा ब्लेडले आफ्नै घाँटी चिरेर एकजनाको मृत्यु भएको छ । जिल्लाको डाभीवारी–८ बस्ने ५१ वर्षीय मानकुमार खेवाङको मृत्यु भएको हो । ब्लेडले आफ्नै घाँटी चिरेर आत्माहत्या प्रयास गरिरहेका उनलाई छोराले अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ...