समाचार

महेन्द्रनगर बसपार्क आधुनिकीकरणको कार्य सुरु

२०७३ मंसिर ९ गते १६:५४

कञ्चनपुर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कलाई आधुनिकीरण गर्ने कार्य सुरु गरिएको छ । नगर विकास कोषको सात करोड ३४ लाख ऋण सहुलियतमा सो बसपार्क आधुनिकीकरण गर्न लागिएको हो । सो बसपार्कलाई आधुनिकीकरण गर्नका लागि कोषले २० वर्षका लागि ऋण सहुलियत उपलब्ध गराएको भीमदत्तनगरपालिकाका प्रशासकीय...

नाबालिक छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्ष जेल सजाय

२०७३ मंसिर ९ गते १६:५०

धनुषा– धनुषा जिल्ला अदालतले नाबालिक छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष जेल सजायको फैसला सुनाएको छ । पुर्पक्षका लागि विगत एक वर्षदेखि थुनामा रहेका उनलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सो सजाय सुनाएको हो । आरोपीले २०७२ साउनमा घरमै सुतेको अवस्थामा छोरीमाथि बलात्कार गरेका...

माछा मन्त्रालय स्थापना गर्न व्यवसायिले माग गरेपछि…

२०७३ मंसिर ९ गते १६:३८

काठमाण्डु– कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताएकी छन् । काठमाण्डुको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताइन् । उक्त अवसरमा उनले माछापालन सम्बन्धि...

संशोधनका नाममा चुनावी रोटी नसेकौँ: भट्टराई

२०७३ मंसिर ९ गते १६:३३

रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन् । बिहीबार यहाँ पत्रकारसंग कुराकानीगर्दै उनले भने, ‘सहमतिबिना हुने संशोधनले निकास निस्कदैन् ।’ संयोजक भट्टराईले कुनै प्रदेशको सीमा परिवर्तन गर्ने नगर्ने विषय ठूलो नभएको बताउँदै खस, आर्य,...

अस्पतालमा उपचार गराइरहेका कैदी फरार

२०७३ मंसिर ९ गते १६:१९

पोखरा-पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका एक कैदी बिहीबार शौचालयबाट फरार भएको जिल्ला कारागार कास्कीले जनाएको छ । उपचारका लागि अस्पतालमा भर्ना गराएका काभ्रे चलाल गोश्वारा–६ का ३५ वर्षीय पुष्कर खड्काले पिसाब फेर्न जान्छु भनी शौचालयमा गएको र त्यहीबाटै फरार भएको कारागार शाखाका...

सरकार के गर्दैछ ?, यसो भन्छन् प्रचण्ड

२०७३ मंसिर ९ गते १६:०१

सिन्धुली– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको बताएका छन् । सिन्धुलीको कल्पबृक्षमा बिहिबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘संविधान कार्यान्वयन गर्नु र तीन तहको निर्वाचन समयमै पूरा गर्नु सरकारको प्रमुख राजनीतिक...

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुद्धारा शुक्रबारदेखि काम नगर्ने घोषणा

२०७३ मंसिर ९ गते १६:०१

काठमाण्डु– शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालको बहिरंग सेवामा चिकित्सकहरु नभेटिने भएका छन् । बिरामीहरुको दैनिक चाप हुने सो अस्पतालका आवासीय चिकित्सकहरुले बहिरंग सेवा बहिष्कार गर्ने निर्णय गरेलगत्तै त्यस्तो अवस्था सृजना भएको हो । आवासीय चिकित्सकहरुले विगत डेढ हप्तादेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा शुक्रबारदेखि आन्दोलन गर्ने...

यो त एमालेले फैलाएको हल्ला पो रहेछ !

२०७३ मंसिर ९ गते १४:५६

उदयपुर– संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले अंगीकृत नागरिकलाई राज्यको प्रमुख पद दिन नहुने बताएका छन् । संघीय समाजवादीका फोरम उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलन नेता राईले बैवाहिक अंगीकृतको सम्बन्धमा मात्रै अन्तरिम संविधान अनुसार संशोधन हुनुपर्छ भन्ने गठबन्धनको माग रहेको बताए ।  ...

सरकारी सहयोगबिनै बने गोरखामा ६६ विद्यालय

२०७३ मंसिर ९ गते १४:३२

गोरखा । बारपाकलाई केन्द्र बनाएर भूकम्प गएपछिको १९ महिनामा गोरखामा सरकारी लगानीबिना नै विभिन्न संरचना बनेका छन् । चारवटा स्वास्थ्य चौकी भवन, एउटा क्यान्टिलिभर पुल, पाँचभन्दा बढी भूकम्प प्रतिरोधी विद्यालय भवन बनिसकेका छन् । नयाँ र मर्मत गरेका भवनबाट ६६ वटा विद्यालय सञ्चालनमा आएका...

उपत्यकामा यसरी हुँदैछ सडक विस्तार

२०७३ मंसिर ९ गते १४:३१

काठमाण्डु– उपत्यकाको बढदो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार गरिएको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ । काठमाण्डु उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४/६५ देखि सडक विस्तारको काम सुरु गरेकामा २१ वटा सडक विस्तार भएको १२ वटा सडक...

अन्तर्जातीय विवाहित महिला बेपत्ता

२०७३ मंसिर ९ गते १४:०७

पाल्पा -अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन् । गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप छ । माइती पक्षले खोजी गरी पाऊँ भनी प्रहरीसमक्ष निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । हेक्लाङ...

प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्छः गच्छदार

२०७३ मंसिर ९ गते १३:५५

विराटनगर– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताए ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us