समाचार

जनता मारेर संसदलाई ढाँटेको भन्दै बामदेवमाथि खनिए सभासद्

२०७२ भदौ २ गते १९:०३

काठमाण्डु, २ भदौ– सभासदहरुले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सप्तरी घटनाबारे संसदमा झुठो जानकारी गराएको भन्दै आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनीहरुले गृहमन्त्रीको दाबी कपोलकल्पित भएको आरोप लगाए । सभासदले भारदहमा भएको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेको भन्दै घटना छानबिनका लागि उच्चस्तरीय...

मधेशी मोर्चा सरकारी कार्यालय बन्द गराउँदै हिड्यो

२०७२ भदौ २ गते १८:५८

रौतहट,२ भदौ– मधेशी मोर्चाको आह्वानमा गत मङ्गलबारदेखि जारी बन्दको क्रममा बुधबार मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । घेराउको क्रममा मोर्चाका कार्यकर्ताले प्रशासन कार्यालय अगाडि नारावाजी तथा प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा मोर्चाका कार्यकर्ताले सदरमुकाम गौरका सरकारी कार्यालय बन्द गराएका...

कपिलवस्तुको तौलिहवामा गोली चल्यो, दुई घाइते, स्थिति तनावग्रस्त

२०७२ भदौ २ गते १८:३९

कपिलवस्तु, २ भदौ–संयुक्त मधेसी मोर्चाद्वारा जारी आन्दोलन झन हिंसात्मक बन्दै गइरहेको छ । आइतबार र सोमबारको देशब्यापी बन्दपछि पनि तराईका विभिन्न जिल्लामा मोर्चाले अनिश्चितकालीन बन्द गर्दै आन्दोलनलाई अगाडि बढाउँदै आइरहेको छ । चार दलले संविधानको मस्यौदा मधेसको हितविपरीत ल्याएको र सीमांकन पनि मधेसीको माग...

मैयाले गरिन् घरैसहित १० करोड दान

२०७२ भदौ २ गते १८:३६

चितवन, २ भदौ– पूर्वसांसद मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेको घर र दुई करोड नगद मैयादेवी ट्रष्टलाई हस्तान्तरण गरेकी छन् । श्रेष्ठ बस्दै आएको भरतपुर उपमहानगरपालिका–३ मा रहेको करिब आठ करोड रूपैयाँ पर्ने घर र नगद दुई करोड गरी १० करोडको सम्पत्ति बुधबार चितवनमा आयोजित...

आन्दोलनमा बल प्रयोग नगर्न प्रमुख दलनिकट विद्यार्थी संगठनको माग

२०७२ भदौ २ गते १८:२५

काठमाण्डु, २ भदौ– प्रमुख राजनीतिक दल सम्वद्ध विद्यार्थी संगठनहरुले संविधानको मस्यौदामा असन्तुष्टि जनाएर देशका विभिन्न भागमा भइरहेका आन्दोलनमा अनावश्यक बल प्रयोग नगर्न सरकारसँग माग गरेका छन् । एमाओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले बल प्रयोग नगरी समस्याको...

एक सातादेखि निरन्तर पहिरो, सिंगो गाउँ नै जोखिममा

२०७२ भदौ २ गते १८:०८

गोरखा, २ भदौ –गोरखाको घ्याच्चोक गाउँमा विगत एक सातादेखि निरन्तर पहिरो झरिरहेको छ । गाउँमाथिको पाङशोरा भिरबाट पहिरो खसेपछि घ्याच्चोक–८ का २९ घर उच्च जोखिममा परेका छन् । ‘पहिरो झरिरहेको छ’, स्थानीयबासी चिजबहादुर गुरुङले भने, ‘बिर्खबहादुर गुरुङ र वीरबहादुर गुरुङको टहरो, करेसाबारी पहिरोले लग्यो...

बाबुरामले ‘राजा’ भनेपछि शेरबहादुर सनक्क

२०७२ भदौ २ गते १७:५२

काठमाण्डु, २ भदौ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाओवादी वरिष्ठ नेता एवं संवाद समिति सभापति बाबुराम भट्टराईबीच शीर्ष नेताको बैठकमा झण्डै हानाहान भएको खुलासा भएको छ । सिमांकनसहित थ्रेसहोल्ड, नागरिकता र धर्मनिरपेक्षताबारे छलफल गर्न आइतबार सिंहदरबारमा बसेको शीर्ष बैठकमा देउवा र भट्टराईबीच चर्काचर्की...

क्यापिट बैंक डुबाएर फरार खड्का पक्राउ परे

२०७२ भदौ २ गते १७:५१

काठमाण्डु, २ भदौ–क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स डुबाउने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सान्दर्भिक विल्डर्स प्रालि नामको फर्म खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट लिएको ३ करोड ५० लाख रपैयाँ कर्जा दुरुपयोग गरी फरार रहेका भाइकृष्ण खड्कालाई प्रहरीले बुधबार...

बोटबिरुवा रोपेर सहरलाई हराभरा बनाउने तयारी

२०७२ भदौ २ गते १७:२५

काठमाण्डु, २ भदौ– सहरको प्रमुख केन्द्र मानिने विभिन्न स्थानको बाटो विस्तार भइसकेको र बोटबिरुवा नभएको स्थानमा बोटबिरुवा रोपिने तयारी रहेको काठमाण्डु महानगरपालिकाले जनाएको छ । काठमाण्डु महानगरपालिक वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरका अनुसार सार्क सम्मेलनका समयमा सजावटका लागि नगरपालिकाले विभिन्न स्थानमा लगाइएको बोटबिरुवाको...

हतियारसहित पक्राउ परेका गुप्ता सार्वजनिक

२०७२ भदौ २ गते १७:०६

महोत्तरी, २ भदौ–हतियारसहित पक्राउ परेका जलेश्वर नगरपालिका–१ बस्ने ४३ वर्षीय विजय गुप्तालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी गुप्तालाई सार्वजनिक गरेको हो । गुप्तालाई मंगलबार बिहान जलेश्वर–२ स्थित श्रीराम चौधरीको घरबाट पक्राउ गरिएको हो...

उदयपुरलाई एक नम्बर प्रदेशबाट हटाए वा टुक्राए आन्दोलन गर्ने धम्की

२०७२ भदौ २ गते १६:३७

काठमाण्डु, २ भदौ–उदयपुर जिल्लाका राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरुले आफूहरुको जिल्लालाई एक नम्बर प्रदेशबाट टुक्राएर अन्यत्र नमिसाउन माग गरेका छन् । बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनीहरुले प्रदेश नम्बर १ मा उदयपुरलाई राखिएकोमा आफूहरु हर्षित भएकोमा पछिल्लो समयमा विवाद मिलाउने नाममा...

बेच्न लैजाँदै गरेका ६५ चेलीको उद्धार !

२०७२ भदौ २ गते १६:११

झापा, २ भदौ– साना हातहरु नेपाल नामक संस्था भद्रपुर शाखाले गत आव २०७१÷७२ को असार मसान्तसम्ममा ६५ जना चेलीबेटीको उद्धार गरेको छ । झापाको ज्यामिरगढी, महेशपुर, पृथ्वीनगरलगायतका नाकाबाट भारतमा बेच्न लैजाँदै गरेको अवस्था ती चेलीबेटीको उद्धार गरेको संस्थाले जनाएको छ ।संस्थाले गत आवमा चेलीबेटी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us