आइतबार, १६ वैशाख, २०८१

समाचार

नेपाली भूमिमा टेकेर भारतीय राजदूतले भने, ‘नेपाली रुपैयाँ लिएर कुनै सामान नबेच्नु’

२०७२ चैत २८ गते १२:०६

काठमाण्डु, २८ चैत– जनपुरमा आयोजित नेपाल–भारत ट्रेड सिम्पोसियम तथा सीमा क्षेत्रका पत्रकारसँगको भेटमा भारतीय राजदूत रञ्जित रायले नेपाली रुपैयाँ लिएर कुनै पनि सामान नबेच्न व्यवसायीलाई सचेत गराएका छन् ।   भारतीय सीमा क्षेत्रबाट आएका व्यापारीलाई संकेत गर्दै उनले भने, ‘भारतीय बजारमा भारतीय र डलरबाहेक...

ओनसरी घर्ती अस्पताल भर्ना भएपछि सुशीला कार्कीको नाम सिफारिस भएन

२०७२ चैत २८ गते ११:४२

काठमाण्डु, २८ चैत– भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना भएकाले निर्णय हुन नसकेको जानकारी...

परिवार नियोजन संघका जग्गादातालाई सम्मान

२०७२ चैत २८ गते १०:२२

नवलपरासी, २८ चैत– शाखालाई जग्गा उपलब्ध गराएको भन्दै नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले जग्गादाता किरणप्रसाद ज्ञवालीलाई सम्मान गरेको छ । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाको भवन निर्माण गर्न १० धुर जग्गा उपलब्ध गराएका ज्ञवालीलाई संघको २४औँ शाखा सभाको अवसर पारी शनिबार सम्मान...

सामान्य प्रशासनले १२५ गाविस सचिव भूकम्प प्रभावित जिल्लामा पठाउने

२०७२ चैत २८ गते ९:४२

काठमाण्डु, २८ चैत – सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका १२५ गाविसमा सचिव तुरुन्तै पठाउने तयारी गरेको छ । ती गाविसमा सचिव नहुँदा पुनर्निर्माण प्राधिकरणले काम गर्न समस्या भएको भन्दै गत २१ चैतमा तत्काल सचिव नियुक्त गर्न माग गरेको थियो । भूकम्प प्रभावित जिल्लामा...

एउटा गाउँलाई सडकसँग जोड्न आठ वर्ष

२०७२ चैत २८ गते ९:२६

म्याग्दी, २८ चैत– म्याग्दीको दोवा गाविसलाई सडक सञ्जालसँग जोड्ने भिरकाटे–दोवा सडक आयोजनाको ट्रयाक खोल्ने कार्य आठ वर्षमा पूरा भएको छ । विसं २०६६ मा भिरकाटेदेखि दोवा जोड्ने सडक निर्माणकार्य सुरु भए पनि कालीगण्डकी नदीमाथि मोटरचल्ने पुल नहुँदा पूर्णता पाउन सकेको थिएन । बेनी–जोमसोम सडकको...

मुटुरोगीलाई एक लाख १५ हजार सहयोग

२०७२ चैत २८ गते ८:३६

इलाम, २८ चैत– किरात याक्थुम चुम्लुङ जिल्ला शाखा इलामले सोयाक गाविसका मुटुरोगी बुद्धराज लिम्बूलाई एक लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ । मुटुरोगबाट थलिएका लिम्बूलाई उपचारार्थ शाखाले एक लाख १५ हजार ८२१ सहयोग प्रदान गरेको हो । शनिबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना...

कमल थापाले गर्ने भए केपी ओलीसँग वार्ता

२०७२ चैत २७ गते २१:०१

दाङ, २७ चैत– काँग्रेस नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । सरकारभित्र आन्तरिक किचलो बढेको भन्दै कोइरालाले प्रधानमन्त्री र मन्त्रीहरुकै कारण सरकार ढल्ने बताए । काँग्रेस सरकार ढाल्ने खेलमा नरहेको दाबी उनको थियो । ‘काँग्रेस सरकार ढाल्ने खेलमा...

कमल थापाले केपी ओली बहिस्कार गर्दा काँग्रेस खुसी !

२०७२ चैत २७ गते २०:३५

विराटनगर, २७ चैत– काँग्रेस नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार आफैं ढल्ने बताएका छन् ।   सरकारभित्र आन्तरिक किचलो बढेको भन्दै कोइरालाले प्रधानमन्त्री र मन्त्रीहरुकै कारण सरकार ढल्ने बताए । काँग्रेस सरकार ढाल्ने खेलमा नरहेको दाबी उनको थियो ।   ‘काँग्रेस सरकार...

धार्मिक विषयलाई अनावश्यक रुपमा नचर्काऔँ : केसी

२०७२ चैत २७ गते १९:४०

काठमाण्डु, २७ चैत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातीय एवम् धार्मिक विषयलाई अनावश्यकरुपमा चर्काएर समाजलाई विभाजित गराउने षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति सजग हुनुपर्ने बताएका छन् । न्यु मालाश्री इङ्लिस स्कुलको तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमा उनले भने, ‘मानिसको...

ललितपुर केन्द्रबिन्दु भएर गयो ठूलै भूकम्प

२०७२ चैत २७ गते १९:२४

काठमाण्डु २७ चैत– शनिबार काठमाण्डुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ७ बजेर ६ मिनेट जाँदा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । ४ दशमलब ५ रेक्टर स्केलको सो भूकम्पको केन्द्रबिन्दु ललितपुर भएको बताइएको छ । धक्कापछि काठमाण्डु उपत्यकाका सर्वसाधारण केहीबेर अतालिएका...

ठूलो भेरीमा खसेर युवक बेपत्ता

२०७२ चैत २७ गते १८:४७

डोल्पा, २७ चैत-डोल्पा सदरमुकाम दुनैबाट खच्चडमा सामान लिएर जाजरकोट जान लागेका एक युवक ठूलो भेरीमा खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो जाजरकोट जान लागेका भगवती गाविस–८ जाजरकोटका टेकबहादुर विक डोल्पाको सु गाविस–१ स्थित मामदुलबाट बाटोमा हिँड्दाहिँड्दै ठूलो भेरीमा खसेर बेपत्ता भएको र उनको...

काठमाण्डु विरुद्ध राजेन्द्र महतोको कडा प्रतिक्रिया !

२०७२ चैत २७ गते १८:१२

नवलपरासी, २७ चैत- सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेशका मागको बेवास्ता गरे वैशाख पहिलो सातादेखि सिंहदरबारमा दबाब केन्द्रित आन्दोलन चल्ने बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका महतोले शनिबार नवलपरासीको परासीमा पत्रकारसँग कुरा गर्दै अब आन्दोलन मधेसमा मात्र नहुने भन्दै अबको आन्दोलन सिंहदरबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us