
काठमाण्डू, २६ असार– पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतम रहेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाका अनुसार मणिग्रामका नारायण बन्जाडेले माछा पाल्न भनेर खनेर राखेको पोखरीमा प्रज्ञान बुधबार साँझ ६ बजे पौडी खेल्न पसेका थिए ।
साँझ ७ बजेपछि उद्धारका लागि गएको प्रहरी टोलीले राति १० बजे मात्रै पोखरीमा डुबेका प्रज्ञानलाई बाहिर निकाल्न सकेको रानाले जानकारी दिए ।
बालकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रानाले जानकारी दिए ।