काठमाण्डु- नेपाली कांग्रेसको भातृसंगठन तरुण दलकी पूर्व केन्द्रीय सदस्य सरस्वती साहको १४ वर्षीय छोरा विगत ५ दिनदेखि काठमाण्डुबाट वेपत्ता भएका छन् । मंसिर ६ गते काठमाण्डुको बालुवाटारबाट विद्यालय जाने क्रममा साहका १४ वर्षीय छोरा युरोप साह एक्कासि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ...
पर्सा-नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका छन् । प्रेस चौतारी नेपाल पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि...
काठमाण्डु– वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । वि।सं २०४७ देखि सुकुम्बासीका नाममा काठमाण्डु उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२/६३ पछि नदी अतिक्रमण...
बागलुङ-आगामी मे (वैशाख–जेठतिर) मा दृष्टिविहीन अमिट केसीले शिखर सगरमाथामा पाइला टेक्ने योजना बनाएका छन् । सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लागेका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उनलाई एउटै डर छ, सगरमाथा चढ्ने सपनाको तगारो पैसा बन्ने त होइन रु यसअघि...
नेपालगन्ज, ११ मंसिर– ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा सङ्कट एक वर्षभित्र समाधान हुने बताएका छन् । प्रेस सेन्टर बाँकेद्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा शर्माले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्फ सरकारले गृहकार्य थालेको जानकारी पनि दिए । ‘तत्कालको विद्युत्भार कटौती अन्त्यका लागि...
रोल्पा, ११ मंसिर– जिल्लामा हुने लैङ्गिक हिंसाका उजुरीमध्ये अधिकांश मिला पत्रमै टुङ्गिने गरेको देखिएको छ । चालु आवको कात्तिक मसान्तसम्म दर्ता भएका ४८ लैङ्गिक हिंसाका उजुरीमध्ये ४१ उजुरी मिलापत्रमै टुङ्गिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । दर्ता भएका...
खोटाङ, ११ मंसिर– जिल्ला शिक्षा कार्यालयले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रअ डिकवीर राईलाई राजीनामा गराएको छ । कार्यालयले बिहीबार गरेको छड्ने अनुगमनका क्रममा प्रअ राई मापसे गरेर विद्यालय आएको थाहा पाएको थियो । विद्यार्थी सङ्गठनका प्रमुख एवम् प्रतिनिधि तथा...
काठमाण्डु, ११ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय योग गोरु बाबा रामदेवले वीरगन्जमा सञ्चालन गरेको योग शिविर समापनमा नजाने भएका छन् । रामदेव प्रमुख रहेको आयोजक संस्था पतञ्जली योग केन्द्रले १३ मंसिरमा हुने शिविर समापनमा प्रधानमन्त्रीलाई बोलाएको थियो । प्रचण्ड १२ गते अपराह्न वीरगन्ज...
काठमाण्डु- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशाससम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०३३६, १४०३८६, २०१००३४, ३२६००२५, ३६३०००२, र ६३१०००३ का...
काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राजदूत यु होङबीच शुक्रबार भेटवार्ता भएको छ । शिष्टाचार भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र...
तनहुँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ नं प्रदेशलाई कुनै पनि हालतमा टुक्र्याउन नहुने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइ समितिद्वारा भिमादमा आयोजित प्रथम भिमाद महोत्सव २०७३ को शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले बरु अन्य प्रदेशको कुनै भाग गाभ्न भने...
जनकापुर– स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत पक्राउ परेका छन् । रंगभेदी दिवसको अवसरमा जनकपुरमा आयोजित र्यालीका क्रममा प्रहरीले हस्तक्षेप गरी राउत सहित उनका ३३ कार्यकतालाई नियन्त्रणमा लिएको हो । जनकपुरमा आयाजित एक कार्यक्रममा सम्बोधन गर्नुपूर्व राउतलाई पक्राउ गर्न खोज्दा उनका कार्यकर्ता र प्रहरीबीच...