समाचार

रामचन्द्र पौडल चढेको गाडी दुर्घटना

२०७३ मंसिर ६ गते १३:५०

महोत्तरी, ६ मंसिर– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा दुर्घटना भएको छ ।   बर्दिवासबाट जलेश्वर आउँदै गरेको बा६च ७५५५ नम्बरको जिप जाउँखमा स्टेरिङ फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   पौडल भने सकुशल रहेका छन् ।...

काठमाण्डु उपत्यका सकिने एउटा कारण यो पनि बन्दैछ, उपत्यकालाई बाँच्ने मौका देउ !

२०७३ मंसिर ६ गते १३:५०

काठमाण्डु, ६ मंसिर- काठमाण्डु विश्वका ठूला शहरहरुमध्येमा एक हो । सानो राष्ट्र भएपनि काठमाण्डु आफैमा विश्व प्रसिद्ध सहरमा गनिन्छ । विश्व सम्पदा सूचीमा जोडिएका धार्मिक, सांस्कृतिक, प्राकृतिक लगायतका सम्पतिहरुका कारण मात्र होइन, यहाँको जनजीवन, प्राचिन इतिहास, नेपालीपन लगायतका कारण पनि यो सहर प्रख्यात सहरमा...

सीमा क्षेत्रमा सुरु भयो विकास अभियान

२०७३ मंसिर ६ गते १३:१६

रत्ननगर, ६ मंसिर- भारतीय सीमा जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि चितवनमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू गरिएको छ । प्रारम्भिक चरणको छलफल सकेर सुरु गरिएको यो कार्यक्रमका लागि ७६ लाख बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । भारतीय सीमासँग...

सिंहदरबारमा प्रधानमन्त्रीले किन गरे राजा/महाराजाको पालाको कुरा ?

२०७३ मंसिर ६ गते १३:१३

काठमाण्डु, ६ मंंसिर– प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्र सुदृढ हुने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगले बुझाएको १० बुँदे सुझाव ग्रहण गर्दै उनले पारदर्शिता अपनाउन सकेमात्र सुशासन र लोकतन्त्र बलियो हुने...

प्रचण्डको प्रस्तावमाथि माधव नेपालले लगाए कडा आरोप

२०७३ मंसिर ६ गते १३:०५

नेपालगन्ज, ६ मंसिर-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् । प्रेस चौतारी, बाँकेशाखाद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय...

पार्टीले दियो प्रचण्डलाई महत्वपूर्ण जिम्मेवारी

२०७३ मंसिर ६ गते १२:५६

काठमाण्डु, ६ मंसिर- नेकपा माओवादी केन्द्रले संविधान संशोधनको विषयमा प्रमुख दलसँग सहमति जुटाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै जिम्मा दिएको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाउने...

प्रधानमन्त्रीले सचिवहरुसँग भने, ‘कसैको दबाबमा आएर होइन, जनताको हितमा काम गर्नुस्’

२०७३ मंसिर ६ गते १२:५१

काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मन्त्रालयका सचिवहरुलाई बोलाएर काम उत्साहजनक र सन्तोषजनक नभएको भन्दै गुनासो व्यक्त गरेका छन् । क्याबिनेटमा आउनै नपर्ने विषयसमेत आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कर्मचारी तन्त्रलाई भयमुक्त बनाउनु निकै गाह्रो काम भएको बताए । उनले भने,...

जग्गाको किचलोले ज्यान गयो

२०७३ मंसिर ६ गते १२:१९

नवलपरासी, ६ मंसिर– जग्गासम्बन्धी विवाद र किचलोका कारण नवलपरासीको बर्दघाट–४ बाढीपीडितका एकजनाको ज्यान गएको घटना सार्वजनिक भएको छ । जग्गा विवादमा आफ्ना बाबुको मृत्युुको कारण बनेको भन्दै बर्दघाट–४ बाढीपीडितका हरिप्रसाद शर्माको मृत्यु भएपछि निजका छोरा विशाल शर्मा र श्रीमती गीता शर्माले प्रहरीमा उजुरी गरेका...

हाजिरी सार्वजनिक गर्न थालेपछि प्रमुखहरु कार्यालयमा बस्न थाले

२०७३ मंसिर ६ गते ११:५२

पर्वत, ६ मंसिर– जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् । कार्यालयले कात्तिक महिनाको हाजिरी विवरण सार्वजनिक गर्दा प्रमुखहरुले कार्यालयमा बस्ने क्रममा सुधार आएको पाइएको हो । सरकारी कार्यालयका प्रमुखहरु...

सरकारी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण

२०७३ मंसिर ६ गते ११:४७

म्याग्दी, ६ मंसिर– जिल्लाको बेनी नगरपालिकामा स्थानीयवासीले सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउने क्रम बढन थालेका छन् । जिल्लाको बेनी नगरपालिका–४ बगरफाँट र खवरामा सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने क्रम सुरु भएको हो । अहिलेसम्म १० भन्दा बढी घरटहरा निर्माण...

आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था

२०७३ मंसिर ६ गते ११:४१

भोजपुर, ६ मंसिर यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्ने निर्णय गरिएकोे छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहान बसेको आपतत्कालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल रु १३ हजार राहत दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्ने निर्णय गरेको...

एमालेलाई मनाउन प्रचण्डले बोलाए बालुवाटारमा बैठक

२०७३ मंसिर ६ गते १०:५७

काठमाण्डु, ६ मंसिर– संविधान संशोधनको विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्ने भएको छ । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ बजे बालुवाटारमा प्रमुख दलका शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us