काठमाण्डु, ३ मंसिर– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे । उपप्रधानमन्त्री महराले...
भीमदत्तनगर, ३ मंसिर-श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन् । गत कात्तिक ६ गते घरमै २१ वर्षीया श्रीमती पशुपति पन्तलाई कुटपिट गरी हत्या गरेको आरोपमा केशवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।...
दुनै, ३ मंसिर-कात्तिक महिनाको सुरुवात देखिनै डोल्पामा चिसो बड्दै गएको छ, दिनहुँ बड्दो चिसोले गर्दा डोल्पालीको जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बडेपछि बिहान बेलुकी चुलो छोड्न सकिदैन पानी जम्न थालेपछि पानी छुँदा करेन्ट लागेजस्तै हुन्छ, गतबर्ष भन्दा यसपाली छिटै चिसो बढेको अनुभूति...
सोलुखुम्बु, ३ मंसिर-दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ । गर्मी समयमै पनि ज्याकेट बिना बाहिर निस्कन र बाक्लो सिरकबिना रात बिताउन नसकिने नाम्चेका प्रहरीलाई आजभोलि दिन त जसोतसो...
बनेपा, ३ मंसिर-नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीसहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय सामानसहित उनीहरुलाई बिहीबार काभ्रेपलाञ्चोकको देउपुर क्षेत्रबाट पक्राउ गरिएको शाखा प्रमुख नवलकिशोर गोइतले जानकारी दिए । पक्राउ पर्नेमा देउपुरका ३० वर्षीय...
चितवन, ३ मंसिर – भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । ऐन निर्माण गरी सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्न सकिन्छ, शुक्रबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘एक महिनाभित्रमा ऐन निर्माण गरेर सँधैका लागि...
रत्ननगर, ३ मंसिर- चितवनमा डेङ्गु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो । पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेङ्गुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य...
पोखरा, ३ मंसिर– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् । पोखरामा आज पत्रकारसँगको भेटघाटमा उनले अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्नेमा जोड दिए...
चितवन, ३ मंसिर– शिक्षा मन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीचको विवाद समाधानका लागि सरकारले गृहकार्य गरिरहेको बताए । प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन...
प्यूठान, ३ कात्तिक– भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो । त्यस बसमा...
काठमाण्डु, ३ मंसिर– प्रमुख राजनीतिक दलबीच चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेको छ ।निर्वाचनका लागि स्थानीय निकायको पुनसंरचना र सिमांनको काम सक्नु पर्ने हुन्छ । सोही काम फत्ते गर्नका लागि मंसिर महिनासम्मको समयसीमा दिएर सरकारले ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त...
वीरगन्ज, ३ मंसिर– सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको सङ्ख्या धेरै भएपनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा...