इलाम–२ मा काँग्रेसका खड्का अगाडि

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि हिजो भएको मतदानको प्रारम्भिक मतगणनमामा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायम गरेका छन् ।

खड्काले १ हजार १ सय ४५ मत ल्याएका छन् । खड्कालाई एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १ सय ८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ सय १५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत पाएका छन् ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । इलाम–२ मा शनिबार उपनिर्वाचन भएको थियो ।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेकामा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us