समाचार

नेपालमा पर्वतीय उडानको आकर्षण बढ्दो

२०७३ कार्तिक २८ गते १४:३६

काठमाण्डु, २८ कात्तिक-अनुकूल मौसमले पर्वतीय उडानको आकर्षण बढेको छ । खासगरी शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी उडान भइरहेको सम्बद्ध कम्पनीले जनाएका छन् । यद्यपि विगतका वर्षमा जस्तो उत्साह भने यस वर्ष नरहेको उनीहरुको...

मुखर्जीपछि यी बरिष्ठ भारतीय छिरे पशुपतिमा

२०७३ कार्तिक २८ गते १४:२७

काठमाण्डु, २८ कात्तिक– नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । सेनाध्यक्ष सिंहले परिसरका अन्य देवीदेवताको दर्शन गरी वासुकीमा दुग्धाभिषेक र पशुपतिनाथमा रुद्राभिषेक गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए...

कैलालीमा ट्रकमा आगजनी

२०७३ कार्तिक २८ गते १४:२०

धनगढी, २८ कात्तिक-आइतबार आह्वान गरिएको बन्दका क्रममा कैलाली जिल्लाको अत्तरियामा एक ट्रकमा आगजनी गरिएको छ । हेटौंडाबाट सिमेन्ट लिएर अत्तरियातर्फ आउँदै गरेको से १ क ४३७ नं को मिनी ट्रकलाई घरपसलको पर्खालभित्र लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जनाले आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले...

डा.सिंहको सिफारिस फिर्ता नलिए तुरुन्त अर्को कदम चाल्ने डा. केसीको चेतावनी

२०७३ कार्तिक २८ गते १४:१४

काठमाण्डु, २८ कात्तिक-चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आइतबार उनलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा. जगदीशप्रसाद अग्रवाल, प्रा डा. केपी सिंह र प्रा डा. ज्योति शर्माको...

ट्रकमा आगजनी

२०७३ कार्तिक २८ गते १४:००

धनगढी, २८ कात्तिक– कैलाली जिल्लाको अत्तरियामा एक ट्रकमा आगजनी गरिएको छ ।   हेटौँडाबाट सिमेन्ट लिएर अत्तरियातर्फ आउँदै गरेको से १ क ४३७ नं को मिनी ट्रकलाई घरपसलको पर्खालभित्र लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जनाले आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

सुस्तामा भारतले छाडदै नछाडेपछि…

२०७३ कार्तिक २८ गते १३:५८

नवलपरासी, २८ कात्तिक-नवलपरासी सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निमार्णका काममा भारतपक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले सरकारसँग आग्रह गरेका हुन् । सुस्ता संरक्षणका लागि सरकारको लगानीमा नारायणी नदी...

तरुण दलको बन्दसत्र सुरु

२०७३ कार्तिक २८ गते १३:४७

पोखरा, २८ कात्तिक– नेपाल तरुण दलको शनिबारदेखि यहाँ सुरु चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज पोखरा सभागृहमा बन्दसत्र सुरु भएको छ । बन्दसत्रको तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा...

संविधान कार्यान्वयनको विषय संविधान संशोधनसँग जोड्न मिल्दैनः ओली

२०७३ कार्तिक २८ गते १३:३७

दमक, २८ कातिक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताएका छन् । झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने...

निर्वाचन हुन्छ, त्यसमा कुनै भ्रम नराखौँ:गृहमन्त्री

२०७३ कार्तिक २८ गते १३:२९

काठमाण्डु, २८ कात्तिक– उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले धेरै छलफल गरेर प्रस्तुत गरेको निर्वाचनसम्बन्धी विधेयक औचित्यपूर्ण रहेको बताएका छन् । आइतबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री निधिले सो कुरा बताएका हुन् । उनले भने, ‘अहिलेको सरकार छिटो विधेयक पारित गरेर निर्वाचन गर्न चाहन्छ,...

निर्वाचन आयोगले माग्यो अधिकार

२०७३ कार्तिक २८ गते १३:१९

काठमाण्डु, २८ कात्तिक-निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षताको दायित्व आयोगको काँधमा रहेकाले मिति घोषणा गर्नेदेखि कर्मचारीको खटनपटनसम्मको अधिकार आफूलाई दिइनुपर्ने माग गरेको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आइतबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले अघिल्ला निर्वाचनमा देखिएका कमजोरी सुधार्न निर्वाचनको मिति घोषणादेखि...

मोरङमा बन्द गराउँदै हिँड्ने ११ जना पक्राउ

२०७३ कार्तिक २८ गते १२:४४

उर्लाबारी, २८ कात्तिक-यहाँ बन्द गराउँदै हिँड्ने नेकपा माओवादीका ११ जना पक्राउ परेका छन् । बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार तिनलाई बन्द गर्दै हिँडिरहेको...

भाइको कुटाइबाट दाजुको मृत्यु

२०७३ कार्तिक २८ गते १२:४१

फलेवास, २८ कात्तिक-उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो । घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us