समाचार

दुई हजार घूसमा प्रहरीको जागिर चैट

२०७३ पुष १३ गते ९:२५

बनेपा, १२ पुस– काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण...

ट्रिपरको ठक्करले श्रीमान श्रीमतीकै ज्यान गयो

२०७३ पुष १३ गते ९:२१

मोरङ, १३ पुस– पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा बुधबार बिहान टिपरको ठक्करबाट बिहान मोटरसाइकल चालक र उनकी श्रीमतीको मृत्यु भएको छ । बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...

ओलीले भने– प्रचण्डले अब तीघ्रा ठटाएर उफ्रने चार महिना हो

२०७३ पुष १२ गते १८:४४

काठमाण्डु, १२ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गत्यावरोधको निकास नै निर्वाचन भएकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै मंगलबार उनले चुनाव घोषणा गर्न संसद किन चाहियो ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।...

गणतन्त्रविरोधी सल्बलाएः शाक्य

२०७३ पुष १२ गते १८:२८

 काठमाण्डु, १२ पुस– माओवादी केन्द्रका ३ नं प्रदेश इन्चार्ज एवम् सचिवालय सदस्य हितमान शाक्यले लोकतन्त्र विरोधी शक्ति सल्बलाई रहेको बताएका छन् । मध्यपुर थिमिस्थित दुई पोखरीमासहिद वैकुण्ठहरि श्रेष्ठको शालिकमा माल्यार्पण गरी मनाइएको स्मृति सभामा उनले यस्तो बताएका हुन् । गणतन्त्रलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन...

एमालेले राजनीतिक लोडसेडिङ गरेको उर्जामन्त्रीको आरोप

२०७३ पुष १२ गते १५:५८

काठमाण्डु, १२ पुस– ऊर्जा मन्त्री जनार्दन शर्माले देशलाई अब राजनीतिक लोडसेडिङमुक्त बनाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा मंगलबार पाटन आयोजित कार्यक्रममा मन्त्री शर्माले राजनीतिक लोडसेडिङमुक्त गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने औंल्याए । एमालेतर्फ संकेत गर्दै उनले संविधान कार्यन्वयनमा...

ग्यास व्यवसायीको धम्की, उपभोक्ताको चुल्हो नबल्ने खतरा

२०७३ पुष १२ गते १५:३५

काठमाण्डु, १२ पुस– डिलर कमिसन बढाउनुपर्ने सहित विभिन्न सात बुँदे माग राख्दै ग्यास विक्रेता महासंघ नेपालले आफूहरुको मागमा ध्यान नदिए डिलरको तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी संघले विभिन्न सात बुँदे माग अघि सारेको हो । महासंघले तत्काल...

बुद्धनगर हेर्डक्वार्टरको निस्कर्ष– सरकार विस्तारवादी, एमाले सामन्तवादी

२०७३ पुष १२ गते १५:२४

काठमाण्डु, १२ पुस– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी कोण र एमालेद्वारा गरिएको विरोध सामन्तवादी कोणमा आधारित रहेको निस्कर्ष निकालेको छ । वैद्य माओवादीले ती दुवै कोणको विरोध गर्ने बताएको छ । पहिचान र सामथ्र्यका आधारमा राज्य...

दलित अगुवा भन्नेकै यस्तो व्यवहारले दुःखी छन् दलित

२०७३ पुष १२ गते १४:५७

जुम्ला, १२ पुस– हाकु गाविसका एक परियार थरका दलित दलितभित्रकै विभेदले अन्यायमा परेका छन् । विभेदका कारण यसरी अन्यायमा पर्ने हाकु– ८ हाकु गाउँकै ४१ वर्षीय रामलाल परियार हुन् । उनी सार्की थरका दलितबाट अन्यायमा परेको बताउँछन् । परियारको परिवारमा पाँच जना छन् ।...

मधेसीलाई पनि केपी ओलीलाई जत्तिकै नेपालको माया छः पौडेल

२०७३ पुष १२ गते १४:५०

धादिङ, १२ पुस– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका मधेसकेन्द्रित दललाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र अपनत्वका दिलाउनका लागि संविधानको संशोधन प्रस्ताव ल्याइएको बताएका छन् । नेता पौडेलले मंगलबार बिहान नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने,...

संघीय समाजवादी फोरम अध्यक्षमा राजकुमार

२०७३ पुष १२ गते १४:४०

मोरङ, १२ पुस– सङ्घीय समाजवादी फोरम नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव निर्वाचित भएका छन् । विराटनगरमा सोमबार साँझ सम्पन्न भएको प्रथम एकता अधिवेशनबाट यादवले ४४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रमोद शर्माले ७१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पर्शुराम...

मधेसी विधेयकमा तीव्र असन्तुष्टि

२०७३ पुष १२ गते १४:३१

काठमाण्डु, १२ पुस– मधेसी समुदायका अगुवाले मधेसी आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई व्यापक परिमार्जन र संशोधनको आवश्यकता औँल्याएका छन् । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमाथि सुझाव लिन मंगलबार आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी वक्ताले सुधारको खाँचो औंल्याएका हुन् । मधेसी...

इँटा भट्टाका मजदूरका छोराछोरीको ज्यान उच्च जोखिममा

२०७३ पुष १२ गते १४:२५

भक्तपुर, १२ पुस– भक्तपुरमा संचालित इँटा भट्टाले खुल्ला रुपमा जथाभावी पोखरी निर्माण गरेपछि यहाँका बालबालिका उच्च जोखिममा परेका छन् । ईटा बनाउने याम सुरु भएसंगै जिल्लाका ६२ वटा इँटा भट्टामा विभिन्न जिल्लाबाट काम गर्न आएका मजदूरका छोराछोरीको ज्यान उच्च जोखिममा परेको हो । एउटै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us