समाचार

यी रुटमा चल्दैछन् साझा यातायातका बस

२०७३ कार्तिक २९ गते १६:३०

काठमाण्डु, २९ कात्तिक– साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट) मा नयाँ बस गुडाउने भएको छ ।   साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत कात्तिक २४ गते रुट पर्मिटका लागि पत्राचार गरेको थियो...

यस्तो हुनसक्छ अब गगन थापाले तय गर्ने बाटो, प्रचण्डले के सोच्दै होलान ?

२०७३ कार्तिक २९ गते १६:२६

काठमाण्डु, २९ कात्तिक– कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेलगत्तै सरकारको चौतर्फी आलोचना सुरु भएको छ । ब्रेस्ट क्यान्सको संकेत देखापरे लगत्तै नेतृ कोइरालाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवामार्फत सरकारसँग १ करोड रुपैयाँको माग गरेका खबरहरु बाहिर आएका...

कुनै पनि हालतमा संविधान संशोधन हुँदैनः गौतम

२०७३ कार्तिक २९ गते १६:१६

काठमाण्डु, २९ कात्तिक– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताएका छन् । उनले विदेशीको इसारामा नेपाललाई टुक्राउने उद्देश्यले सीमांकन हेरफेर सहितको संशोधन मान्य नहुने बताए । प्रेस चौतारी प्यूठानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष गौतमले सरकार जनताको...

महाभियोग प्रस्तावमाथिको छलफलः प्रमुख तीन दलमाथि नै उठ्यो सदनमा औँला

२०७३ कार्तिक २९ गते १४:४६

काठमाण्डु, २९ कात्तिक– व्यवस्थापिका–संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आज पनि जारी रह्यो ।     उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत महाभियोग प्रस्ताव विधिसम्मत रुपमा नआएको बताए । सत्तासाझेदार दललाई जानकारी नै...

संसदमा पारिश्रमिकसम्बन्धी विधेयक स्वीकृत

२०७३ कार्तिक २९ गते १४:३८

काठमाण्डु २९ कात्तिक-व्यवस्थापिका–संसद्को सोमबारको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीस्कृत ग¥यो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले सदनसमक्ष प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमाथि सुझाव दिँदै सांसद कृष्णभक्त पोखरेलले सांसद अर्कै...

विद्यार्थीहरुद्धारा क्याम्पस तोडफोड

२०७३ कार्तिक २९ गते १४:३४

सिन्धुली, २९ कात्तिक- सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा सोमबार विद्यार्थीले तोडफोड गरेका छन् । लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर्फ धकेलिएको...

रौतहटमा प्रहरी र हतियारधारी समुहबीच भीडन्त, १ जनाको मृत्यु

२०७३ कार्तिक २९ गते १४:२४

गौर, २९ कात्तिक-रौतहटको देवाही गाविसमा सोमबार बिहान हतियारधारी समूह र प्रहरीबीच भिडन्त हुँदा एक हतियारधारीको मृत्यु भएको छ । हतियारधारीको गोली लागी एक प्रहरी जवानसमेत गम्भीर घाइते भएका छन् । देवाही गाविस–८ स्थित लालबकैया नदी नजिक रहेको तटबन्ध हुँदै ठूलो मात्रामा हतियार भित्र्याइन लागेको...

पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक छैनन् गोरखा अस्पतालमा

२०७३ कार्तिक २९ गते १४:१७

गोरखा, २९ कात्तिक-सदरमुकामस्थित गोरखा जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा लिन पाएका छैनन् । दिनहुँ ३०० जना हाराहारीका बिरामी उपचारका लागि अस्पताल आए पनि विशेषज्ञ सेवा नपाउँदा काठमाण्डु र चितवनका अस्पतालमा जान बिरामी बाध्य छन् । दरबन्दीअनुसारका चिकित्सक अस्पताल नआउँदा...

माओवादी केन्द्रका सांसद् पाण्डेको क्यान्सरका कारण निधन

२०७३ कार्तिक २९ गते १४:११

काठमाण्डु, २९ कात्तिक– नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ । एक वर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा सोमबार बिहान निधन भएको हो । पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि (मंगलबार) विहान ९ देखि...

तरुण दलको बन्दसत्र अझै सुरु भएन

२०७३ कार्तिक २९ गते १४:०३

पोखरा, २९ कात्तिक– नेपाल तरुण दलको पोखरामा जारी चौँथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १०ः०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन ।   हिजोदेखि सुरु बन्दसत्रमा अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेकामा प्रतिवेदनमाथि बोल्न चाहने महाधिवेशन प्रतिनिधि बाँकी नै...

शिक्षामन्त्रीले गरे नयाँ प्रतिबद्धता

२०७३ कार्तिक २९ गते १३:३९

भक्तपुर, २९ कात्तिक-शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । सोमबार मध्यपुरथिमिमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरजिल्ला शाखाले आयोजना गरेको पुरस्कार वितरण, सम्मान एवम् दशौँ अधिवेशन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । क्षयरोग गरिब, निमुखा वर्गलाई...

सुजातालाई पचास लाख दिइएपछि संसदमा हंगामा

२०७३ कार्तिक २९ गते १३:१५

काठमाण्डु, २९ कात्तिक-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख सहयोग दिइएकामा आपत्ति जनाएको छ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us