समाचार

घूस लिने नापी सर्वेक्षक विरुद्ध आरोपपत्र दायर

२०७३ माघ ११ गते १८:५८

काठमाण्डु, ११ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि घूस लिने नापी सर्वेक्षक गणेशप्रसाद मिश्रविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले नापी कार्यालय, टोखामा कार्यरत नापी सर्वेक्षक मिश्रले जग्गाको हाल साबिक गर्ने प्रयोजनका लागि लेखापढी व्यवसायी प्रमोद पाण्डेमार्फत १ लाख...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०७३ माघ ११ गते १८:५३

काठमाण्डु, ११ माघ– मंगलबार काभ्रेको उग्रचन्डी नाला–१ मा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा सवार २२ वर्षीय राजीववादे श्रेष्ठ एक्कासि आएर पोलमा ठोक्किएपछि करिब ५ मिटर तल खसेका थिए । तत्कालै उनलाई बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो...

भारतीय नेता सिंहको दाबी–भारतले नेपालमा हस्तक्षेप होइन, सहयोग गरेको छ

२०७३ माघ ११ गते १८:५१

काठमाण्डु, ११ माघ– भारतीय कँग्रेस आईका नेता तथा नेपाल मामिला जानकार डा. करण सिंहले मित्रराष्ट्रका हैसियतमा भारत सधैं नेपाललाई सहयोग गर्न तयार रहेको बताएका छन् । नेपाली युवाप्रर्वद्धक एवम् विकासविद दीपेन्द्र कँडेलसँग दिल्लीमा भएको भेटमा डा. सिंहले यस्तो बताएका हुन । ‘हामी नेपाललाई आर्थिक...

वातावरण संरक्षण गर्नु सबैको साझा दायित्वः मन्त्री जोशी

२०७३ माघ ११ गते १८:४८

काठमाण्डु, ११ माघ– जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले वातावरण संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए । ‘प्रकृति–मानव केन्द्रित जनआन्दोलनले मंगलबार आयोजना गरेको सातौं जन–सार्क सम्मेलनमा उनले वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोेड दिए । मन्त्री जोशीले अतिकम विकसित राष्ट्रका गरिब जनताको...

१५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने

२०७३ माघ ११ गते १८:४०

काठमाण्डु, ११ माघ– सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आगामी फागनु ७ र ८ गते १५ जिल्लाका ५ वर्षमुनिका १६ लाख ९२ हजार ३...

प्रचण्डको उपस्थितिमा पशु डाक्टर परिषदका पदाधिकारीको सपथ

२०७३ माघ ११ गते १८:३१

काठमाण्डु, ११ माघ– नेपाल पशु चिकित्सा परिषद्का नवनिर्वाचित पदाधिकारीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । संघका पदाधिकारीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सपथ लिएका हुन । समारोहमा पशुपन्छी विकास मन्त्रालयका सचिव श्यामप्रसाद पौडेल र पशु सेवा विभागका महानिर्देशक...

प्याब्सन अध्यक्षकै विद्यालयमा नियमविपरीत विदेशी नागरिक प्रिन्सिपल

२०७३ माघ ११ गते १८:२५

काठमाण्डु, ११ माघ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष प्रमुख रहेको विद्यालयमै नियमविपरीत विदेशी नागरिकलाई प्रिन्सिपलको जिम्मेवारी दिएको पाइएको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले ३ दशकअघि खोलेकोे डिल्लीबजारस्थित सूर्योदय आवासीय माध्यामिक विद्यालय, प्याब्सनका पूर्वअध्यक्ष भोजबहादुर शाह संस्थापक रहेको मैतीदेवीस्थित ‘आनन्दभूमि हाई स्कुल’...

नुवाकोट काँग्रेसद्वारा माओवादी केन्द्रको प्रतिकार गर्ने चेतावनी

२०७३ माघ ११ गते १८:१५

काठमाण्डु, ११ माघ– नेपाली काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले नुवाकोटमा स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनका विरुद्धमा हाल जारी रहेको आन्दोलनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले यस्तो जिकिर गरेको हो । समितिले विगत ९ दिन...

पूर्ण खोप गाविस घोषणा

२०७३ माघ ११ गते १८:१५

काठमाण्डु, ११ माघ– झापाको धरमपुर गाविस मंगलबार पूर्ण खोप गाविस घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ प्रमुख नाराकासाथ मंगलबार एक समारोहबीच सो गाविस पूर्ण खोप गाविस घोषणा भएको हो । झापामा धरमपुरसहित २२ गाविस र ४ वटा...

विवाह समारोहमा ४ लाख बराबरको मोबाइल चोरी

२०७३ माघ ११ गते १८:०६

काठमाण्डु, ११ माघ– महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ । गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो । विवाहमा सरिक...

३ तहको प्रशासनिक कार्यको वाँडफाँड

२०७३ माघ ११ गते १७:५६

काठमाण्डु, ११ माघ– सङ्घीयता संरचना अनुसार सरकारले केन्द्र, प्रदेश र स्थानिय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँड तयार पारेको छ । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड...

केटालाई जेलबाट छुटाएर विवाह

२०७३ माघ ११ गते १७:४२

काठमाण्डु, ११ माघ– साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us