सल्यान, ११ कात्तिक-स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति सल्यानले दश स्थानीय तह स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगमा सिफारिस गरेको छ । स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार बैठक बसेको सर्वदलीय बैठकले वनगाड कुपिन्डे नयाँ नगरपालिका थप गरी ती नगरपालिका...
काठमाण्डु, ११ कात्तिक– उन्नत बीउबिजन प्रयोग गरी आधुनिक खेतीतर्फ अग्रसर हुन खोज्दा धादिङ, दोलखा र बर्दियाका सयौँ किसान मर्कामा परेका छन् । तीनवटै जिल्लामा उन्नत जातको धानको बीउ प्रयोग गरी लगाइएको धानबालीमा राम्रो दाना नलागेका कारण किसान मर्कामा परेका हुन् । फियान...
काठमाण्डु, ११ कात्तिक– राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारेमा पार्टी बैठकपछि निर्णय लिइने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा उनले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न...
काठमाण्डु, ११ कात्तिक-मानवअधिकार तथा शान्ति समाजको एक प्रतिनिधिमण्डलले बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय गर्न अपिल गरेको छ । ‘प्रतिनिधिमण्डलले कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण गराउँदै...
काठमाण्डु, ११ कात्तिक-नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताएका छन् । यहाँस्थित पाकिस्तानी दूतावासमा बिहीबार आयोजित ‘जम्मुकास्मिर विवादमा मानवअधिकारको आयाम’ विषयक प्रवचन कार्यक्रममा उनले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले...
बनेपा, ११ कात्तिक- नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नभएको बताएका छन् । काभ्रेपलाञ्चोकबाट प्रकाशित भएको ‘चेष्टा साप्ताहिक’को २३औँ वर्ष प्रवेशको अवसरमा बिहीबार बनेपामा आयोजना भएको वार्षिकोत्सवमा उनले महाअभियोगको विषयमा काँग्रेसले सही समयमा सही निर्णय गर्ने...
काठमाण्डु, ११ कात्तिक-राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्रको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनताको अधिकार कटौती गर्न नहुने सांसदहरुले बताएका छन् । व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको बिहीबार सिंहदरबारमा बसेको ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधन ऐन, २०७१’ माथिको छलफलमा सांसद राजाराम...
भक्तपुर, ११ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरेका छन् । आज ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी...
सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेकोप्रति सामाजिक संजालमा विरोध सुरु भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको केही घण्टामै सामाजिक संजालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको विरोध सुरु...
काँकडभिट्टा, ११ कात्तिक-झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन गरेर रोग नियन्त्रणको प्रयास जारी राखेको छ । अहिले यहाँ स्वास्थ्य मन्त्रालयबाटै आएको विशेषज्ञ टोली समेत खटिएको छ । दमक क्षेत्रमा मात्र डेङ्गु सङ्क्रमितको सङ्ख्या...
भक्तपुर, ११ कात्तिक-दिदीको घरमा आएकी काभ्रे वाल्टिङ–३ की २३ वर्षीया तारा शाहको बिहीबार ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका–३ बोडे सिन्टिटार बस्ने दिदीको घरमा तरकारीमा प्रयोग गर्न राखेको विषादीको सेवनबाट ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए । विष...
काठमाण्डु, ११ कात्तिक– सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको उपस्थिति थिएन । कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित थिए । तत्कालीन बहालवाला प्रहरी...