धादिङ, १२ पुस– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका मधेसकेन्द्रित दललाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र अपनत्वका दिलाउनका लागि संविधानको संशोधन प्रस्ताव ल्याइएको बताएका छन् । नेता पौडेलले मंगलबार बिहान नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने,...
मोरङ, १२ पुस– सङ्घीय समाजवादी फोरम नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव निर्वाचित भएका छन् । विराटनगरमा सोमबार साँझ सम्पन्न भएको प्रथम एकता अधिवेशनबाट यादवले ४४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रमोद शर्माले ७१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पर्शुराम...
काठमाण्डु, १२ पुस– मधेसी समुदायका अगुवाले मधेसी आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई व्यापक परिमार्जन र संशोधनको आवश्यकता औँल्याएका छन् । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमाथि सुझाव लिन मंगलबार आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी वक्ताले सुधारको खाँचो औंल्याएका हुन् । मधेसी...
भक्तपुर, १२ पुस– भक्तपुरमा संचालित इँटा भट्टाले खुल्ला रुपमा जथाभावी पोखरी निर्माण गरेपछि यहाँका बालबालिका उच्च जोखिममा परेका छन् । ईटा बनाउने याम सुरु भएसंगै जिल्लाका ६२ वटा इँटा भट्टामा विभिन्न जिल्लाबाट काम गर्न आएका मजदूरका छोराछोरीको ज्यान उच्च जोखिममा परेको हो । एउटै...
ललितपु, १२ पुस– ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारी पाटन संयुक्त क्याम्पसले आयोजना गरेको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि...
खोटाङ, १२ पुस– सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईले नेकपा एमालेले संसद् अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको बताएका छन् । कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला खोटाङ आएका वरिष्ठ नेता राईले दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले संसद् अवरुद्ध गरेर देशलाई सङ्कटतर्फ धकेलेको आरोप...
काठमाण्डु, १२ पुस– संयुक्त राष्ट्र संघको अवार्ड जित्न सफल प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) नवराज सिलवालले सुरक्षा व्यवस्था राम्रो बनाए बापतका अवार्ड पाइरहेका छन् । प्रत्यक्ष र परोक्ष रूपमा उनको सेवाको कदर भइरहेको छ । चलचित्र प्राविधिक संघले हरेक वर्ष गर्ने फिल्म अवार्डको कार्यक्रममा उनलाई...
काठमाण्डु, १२ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रंचण्ड’ र काँग्रेस नेता शेरबहादुर देउवाबीच संविधान संशोधन विधेकयलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको छ । प्रधामन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटमा मधेसी मोर्चासँग विधेयकबारे आधिकारिक धारणा माग्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । मोर्चाकै...
झापा, १२ पुस– के तपाईंं सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसबुककै माध्यमबाट साथी बनेकाले विभिन्न आश्वासन देखाएर तपाईंलाई ठग्न सक्छन् । फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी...
चितवन, १२ पुस– चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा सोमबार राति रात्रिबस खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाण्डुबाट मलङ्गवातर्फ जान आउँदै गरेको ना ४ ख ५४४२...
काठमाण्डु, ११ पुस– एमालेका मधेसी नेताले आफ्नो पार्टीविरुद्ध मधेसमा सबै मिलेर घेराबन्दी रहेको बताएका छन् । एमाले मुख्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा उनीहरुले मधेसबाट एमालेलाई एक्ल्याउन खोजिएको गुनासो गरे । एमाले प्रदेश नम्बर–२ का इन्चार्ज सत्यनारायण मण्डलले एमालेविरुद्ध मधेसवादी, काँग्रेस र माओवादी केन्द्र मिलेको...
काठमाण्डु, ११ पुस– एमाले प्रदेश नम्बर–२ का इन्जचार्ज सत्यनारायण मण्डलले मधेसी मोर्चा अपराधीहरुको गठबन्धन भएको आरोप लगाए । पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार मधेस मामिलाबारेको बहसमा मण्डलले मधेसी मोर्चामाथि त्यस्तो आरोप लगाएका हुन् । उनले जयकृष्ण गोइत र मधेसी मोर्चाका नेता अपराधका लागि सहकार्यमा रहेको...