भ्यान दुर्घटनामा एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७२ भदौ ८ गते १९:०३ मा प्रकाशित

syangja
स्याङ्जा, ८ भदौ-मिर्दीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ५०२५ नंको भ्यान र स्याङ्जाबाट पुतली बजार नगरपालिका–१३ हेलुतर्फ जाँदै गरेको ग १ च ३७५७ नंको निजी कार ठोक्किँदा एक वृद्धाको ज्यान गएको छ ।
उपचारका लागि पोखरा जाँदै गर्दा हेलु बजारमा कार र भ्यान ठोकिएपछि भ्यानमा सवार ७८ वर्षीया टीकाकुमारी आचार्य गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य सात जना सामान्य घाइते भएका छन् ।
चापाकोट नगरपालिका ६ निवासी आचार्य आफ्ना छोरा र बुहारीसँगै उपचारका लागि पोखरातर्फ जाँदै थिइन् । निजी कार र भ्यान चालक दुवैलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us