काठमाण्डु, १२ माघ– वासस्थानको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने साइबेरियन चरा वर्षेनी घटिरहेका छन् । साइबेरियन एवम् घुमन्ते चराका लागि स्वर्गभूमि मानिदै आएको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सप्तकोसी नदीले पश्चिम कुशाहाबाट पूर्वी तटबन्ध भत्काएपछि वासस्थानको अभावमा यहाँ आउने चरामा कमि आएको हो ।...
पाल्पा, १२ माघ– सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको...
इलाम, १२ माघ– नेकपा एमाले इलामले एकतप्पा गाविसका ५५ जना वृद्धवृद्धा तथा एकल महिलालाई सम्मान गरेको छ । एमालेले सञ्चालन गरेको संविधान कार्यान्वयनसम्वन्धी चारमहिने अभियानअन्तर्गत मङ्गलबार गाविसको कार्यालयमा आयोजित कार्यक्रममा ५५ जनालाई सम्मान गरेको हो । एमाले इलामका अध्यक्ष राम राना, पार्टी सचिव महेश...
बैतडी, १२ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेश संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ’ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल (भारत) मा छात्र सङ्घका अध्यक्षसमेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा...
रसुवा, १२ माघ– उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ...
काठमाण्डु, १२ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओली र तराई– मधेसलाई नेपालबाट अलग गराउने षड्यन्त्रमा रहेका सिके राउतको राजनीतिक लाइन समान भएको आरोप लगाएका छन् । प्रचण्डले ओलीको अतिवादी विचारले मुलुकलाई अन्ततः सिके राउतको विभाजनकारी लाइनमा लैजाउने उनको भनाइ छ...
काठमाण्डु, ११ माघ– वैदेशिक रोजगारअन्तर्गत म्यादी जीवन बीमाको नयाँ व्यवस्थाअनुरुप वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बढीमा २७ लाखसम्म पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पत्रकारसम्मेलन गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र कल्याणकारी कोषबाट कामदारलाई दिइने रकममा वृद्धि गरिएको...
चितवन, ११ माघ– चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ आक्रमण भएको छ । मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताए । स्ट्यामले लागेर न्यौपाने चडेको बा १४च...
काठमाण्डु, ११ माघ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध सुन स्वदेश ल्याउने गिरोहको खोजी भइरहेको जनाएको छ । ब्युरोले मंगलबार एक विज्ञप्ति जारी गरी गत पुस २१ मा दुबईबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको र अरुको खोजी गरिरहेको जनाएको छ ।...
काठमाण्डु, ११ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी मोर्चालाई बाइपास गरेर निर्वाचन मिति घोषणा गर्ने मनस्थितिमा आफू नहरेको प्रष्टीकरण दिएका छन् । मोर्चा आवद्ध मधेस केन्द्रित दलका शीर्ष नेतासँग मंगलबार साँझ बालुवाटारमा भएको बैठकमा उनले आफ्नो नियतमाथि शंका नगर्न आग्रह गरे । मधेसी...
पोखरा, ११ माघ– आउँदा तीनवटै निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उदघोषसहित एमाले जनवर्गीय संगठन र जातीय तथा पेशागत मोर्चाहरुको राष्ट्रिय भेला मंगलबार पोखरामा सकिएको छ । तीन दिनसम्म चलेको २० वटा संगठनहरुको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको हो । निर्वाचनमा पार्टीलाई पहिलो बनाउन...
काठमाण्डु, ११ माघ– रोजगारीका लागि भारत जाने नेपाली कामदारले अब अनिवार्य बीमा गराउनुपर्ने भएको छ । सरकारले नेपालीहरु वैदेशिक रोजगारीमा जाने अन्य मुलुकमा जस्तै भारतका लागि समेत बीमा अनिवार्य गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बालुवाटारमा पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी...