समाचार

कुपोषणले बालकको ज्यान गयो

२०७३ फागुन ५ गते १२:१५

काठमाण्डु, ५ फागुन–कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ । मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले बताए । चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने...

आफ्नै छोरी बलात्कार गर्ने पापी बाबु पक्राउ

२०७३ फागुन ५ गते ११:३१

काठमाण्डु, ५ फागुन–आफ्नै छोरी बलात्कार गरेको अभियोगमा दाङमा एक बाबु पक्राउ परेका छन्। दाङको पुन्धरा –१ सुन्दरखालका एक बाबुले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। छोरीको पनि पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरिएको छैन। गएको माघ...

राप्रपा महाधिवेशनमा तडक-भडक शुरु

२०७३ फागुन ५ गते ११:१०

काठमाण्डु, ५ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् । देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउने क्रम सुरु भएको हो । देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट...

प्रचण्डले काम गर्न जाने प्रचार गर्न जानेन्: टोपबहादुर

२०७३ फागुन ५ गते १०:४०

काठमाण्डु, ५ फागुन–नेकपा (माओबादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन्। उनले स्थानीय निकायमा माओवादीले अग्रणी स्थान लिने बताएका छन् । नेता रायमाझीले नेपालको बहुसङ्ख्यक विकास निर्माणका काम माओवादीले गरेको औँल्याए । उनले माओवादी पार्टीको अगुवाइमा गरिएका कामका...

उदयपुर जिविस तीन दिनदेखि ठप्प

२०७३ फागुन ५ गते १०:३१

काठमाण्डु, ५ फागुन–स्थानीय निकायका कर्मचारीको आन्दोलन र विभिन्न मागको कारण उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका पूर्णरुपमा बन्द हुन पुगेको छ । जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन थालेका...

राजनीतिक भर्तीकेन्द्र बन्यो पर्यटन समिति

२०७३ फागुन ५ गते १०:२४

काठमाण्डु, ५ फागुन–राजनीतिक भर्ती केन्द्र बनेकै कारण यहाँको पर्यटन विकास हुन नसकेको कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जुम्लाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताएका छन्। पर्यटन योजना निर्माणसम्बन्धी पत्रकारसँग बुधबार भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक उपाध्यायले यो कुराको खुलासा गरे । विसं २०६७ सालमा...

ओछ्यानबाटै राधाकृष्ण मैनालीको केपी ओलीलाई चेतावनी– अहिले नो कमेन्ट, समय आएपछि बोल्छु

२०७३ फागुन ५ गते १०:१८

काठमाण्डु, ५ फागुन– पूर्वमन्त्री एवं एमाले नेता राधाकृष्ण मैनालीले आफूलाई पार्टीले कारबाही गर्न लागेकोबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले पोलिट्ब्युरो बैठकमा आफूमाथि कारबाही गर्ने चर्चा चलेकोबारे जानकारी पाए पनि नेताहरुले केही नभनेको उल्लेख गरे । मैनालीले हालै प्रकाशित आफ्नो आत्मकथा ‘नलेखिएको इतिहास’...

अनकारीको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण

२०७३ फागुन ५ गते १०:११

काठमाण्डु, ५ फागुन–जनकपुरमा विकास निर्माणका लागि विभिन्न माग गर्दै आमरण अनशनमा बसेका अनशनकारीको स्वास्थ्य अवस्था विग्रिदैँ गएकोप्रति तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ । विगत १४ दिनदेखि शान्तिपूर्णरुपमा आन्दोलन गर्दा पनि नेपाल सरकारको कुनै पनि निकायले वास्ता नगरेको भन्दै थर्ड...

विभागको निर्देशनअनुसार समिति गठन भएन

२०७३ फागुन ५ गते १०:०४

काठमाण्डु, ५ फागुन–शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशनअनुसार बैतडीमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । शिक्षा विभागको गएको माघ मसान्तभित्र जिल्लाका सम्पूर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिएपनि हुन नसकेको जिल्ला शिक्षा अधिकारी लालसिंह...

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०७३ फागुन ५ गते ९:५८

काठमाण्डु, ५ फागुन–भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ३...

नवराज सिलवाल आईजी हुने सम्भावना बढ्यो

२०७३ फागुन ४ गते २१:४३

काठमाण्डु, ४ फागुन–डीआईजी नवराज सिलवालविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सागर थापा नामका व्यक्तिले सिलवालविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए । सागर बैंकिङ ठगी अभियोगमा हाल कारागारमा रहेका गुनबहादुर थापाका छोरा हुन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिट खारेजीको निर्णय...

महाधिवेशनअघि नै राप्रपा अध्यक्षमा कमल थापा, लोहनी र राणाद्वारा आत्मसमर्पण

२०७३ फागुन ४ गते २१:३५

काठमाण्डु, ४ फागुन– राप्रपाको एकता अधिवेशनअघि नै अध्यक्षमा कमल थापा सर्वसम्मत भएका छन् । पार्टीका वरिष्ठ नेताहरुबीचको छलफलले महाधिवेशनको औपचारिक उदघाटनभन्दा दुई दिनअघि नै थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको हो । सहमतिपत्रमा थापाका साथै राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर राणा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us