कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था तथा सुशासन समिति

काठमाण्डु टुडे २०८२ असार १७ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, १७ असार– आज (मंगलबार) प्रहरी बिधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको विषयमा विवाद भएपछि सभापति रामहरि खतिवडाले बैठक स्थगित भएको जानकारी गराएका हुन ।

बैठक सुरु हुनु अगावै माओवादी सांसदद्वय कल्पना मियाँ र माधव सापकोटाले ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा सभापति खतिवडासँग जवाफ मागेपछि खतिवडाले बैठक स्थगित गरेका हुन् । खतिवडाले यसबारे सबैलाई जवाफ दिन बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us