समाचार

दुर्गममा बिजुली बल्यो, स्थानीयबासी दंग

२०७३ मंसिर ५ गते १०:४८

पाल्पा, ५ मंसिर– टुकीको ठाउँमा यतिबेला सबैका घर घरमा बिजुली बत्ती बलेपछि दुर्गम झडेवा केरौलीकी ८७ वर्षीया मनकुमारी बाह्रघरे दङ्ग छन् । बिजुलीको लाइनमा राइसकुकरमा बुहारीले खाना पकाएको देख्दा त उनलाई सपना जस्तै लागेको बताउँछन् । बिजुली बत्ती बल्ने कल्पना पनि नगरेका ७६ वर्षीय...

यसरी हुँदैछ देशलाई विखण्डन गर्ने षडयन्त्र !

२०७३ मंसिर ५ गते १०:४३

भक्तपुर, ५ मंसिर– पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताएका छन्। भक्तपुर कमलविनायकस्थित शुभज्योति बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभामा शनिबार उनले केही व्यक्तिको स्वार्थमा भइरहेको कार्यको पर्दाफास गर्दै कुनै हालतमा देश विखण्डन गर्न नदिने बताए।  ...

‘संविधान संशोधनका लागि सहमति भइसक्यो’

२०७३ मंसिर ५ गते १०:३६

भीमदत्तनगर, ५ मंसिर– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए। ‘चैतभित्रै...

शान्ति सम्झौताको आज १० वर्ष पूरा, अझै के–के काम बाँकी ?

२०७३ मंसिर ५ गते ९:०३

काठमाण्डु, ५ मंसिर– सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज १० वर्ष पूरा भएको छ । शान्ति सम्झौताको १० वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् । ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री...

बिजुली लुकाएर मुलक अँध्यारो पार्नेलाई फाँसी दिन मिल्दैनः प्रधानमन्त्री

२०७३ मंसिर ५ गते ८:३७

काठमाण्डु, ५ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियतबस बिजुली दुरुपयोग गरी वर्षौंसम्म मुलुकलाई अँध्यारोमा राख्न जिम्मेवार नेपाल विद्युत प्राधिकरणका जिम्मेवार कर्मचारीमाथि कारबाही नहुने बताएका छन् । राजनीतिक संरक्षणमै त्यस्तो मुलुक र जनताविरोधी हर्कत भएको तर्फ संकेत गर्दै उनले ती दल र व्यक्तिलाई आगामी...

प्रचण्ड आफैंले सरकारलाई कति नम्बर दिए ?

२०७३ मंसिर ४ गते २१:३०

काठमाण्डु, ४ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सरकारको कामप्रति सन्तुष्ट रहेको बताएका छन् । नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा पत्रकार बबिन शर्मासँग शनिबार राति कुरा गर्दै उनले सरकारले मुलुक र जनताको हितमा पर्याप्त काम गरेको भए पनि एकथरी मानिसले अनावश्यक...

नागरिकता र हिन्दी भाषामा गृहमन्त्रीले लगाए ब्याक गेयर !

२०७३ मंसिर ४ गते १९:२९

काठमाण्डु, ४ मंसिर– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अंगीकृत नागरिकलाई प्रमुख पद दिने र हिन्दीलाई नेपाली सरह मान्यता दिने गरी संविधान संशोधनको कुनै तयारी नभएको प्रष्टीकरण दिएका छन् । नेपाल औषधि व्यवसायी संघको साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै मन्त्री निधिले गलत हल्लाको पछि नलाग्न...

कर्णालीका लागि स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ योजना

२०७३ मंसिर ४ गते १९:२७

काठमाण्डु, ४ मंसिर-कर्णाली अञ्चलका बालबालिकामा हुने कडाखालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा अञ्चलभरिका ५० वटा स्वास्थ्य चौकीमा कडा कुपोषणको शीध्र उपचारका लागि बहिरङ्ग सेवा केन्द्र स्थापना गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

पूरानै अवस्थामा निर्वाचन गराउनु पर्दछ: महत

२०७३ मंसिर ४ गते १९:१७

लुम्बिनी, ४ मंसिर-नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री रामशरण महतले तत्कालका लागि सङ्घीय संरचनामा फेरबदल नगरी साविककै संरचनामा निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन् । जेसिआई सिद्धार्थ नेपाल र जेसिआई सिद्धार्थ लेडीले संयुक्त रुपमा शनिबार भैरहवामा आयोजना गरेको ‘नेपालको संविधान युवाको भूमिका र चुनौती’ विषयक...

माघ ७ सम्म तीनवटै निर्वाचन गर्न नसकिए संविधान हराएर जान्छ: कोइराला

२०७३ मंसिर ४ गते १९:०९

पोखरा, ४ मंसिर- नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले राष्ट्र बचाउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा शनिबार यहाँ आयोजित ‘नयाँ संविधान संशोधनका वर्तमान र त्यससँग सम्बन्धित चुनौती’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै उनले प्रमुख तीन दलले असन्तुष्ट मधेसी मोर्चालाई...

प्रचण्डलाई चिन्नेहरुले उनको यो गोप्य र नियमित बानीबारे पनि थाहा पाइराख्नुहोस !

२०७३ मंसिर ४ गते १८:३८

काठमाण्डु, ४ मंसिर– मानिसका बानीहरु असिमित हुन्छन् । कसैको अध्ययन गर्ने बानी हुन्छ त कसैको खेल खेल्ने अनि कसैको गाउने र नाच्ने बानी पनि हुन्छ । यो मानिसहरुमा हुने प्रतिभाको संकेत समेत हो । तर कसैले आफ्नो बानीलाई रहरका रुपमा उपयोग गरेका हुन्छन् भने...

राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक स्थगित

२०७३ मंसिर ४ गते १८:०२

काठमाण्डु, ४ मंसिर-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आइतबारदेखि पोखरामा हुने भनिएको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित भएको छ । यही मङ्सिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुन लागेको एकीकरणका लागि स्थगित भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us