समाचार

नौ पालिकाको सहमति बन्यो, जिरी नगरपालिका घोषणा

२०७३ कार्तिक १४ गते १०:४४

दोलखा, १४ कात्तिक– दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् ।     दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो ।     योसँगै...

बालुवाटारमा के होला आज ?

२०७३ कार्तिक १४ गते १०:४३

काठमाण्डु, १४ कात्तिक– सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनका विषयमा आज छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठक निर्णयक हुने दाबी सत्तापक्षको छ । सत्तासाझेदार काँग्रेस र माओवादी केन्द्रले मोर्चाका नेतासँग द्विपक्षीय तथा बहुपक्षीय अनौपचारिक छलफल गरेका थिए...

प्रचण्डले भने– भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णय फिर्ता हुँदैन

२०७३ कार्तिक १४ गते १०:१३

काठमाण्डु, १४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णयमा पुनर्विचार हुन नसक्ने बताएका छन् । बिदा दिने निर्णयमा पुनर्विचार गर्न व्यापक दबाब आइरहेका बेला शनिबार साँझ सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्णयमा पुनर्विचार...

आज लक्ष्मी पूजा, जान्नुस् कसरी पूजा गर्दा घरमा लक्ष्मी बास हुन्छ ?

२०७३ कार्तिक १४ गते ८:५४

काठमाण्डु, १४ कात्तिक– तिहारको तेश्रो दिन आज घरघरमा श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । ‘जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन्’ भन्ने धार्मिक विश्वासका आधारमा दिपावलीसहित लक्ष्मी पूजा गर्ने परम्परा चलिआएको छ । आजका दिन घरका झ्याल, ढोका,...

प्रचण्डको खिल्ली उडाउँदै नारायणकाजीले फेसबुकमा के लेखे ?

२०७३ कार्तिक १३ गते २०:२३

काठमाण्डु, १३ कात्तिक– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भाई नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेकामा कडा आपत्ति जनाएका छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा शनिबार पोस्ट गर्दै व्यङ्गात्मक शैलीमा प्रहार गरेका हुन् । उनले पार्टी...

महेन्द्रबहादुर शाहीको खुलासाः प्रचण्डलाई थाहा दिएको भए लोकमानविरुद्ध महाअभियोग दर्ता गर्न दिन्थेनन्

२०७३ कार्तिक १३ गते १९:४८

काठमाण्डु, १३ कात्तिक– अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई थाहै नदिई उक्त प्रस्ताव दर्ता गराएको स्वीकार गरेका छन् । शाहीले पार्टीभित्र कार्कीविरुद्ध महाअभियोग लगाउने विषयमा मतभेद नरहे...

राजनीतिक उपलब्धी गुम्ने खतरा छ: कोइराला

२०७३ कार्तिक १३ गते १९:१३

इनरुवा, १३ कात्तिक- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान संशोधन गरेर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका बेला प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा...

बाँके र बर्दियामा फेरि भेटिए डेंगुका बिरामी

२०७३ कार्तिक १३ गते १९:०१

काठमाण्डु, १३ कात्तिक-बाँकेमा सात तथा बर्दियामा दुई जना डेङ्गुका नयाँ बिरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गुबाट साउनयता ५९४ बिरामी भेटिएका छन् । महाशाखाका निर्देशक डा भीम आचार्यले बाँकेमा यस रोगबाट तीन जनाको मृत्यु भएको भन्ने खबर पुष्टि नभएको बताए...

प्रचण्ड सकारात्मक छन् तर किन ढिला भयो बुझ्न सकिन: महतो

२०७३ कार्तिक १३ गते १८:५७

विराटनगर, १३ कात्तिक-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसद् सचिवालयमा दर्ता हुनुपर्ने बताएका छन् । सो पार्टीद्वारा शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा उनले आउँदो छठ पर्वसम्ममा संशोधन प्रस्ताव दर्ता नभएमा मधेसी मोर्चाले सशक्त आन्दोलन गर्ने जानकारी दिए । उनले संशोधन प्रस्तावका...

खुल्यो कृषि टेलिभिजन, आइतबारदेखि प्रसारण सुरु हुने

२०७३ कार्तिक १३ गते १८:३५

काठमाण्डु, १३ कात्तिक । कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ । सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो । ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र...

मुस्किलले बच्यो करोडौं मुसलमानहरुको ‘पवित्र भूमि’, विश्वको एउटा ठूलो अनिष्ठ टरेर गयो !

२०७३ कार्तिक १३ गते १८:१८

एजेन्सी– साउदी अरबस्थित विश्वका करोडौ मुसलमानहरुको आस्थाको केन्द्र मक्का मुश्किलले बच्न सफल भएको खबर बाहिर आएको छ । यमन विद्रोहीहरुले हानेको एउटा शक्तिशाली मिसाइल मक्का नजिकै झरेपछि यमनमा गठबन्धन सेनाको रुपमा कारबाहीमा उत्रिएको साउदी सेनाले सो दाबी गरेको हो । यमनी विद्रोहीहरुले हानेको मिसाइल...

सांस्कृतिक एकताले राष्ट्रियतालाई बलियो बनाउँछ: जोशी

२०७३ कार्तिक १३ गते १७:२७

काठमाण्डु, १३ कात्तिक- नेपाल भाषामा टिकि झ्या (आँखी झ्याल) नामक साप्ताहिक पत्रिका शनिबारदेखि बजारमा आएको छ । नेपाल भाषा, साहित्य, प्राचीन कला, संस्कृति तथा सम्पदा संरक्षणलाई विशेष प्राथमिकतामा राखेर नेवा मिडिया प्रालिले प्रकाशन गरेको सो पत्रिकाको सम्पादन रत्नकाजी महर्जनले गरेका हुन् । सो पत्रिकाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us