समाचार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेट, राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन–ह्याप्पी बर्थ डे है’

२०७३ मंसिर २६ गते ११:२०

काठमाण्डु, २६ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे अवगत गराएका छन् । आइतबार बिहान शीतलनिवास पुगेर प्रधानमन्त्रीले संविधान संशोधन विधेयक, प्रतिपक्षद्वारा जारी संसद अवरोध लगायत विषयमा राष्ट्रपतिलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री...

वैद्यले गरे प्रचण्डमाथि ‘सप्राइज अट्याक’, एकाबिहानै बालुवाटारमा अनौठो घटना

२०७३ मंसिर २६ गते ११:०४

काठमाण्डु, २६ मंसिर– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जन्मदिनको शुभकामना दिएका छन् । आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर वैद्यले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका हुन् । प्रचण्ड आइतबारबाट ६१ वर्ष पुरा गरी ६२ औं वर्षमा प्रवेश गरे ।...

राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

२०७३ मंसिर २६ गते १०:४६

काठमाण्डु, २६ मंसिर– पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि दुई सय ९५ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति शनिबार यहाँ गठन गरिएको छ । नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको अध्यक्षतामा गठन भएको सो नागरिक मूल समारोह समितिका उपाध्यक्षमा...

पूर्वपश्चिम राजमार्गमा पुल भाँचियो, सयौं गाडी अलपत्र

२०७३ मंसिर २६ गते १०:४३

नवलपरासी, २६ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आइतबार बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नम्बरको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ । पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक...

टाटासुमोलाई ट्रिपरले ठक्कर दिँदा दुईको मृत्यु

२०७३ मंसिर २६ गते १०:३७

बनेपा, २६ मंसिर– काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आइतबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज...

तरकारी बजार भत्काइएकोमा महासंघको विरोध

२०७३ मंसिर २५ गते १९:२३

काठमाण्डु– नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले २०५८ सालदेखि सञ्चालित बानेश्वर मीनभवनस्थित तरकारी बजार कुनै विकल्प नदिई राज्यको ठूलो साधनस्रोत प्रयोग गरी, प्रहरी प्रशासनको बलमा बलजफ्ती भत्काइएकोमा विरोध जनाएको छ । महासङ्घले शनिबार विज्ञप्ति जारी गरी तीन सयभन्दा बढी व्यवसायी र हजारौँ किसानको प्रत्यक्ष...

गुल्मी एघार दिनदेखि ठप्प

२०७३ मंसिर २५ गते १९:१३

तम्घास-सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी पाँच नम्बर प्रदेशबाट गुल्मीलाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको एघारौँ दिन शनिबार यहाँ लाठी जुलुस प्रदर्शन गरिएको छ । सरकारले एघारौँ दिनसम्म पनि माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासमा लाठी लुजुस प्रदर्शन गरेका संयुक्त आन्दोलन संघर्ष...

पाल्पा बन्द फिर्ता

२०७३ मंसिर २५ गते १८:५०

पाल्पा-आन्दोलनकारीले अनिश्चितकालीन पाल्पा बन्द शनिबारदेखि फिर्ता लिएका छन् । बन्द फिर्ता लिएपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ । सदरमुकाम तानसेन आसपासका क्षेत्रका बजार खुल्न थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले अर्को कार्यक्रम तय नहुँदासम्मका लागि बन्दका कार्यक्रम फिर्ता लिएको...

मानवअधिकार दिवसको जलपानमा राष्ट्रपति

२०७३ मंसिर २५ गते १८:४६

काठमाण्डु– अठ्सठ्ठीऔँ विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार सिंहदरबारमा आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक निकायका प्रमुख, मन्त्रीगण, सांसद, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा राजदूत, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति...

सत्तामा साझेदारीभन्दा व्यवस्थापनमा जोड दिनुपर्छ: पौडेल

२०७३ मंसिर २५ गते १८:४१

तनहुँ-नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेलले सत्ता साझेदारीभन्दा व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् । व्यास नगरपालिका कार्यालयको बहुउद्देश्यीय भवनको शनिबार शिलान्यास गर्दै नेता पौडेलले सत्ता हात पार्ने फोहोरी खेलका कारण देशमा राजनीतिक अस्थिरता रहेको बताए । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले...

संविधान कार्यान्वयनबाट मात्र मानवअधिकार बलियो हुन्छ: प्रधानमन्त्री

२०७३ मंसिर २५ गते १८:१२

काठमाण्डु–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नै संविधान कार्यान्वयनको कार्य भएको बताएका छन् । अठ्सट्ठिऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भका राष्ट्रिय मानवअधिकार आयोगद्वारा शनिबार पुल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानवअधिकारको सुनिश्चितता गर्न संविधान संशोधनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘संविधानलाई...

संविधान संशोधनको प्रस्ताव निर्वाचनको मुद्धालाई अल्मल्याउन ल्याइएको हो: नेम्वाङ

२०७३ मंसिर २५ गते १८:०१

चरिकोट– नेकपा एमाले संसदीय दलका उपनेता एव्म पूर्व सभामुख सुवास नेम्वाङले संविधान संशोधनको भाजो झिकेर चुनावको मुद्धालाई अल्मल्याउने षडयन्त्र भएको आरोप लगाएका छन् । शनिबार दोलखाको सदरमुकाम चरिकोटमा आयोजित एमाले क्षेत्र नं. २ को अधिवेशन उद्घाटन गर्दै नेम्वाङले सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us