समाचार

डा. चित्रप्रसाद वाग्लेको निधन

२०७० कार्तिक ७ गते ६:४४

काठमाण्डु, ७ कात्तिक– डा. चित्रप्रसाद वाग्लेको विहीबार निधन भएको छ । क्यान्सर रोगबाट पीडित वाग्लेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । एपेन्डिक्स क्यान्सरबाट पीडित वाग्लेलाई श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिएपछि गत आइतबार आईसीयुमा भर्ना गरिएको थियो । भारतको नयाँदिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा...

कुन–कुन नेताले असुरक्षित ठाने चुनावमा ?

२०७० कार्तिक ७ गते ६:०९

काठमाण्डु, ७ कात्तिक–चुनावमा जित्न बिभिन्न योजना र कार्यक्रमका साथ राजनीतिक दलहरु प्रचार प्रसारमा सकृय भएका छन् । ति दलले उठाएका उम्मेदवारहरुको बारेमा पनि बिभिन्न टिकाटिप्पणी भैरहेको छ । फौजदारी अभियोग लागेका, दोहोरो नागरिकताको विवादमा परेका, भ्रष्टाचारमा मुछिएका र ‘डन’को उपमा पाएकाहरु पनि उम्मेदवार छन्...

सप्तरीमा उम्मेदवार कुटिए

२०७० कार्तिक ७ गते ५:१९

राजविराज, ७ कात्तिक–सप्तरीको निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा माले समाजवादी पार्टीका उम्मेदवार सिंहेश्वर साहलाई चारजनाको समूहले बुधबार राति निर्घात कुटपिट गरेको छ । कुटपिटबाट घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।...

समानुपातिक उम्मेदवार उपर दावी विरोध आज

२०७० कार्तिक ७ गते ३:१०

काठमाण्डु, ७ कात्तिक– निर्बाचन आयोगले बुधबार सार्बजनिक गरेको समानुपातिक तर्फको बन्दसूचीमा समावेश उम्मेदवारहरुको योग्यता सम्वन्धमा दावी तथा विरोधकालागि विहीबार निवेदन दिन सकिने छ । कार्यालय समय अवधिभर आयोगमा निवेदन दर्ता गराउन सकिने आयोगले जनाएको छ । फौजदारी कसूर, नागरिकता प्रमाणपत्र, उमेरको हदलगायत विषयमा दावी...

चुनावमा पैसा बाँड्नेलाई बहिष्कार गर्ने निर्णय

२०७० कार्तिक ७ गते ३:०७

पर्वत, ७ कात्तिक–पर्वतको क्याङ गाविसका बासिन्दाले चुनावमा आर्थिक प्रलोभन दिने र झुठा आश्वासन बाँड्ने राजनीतिक दल र ति दलका उम्मेदवारलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेका छन् । धन र बलका भरमा मतदातालाई प्रभावित गर्ने क्रम बढ्ने सङ्केत मिलेपछि सर्वदलीय बैठकले सामाजिक बहिष्कार गरी गाउँ...

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

२०७० कार्तिक ७ गते २:२७

काठमाण्डु, ७ कात्तिक–देशका ७५ वटै जिल्लामा विहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । विहीबार खान छुटेकालाई शुक्रबार पनि खुवाइने छ । नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैलाई आग्रह गरेको छ । ६ महिनादेखि पाँच...

ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०७० कार्तिक ७ गते २:२५

काठमाण्डु, ७ कात्तिक– काठमाण्डुको फर्पिङस्थित दक्षिणकाली सडकखण्डमा ट्रकको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७८ वर्षीया जानु देवी अर्याल रहेकी छिन् । बुधबार साँझ गोपालेश्वरबाट फर्पिङतर्फ आउँदै गरेको बा १ ख ६३१३ नम्बरको ट्रकले अर्याललाई ठक्कर दिएको हो...

प्रचण्डलाई रोक्न वैद्य माओवादीद्वारा कोशी राजमार्ग अवरुद्ध,सर्वसाधारण मर्कामा

२०७० कार्तिक ७ गते २:०६

विराटनगर, ७ कात्तिक–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिल्ला प्रवेशमा रोक लगाउन वैद्य माओवादीका कार्यकर्ताहरुले विहीबार कोशी राजमार्ग अवरुद्ध पारेका छन् । प्रचण्डलाई लक्षित गरी राजमार्गमा गरिएको अवरोधले अरु सार्बजनिक सवारीका साधन पनि चल्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् । चुनाव प्रचार प्रसारकोलागि प्रचण्ड विहीबार...

‘पैसा नभएपछि अस्ताल भर्ना हुन सकिएन’

२०७० कार्तिक ६ गते १७:२९

काठमाण्डु, ६ कात्तिक– मुटुको बिरामी दोलखा सुन्द्रवाती–९ की सुनिता थामीलाई रकम अभावका कारण अस्पताल भर्ना गर्न सकिएको छैन । थामीको मुटुको दुवै भल्व विग्रिएको छ । १० असोजमा उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल भर्ना गरिएकी उनलाई थप उपचारका लागि गंगलाल मुटु अस्पताल रिफर गरिएको...

झलनाथ स्वेच्छारी र गुटवादी: ओली

२०७० कार्तिक ६ गते १४:३८

विराटनगर, ६ कात्तिक– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले अध्यक्ष झलनाथ खनालमाथि स्वेच्छाचारी र गुटवादीको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा ओलीले समानुपातिक उम्मेदवारको सूची फेरेकामा खनालप्रति कटाक्ष गरे । उनले पार्टीमा त्याग गरेका इमान्दार र पूरानालाई बाइपास गरेर गुटवाद, नातावाद...

गगनपछि पासाङसँग खगेन्द्र संग्रौला

२०७० कार्तिक ६ गते १३:४९

काठमाण्डु, ६ कात्तिक– नेपाली काँग्रेसका युवा नेता गगन थापाको चुनावी प्रचारमा हिंडेको भन्दै बहसमा आएका वरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला एमाओवादी युवा नेता नन्दकिशोर पुनको चुनावी अभियानमा पनि देखा परेका छन् । थापा र पुन काठमाण्डु–४ का प्रत्यक्ष उम्मेदवार हुन् । कम्युनिष्ट लेखक...

दलका चुनावी कार्यक्रम प्रत्यक्ष प्रसारणमा रोक

२०७० कार्तिक ६ गते १३:२९

काठमाण्डु, ६ कात्तिक– निर्वाचन आयोगले सञ्चारमाध्यामलाई कुनै पनि राजनीतिक दलका कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । केही सञ्चार माध्यामले अफूनिकट दलका कार्यक्रम प्रत्यक्ष प्रसारण गरेपछि आयोगले त्यसमा प्रतिबन्ध लगाएको छ । आयोगले कार्यक्रमको प्रत्यक्ष प्रसारण नगरी समाचार मात्र प्रसारण गर्न निर्देशन दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us