समाचार

केपी ओलीले निर्देशन दिएको २४ घण्टा नबित्दै भयो यस्तो तयारी !

२०७३ मंसिर १० गते १३:३५

काठमाण्डु– प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद हिराबहादुर केसीले पाँच नम्बर प्रदेश टुक्राउन खोजिए आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् ।   बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको बताउँदै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको २४ घण्टा...

सरकारी कार्यालयहरुलाई रविन्द्र अधिकारीले दिए निर्देशन

२०७३ मंसिर १० गते १३:२३

इलाम-संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकरीले इलामका सरकारी कार्यालय प्रमुखलाई आफ्ना काम कारबाही चुस्त र दुरूस्त बनाइ प्रत्येक दुई महिनामा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् । उनले दुई महिनामा एक पटक सयुंक्त बैठक बसी आफूले गरेका क्रियाकलापको समीक्षा गर्न समेत सुझाव दिएका छन्...

गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीले गरे आव्हान

२०७३ मंसिर १० गते १३:१८

सिड्नी-परराष्टमन्त्री प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेकी छन् । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि...

काँग्रेस नेता कार्कीद्धारा भोजपुरका अग्निपीडितलाई एक लाख सहयोग

२०७३ मंसिर १० गते १२:४७

काठमाण्डु– नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका आगलागी प्रभावितका लागि एकलाख रुपैयाँ सहयोग गरेका छन् । भोजपुर सदरमुकाममा मंसिर ५ गते भएको आगलागीका प्रभावितलाई नेता कार्कीले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सो सहयोग उपलब्ध गराएका हुन् । भोजपुरमा भएको कार्यक्रममा नेता कार्कीले जिल्ला दैवी...

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न आह्वान !

२०७३ मंसिर १० गते १२:२१

काठमाण्डु– विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने जनजाती नेता आङकाजी शेर्पाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन आह्वान गरेका छन् । भण्डारीलाई ‘अतिहिन्दुवादी’ को सज्ञा दिँदै उनले जनजाति आदिबासी सांसदहरुलाई महभअियोगको प्रस्ताव ल्याउन आह्वान गरेका हुन् । विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपा उद्घाटनमा...

सुजातालाई ५० लाख दिने सरकार, यी क्यान्सरपीडित टुल्कीलाई बचाउन सक्छौ ?

२०७३ मंसिर १० गते १२:०८

जुम्ला– आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी छिन् । हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि उनलाई कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेको थियो...

माओवादीका यी प्रभावशाली नेता प्रचण्डको विपक्षमा उभिने !

२०७३ मंसिर १० गते ११:५५

काठमाण्डु– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले मधेसी दलहरुलाई मनाउ ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई प्रदेश नम्बर ४ र ६ मा मिलाउने गरी संविधान संशोधन प्रस्ताव तयार पारेपछि त्यसको चोतर्फ विरोध भएको छ । ५ नम्बर प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा प्रदेश नम्बर ४...

१५ जनाको प्रहरी टोलीले आखिर किन सकेन चितुवा मार्न ?, कारण यस्तो

२०७३ मंसिर १० गते ११:२२

बैतडी– नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ । तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको...

बलात्कारको आरोपमा एकजना पक्राउ

२०७३ मंसिर १० गते १०:५५

भोजपुर– बलात्कारकोे आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् । मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्तीकरणी गरेको आरोपमा जिल्लाको दक्षिणी क्षेत्रको थिदिङ्खा–२ का ४६ वर्षीय चुप्पे भनिने सांगे शेर्पालाई प्रहरीले बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी...

हुलाकी राजमार्ग निर्माण कार्य सुरु

२०७३ मंसिर १० गते १०:३८

कञ्चनपुर– बहुप्रतिक्षित कञ्चनपुरको बाइसेविचवा गाविसको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्र गर्नका लागि कार्य अगाडि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग परियोजनाले सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको हो । राजमार्ग कालोपत्र गर्नका लागि रु एक अर्ब...

पैदल यात्री मारेर ट्याक्टर चालक भागे

२०७३ मंसिर १० गते ९:१२

मोरङ, १० मंसिर– मोरङको विराटनगर–५ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ४१७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सुनसरीको सीतापुर–३ घर भएका ३० वर्षीय फारुक मियाँको मृत्यु भएको हो । राति पौने १०...

चालकसहित गाडी बेपत्ता, नदीमा खसेको आशंका

२०७३ मंसिर १० गते ९:०७

म्याग्दी, १० मंसिर– बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प ३६६० नंको बोलेरो जिप सवारी चालक रमेश खड्कासहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चालकसहित जिप हराएको खबर आफन्तले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us