समाचार

संविधानसभालाई भारदारी सभा बनाइयोः थापा

२०७२ भदौ ९ गते १२:२७

काठमाण्डु, ९ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रबारे छलफल नै हुन नसक्ने गरिको अधिकार मस्यौदा समितिका सभापतिलाई नभएको दावी गरेका छन् । बुधबार संविधानसभामा संविधानको विधेयकमाथि छलफलमा भाग लिँदै अध्यक्ष थापाले प्रश्न गरेका छन्, राजतन्त्रबारे छलफल नै हुन सक्दैन भन्ने अधिकार मस्यौदा समितिको...

जोयद्वारा ७ वटा स्कुटी वितरण

२०७२ भदौ ९ गते १२:०९

प्रसिद्ध सौन्दर्य प्रसाधन उत्पादक कम्पनी जोयले आफ्नो उपभोक्ताहरुलाई लक्षित गरी एकै चोटी एकै ठाउँबाट ७ वटा होण्डा डियो स्कुटी वितरण गरेको छ । काठमाण्डुको होटल याक एण्ड यतिमा कार्यक्रमको आयोजना गरी ७ वटा स्कुटी वितरण गरियो । स्कुटी जित्ने भाग्यमानी विजेताहरु चितवनकी चिजा अधिकारी,...

दाङमा बस दुर्घटना, २७ जना घाइते

२०७२ भदौ ९ गते ११:५९

दाङ, ९ भदौ– रोल्पालिवाङबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ८३९ नम्बरको यात्रुवाहक बस बुधबार घोराही–लमहीसडक खण्डको बबई खोलामा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार घाइतेमध्ये गम्भीर घाइते भएका दाङ बर्गदीका ११ वर्षीय झरना नेपाली, तुलसीपुर नगरपालिका–१६...

धनगढीमा निषेधाज्ञा जारी

२०७२ भदौ ९ गते ११:५१

धनगढी, ९ भदौ – टीकापुरको घटनापछि शान्तिसुरक्षाको स्थिति थप बिग्रन नदिन कैलालीको सदरमुकाम धनगढी नगर क्षेत्रमा बुधबार बिहान ११ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा भएको छलफलपछि धनगढी नगर क्षेत्रमा आज पनि निषेधाज्ञा लगाउने...

अडान त्यागेर छलफलमा आउन शीर्ष नेताहरुको अपील

२०७२ भदौ ९ गते ११:४३

काठमाण्डु, ९ भदौ– प्रमुख दलका शीर्ष नेताहरुले समयको माग अनुसार संविधान परिवर्तन गर्न सकिने भएकाले अधिकारका नाममा सामाजिक सद्भाव बिथोल्न नहुनेमा जोड दिएका छन् । बुधबार संविधानको परिमार्जित विधेयक २०७२ माथि छलफल मा भाग लिँदै शीर्ष नेताहरुले सबै दलले सबैको सहमतिमा मात्र संविधान बन्ने...

मध्यपश्चिमका १३ नगरपालिका दमकलविहीन

२०७२ भदौ ९ गते ९:१६

  बाँके, ९ भदौ – मध्यपश्चिमाञ्चलका १३ वटा नयाँ नगरपालिका दमकलविहीन भएको पाइएको छ । नौ जिल्लामा २०७१ वैशाख २५ मा र मङ्सिर १६ मा थपिएका नयाँ नगरपालिकामा दमकलको व्यवस्था हुन सकेको छैन । नयाँ १३ वटै नगरपालिकामा दमकल व्यवस्था नहुँदा सामान्य आगलागीसमेत नियन्त्रणमा...

हरेक दिन १५ मिनेट चौतारो बनाउन छुट्याउँदा १२ वटा निर्माण भए

२०७२ भदौ ९ गते ९:०५

बेनी, ९ भदौ – जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गरेका छन् । कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार हुनुका साथै गाउँलेमा पनि सामाजिक कार्यतर्फ रुचि...

बाबुराम भट्टराईविरुद्ध बुढानिलकण्ठमा यसरी खनिए देउवा

२०७२ भदौ ८ गते १९:३१

काठमाण्डु, ८ भदौ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा एकीकृत माओवादी वरिष्ठ नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईविरुद्ध खनिएका छन् । कैलालीको टिकापुरमा भएको नरसंहारबारे बुढानिलकण्ठस्थित निवासमा मंगलबार पत्रकार सम्मेलन गरी उनले भट्टराईले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए । उनले...

एसएसपी न्यौपानेको दाहसंस्कार

२०७२ भदौ ८ गते १९:२३

काठमाण्डु, ८ भदौ– कैलालीमा दिवंगत भएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा प्रहरी सम्मानसहित दाहसंस्कार गरिएको छ । थरुहट राज्यको माग राख्दै भएको आन्दोलनको क्रममा थरुहट कार्यकर्ताको एक समूहले मनुवा गाबिस–६ मा एक्कासि आक्रमण गर्दा सोमबार उनको निधन भएको थियो । उपप्रधान...

भ्यान दुर्घटनामा एक महिलाको मृत्यु

२०७२ भदौ ८ गते १९:०३

स्याङ्जा, ८ भदौ-मिर्दीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ५०२५ नंको भ्यान र स्याङ्जाबाट पुतली बजार नगरपालिका–१३ हेलुतर्फ जाँदै गरेको ग १ च ३७५७ नंको निजी कार ठोक्किँदा एक वृद्धाको ज्यान गएको छ । उपचारका लागि पोखरा जाँदै गर्दा हेलु बजारमा कार र भ्यान...

भक्तपुरका सम्पदाको पुनःनिर्माणमा जर्मनले सहयोग गर्ने

२०७२ भदौ ८ गते १८:२२

भक्तपुर, ८ भदौ-गत वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका भक्तपुरका मुख्य सम्पदाहरुको पुनःनिर्माण जर्मन सरकारको सहयोगमा हुने भएको छ ।   जर्मन सरकारको एक अर्बको सहयोगमा यहाँका २० सम्पदाको पुनःनिर्माण हुने भएको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए ।   भूकम्पबाट क्षति...

प्रधानमन्त्री कोइरालाको राजिनामाले दिनभर तनाव (यस्तो हो खास कुरा)

२०७२ भदौ ८ गते १७:४६

काठमाण्डु, ८ भदौ– पछिल्लो समय देश तनावमा रहेको बेला मंगलबार दिउँसो प्रधानमन्त्रीको नाममा खोलिएको ट्वीटर अकाउन्टबाट राजिनामा घोषणा गर्दै ट्वीट भएको छ । प्रधानमन्त्रीको नाममा खोलिएको उस्तै देखिने नक्कली एकाउन्टबाट यस्तो ट्वीट भएको हो ।   जसमा लेखिएको छ, ‘आज मिती २०७२ भाद्र ०८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us