समाचार

रणवीरसिंह थापाको दरबार पूर्ण रुपमा नष्ट

२०७२ जेठ १२ गते ४:००

सिन्धुपाल्चोक, १२ जेठ–नेपालको इतिहासमा कुशल योद्धा र प्रशासक कहलिएका माथवरसिंह थापाको भाइ रणवीरसिंह थापाको सिन्धुपाल्चोकको तिब्बती सीमा क्षेत्र भोताङ गाविस–१ दूराखाङमा रहेको ऐतिहासिक दरबार भूकम्पका कारण पूर्ण रुपमा नष्ट भएको छ । माथवरसिंह थापाको आफ्नै भान्जा जङ्गबहादुर राणाद्वारा हत्या गरिएपछि काठमाडौँ उपत्यकाबाट रणवीरसिंह विस्थापित...

सालनालसहितको शिशुको शव फेला

२०७२ जेठ १२ गते ३:४०

झापा, १२ जेठ – झापाको सुरुङ्गामा सोमबार सालनालसहितको शिशुको शव फेला परेको छ । इलाका स्वास्थ्यचौकी सुरुङ्गानजिकै सडकपेटीमा सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । कसैले अवैध सम्बन्ध राखेर गर्भपतन गराएर नवजात शिशुको शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।...

भगवान बुद्धको मावली घरबाट यस्ता सामान फेला परे

२०७२ जेठ १२ गते ३:३१

नवलपरासी, १२ जेठ–भगवान् गौतम बुद्धको मावलीस्थल कोलिया राज्यको नवलपरासीको पण्डितपुरमा चौथो चरणको उत्खननका क्रममा फेला परेका प्राचीन बहुमूल्य वस्तु सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेको छ । नवलपरासीको बन्जरिया–९ स्थित पण्डितपुरलाई प्राचीन महत्व बोकेको कोलिया गणराज्यको राजधानी भएको थप पुष्टिका लागि पुरातत्व विभागको प्राविधिक टोलीले...

कालीगण्डकी अब खतरामुक्त, पहिरो खस्ने भने रोकिएन

२०७२ जेठ १२ गते ३:२१

म्याग्दी, १२ जेठ– बैसरीको पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी नदी अब खतरामुक्त अवस्थामा रहेको छ । पहिरो खस्ने क्रम जारी रहेको भए पनि अब कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले पहिरोको अवलोकन गरेर केही दिनसम्म...

नगरपालिकाले रोक लगाएको क्षेत्रमा पनि घर निर्माण तीव्र

२०७२ जेठ १२ गते ३:१७

भक्तपुर, १२ जेठ– मध्यपुर थिमि नगरपालिकाले सुरक्षित क्षेत्रका रुपमा घोषणा गरी घर निर्माण गर्न रोक लगाएको क्षेत्रमा अनियन्त्रित रुपमा घर निर्माण भइरहेको छ । नक्सा पास नगरी बनाएका त्यस्ता घर गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण भास्सिएर क्षतिसमेत भएको छ । बढ्दो...

राजधानीमा शृङ्खलाबद्ध चोरी गर्ने समूह पक्राउ

२०७२ जेठ ११ गते १३:५५

काठमाण्डु,११ जेठ-महानगरीय अपराध महाशाखाले काठमाण्डु उपत्यकामा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएका पाँच जनालाई पक्राउ गरेको छ ।   महाशाखाका अनुसार प्रहरीले बौद्ध तथा नयाँ बसपार्कबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डुमा पठाएको छ ।   अभियुक्तमा दोलखाका सुवास बुढाथोकी, उदयपुरका...

त्रिशूली नदीमा खसेर भारतीय मजदुर बेपत्ता

२०७२ जेठ ११ गते १३:४९

तनहुँ,११ जेठ-देवघाट गाविस–४ स्थित दासढुङ्गा नजिक बन्दै गरेको पक्की पुल निर्माण गर्ने क्रममा सोमबार एक भारतीय मजदुर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।   भारत बिहार घर भएका मसाद खान बेपत्ता भएको र उनको खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।...

सोमबार विहान ६ बजेदखि साँझ ७ बजेसम्म भूकम्पको एउटामात्र पराकम्पन

२०७२ जेठ ११ गते १३:२०

काठमाण्डु, ११ जेठ– सोमबार विहान ३ बजेर २३ मिनेट जाँदा गोरखा केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको थियो । त्यसपछि विहान ६ बजेदेखि साँझ ७ बजेसम्म दोलखा केन्द्र भएर एउटामात्र पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ११ बजे ४.१...

नेपाली सेनालाई चीन सरकारले दियो अत्याधुनिक घुम्ती अस्पताल

२०७२ जेठ ११ गते १२:५८

काठमाण्डु,११ जेठ-चीन सरकारले नेपाली सेनालाई अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न दुई घुम्ती अस्पताल उपलब्ध गराएको छ ।   छाउनिस्थित सैनिक अस्पताल परिसरमा सोमबार आयोजित समारोहमा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले प्रधानसेनापति गौरवशम्शेर राणालाई उक्त अस्पताल हस्तान्तरण गरेका हुन् ।   दुई वर्षअघि प्रधानसेनापतिको चीन...

जब माधव नेपालले ज्याबल समाए…

२०७२ जेठ ११ गते १२:४०

भूकम्प प्रभावित क्षेत्रमा भूकम्पपीडित तथा सामाजिक महत्वका संरचना निर्माणका लागि अस्थायी आवास तथा भवन निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय श्रम अभियानलाई सफल बनाउन नेता नेपाल सोमबार टाउकामा हेल्मेट र हातमा ज्याबल बोकेर काममा लागे । युवा सङ्घ नेपालको ज्याकेट लगाएका स्वयम्सेवकले त्यस क्षेत्रमा आयोजना...

बसले मोटरसाइकलाई ठक्कर दिँदा भुसालको मृत्यु

२०७२ जेठ ११ गते १२:२६

कपिलवस्तु,११ जेठ– सोमबार कपिलवस्तुमा भएको सवारी दुर्घटनमा परेर एकजनाको ज्यान गएको छ । जिल्लाको बुद्धवाटीका–५ महेन्द्र राजमार्गमा वा.३ ख. ४०२१ नम्बर बसले लु.५ प. ५५६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्घाखाँची धारापानी–६ बस्ने १६ वर्षीय सुरज भुसालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर...

श्रम अभियानमा जुटेका माओवादी नेताको खुट्टा भाँचियो

२०७२ जेठ ११ गते ११:५२

काभ्रे, ११ जेठ– श्रम अभियानमा जुटिरहेका एक मजदुर नेताको खुट्टामा ढुङ्गाले लाग्दा खुट्टा भाँचिएको छ । एमाओवादी पोलिटब्युरो सदस्य लिलामणि पोख्रेलको नेतृत्वमा काभ्रेको जैसिथोकस्थित पञ्चकन्या निमाविमा श्रम गर्न पुगेका अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेका उपाध्यक्ष एवम् मजदुर नेता हरेराम उप्रेतीको खुट्टा भाँचिएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us