समाचार

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

२०८२ भदौ १० गते १८:१६

काठमाण्डू, १० भदौ– वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाण्डू महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले छन् । पक्राउ परेकामध्ये...

मन्त्रिपरिषदमा हेरफेर हुँदैनः प्रकाशमान

२०८२ भदौ १० गते १८:०३

काठमाण्डू, १० भदौ– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिमण्डलमा हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । नेपाल महिला संघकी संस्थापक मंगलादेवी सिंहको २९औं स्मृति दिवसका अवसरमा शोभाभगवती रहेको सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहले मन्त्रिमण्डल हेरफेर नहुने बताएका हुन् । काँग्रेसका मन्त्रीहरु हेरफेरको कुनै...

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि अर्थले थाल्यो छलफल

२०८२ भदौ १० गते १७:५१

काठमाण्डू, १० भदौ– भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

विपिनलाई रिहा गर्न राष्ट्पतिले थाले प्रयास

२०८२ भदौ १० गते १७:४६

काठमाण्डू, १० भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले राजा अब्दुल्लाहलाई एक पत्र पठाउँदै जोशीको अवस्थाको पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि पहल गरिदिन...

अटोरिक्सा दुर्घटनामा एकको मृत्यु

२०८२ भदौ १० गते १७:३८

सुनसरी, १० भदौ–धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा मंगलबार अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को१ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को३७प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा...

आर्थिक अनियमितताको आरोपमा एसपी सिलवाल छानबिनमा तानिए

२०८२ भदौ १० गते १७:३५

काठमाण्डू, १० भदौ– आर्थिक अनियमिततामा मुछिएको भन्दै प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) माथि छानबिन थालिएको छ । एसपी राजकुमार सिलवालमाथि छानबिन गर्न फरकफरक ५ समिति गठन भएका छन् । सिलवाल मधेश प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको प्रमुख थिए । मधेस...

राज्य व्यवस्था समिति सभापतिमा न्यौपाने निर्विरोध, माओवादी र रास्वपाको भित्री समर्थन

२०८२ भदौ १० गते १७:२४

काठमाण्डू, १० भदौ–संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा काँग्रेस सांसद् ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकामा न्योपानेको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएको संसद सचिवालयले जनाएको छ । संघीय संसदका प्रवक्ता एकराम गिरीले...

चौतर्फी विरोधपछि पछि हट्यो सरकारः इम्बोस्ट जडान नगर्नेलाई जरिवाना हुँदैन

२०८२ भदौ १० गते १७:१४

काठमाण्डू, १० भदौ– यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारी धनीलाई जरिवाना नलाग्ने बताएको छ । विभागका महानिर्देशक राजिव पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै समयमै इम्बोस्ट नम्बर नजोडे जरिवाना लाग्ने भन्ने हल्ला निराधार भएको दाबी गरेको हो । विभागले यसअघि आगामी...

५ तले घर भाडामा लिएर क्रिश्चियन धर्म प्रचार गर्ने अमेरिकी नागरिक पक्राउ

२०८२ भदौ १० गते १७:०४

काठमाण्डू, १० भदौ– अध्यागमन विभागले ललितपुरको भैंसेपाटीबाट क्रिश्चियन धर्म प्रचारमा संलग्न एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक डानियल एस कोरनी छन् । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार धर्म प्रचारका लागि उनले भैंसेपाटीस्थित मन्त्री क्वार्टर नजिकै भाडामा लिएका थिए ।...

निरहार तीज व्रत नबस्न समाचार लेखेको भन्दै गोरखापत्र जलाउन खोज्दा राजावादी पक्राउ

२०८२ भदौ १० गते १६:५१

काठमाण्डू, १० भदौ– प्रहरीले सरकारी मुखपत्र गोरखापत्र दैनिक जलाउन खोजेको आरोपमा सन्तोष राजावादी भनिने सन्तोष सिलवाललाई पक्राउ गरेको छ । गोरखापत्रको प्रति जलाउने तयारी गरिरहेका बेला मंगलबार माइतीघर घण्डलाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार...

ईश्वरी न्यौपानेले दिइन् सुनुवाई समिति सभापतिबाट राजीनामा

२०८२ भदौ १० गते १४:४३

काठमाण्डू, १० भदौ– संघीय संसदको संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ विशेष समिति सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएकी छन् । न्यौपानेले विशेष कारणबस आफू जिम्मेवारीमा रहन नसक्ने भन्दै मंगलबार सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी हुन् । ‘संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन...

ईश्वरी न्यौपाने बन्ने भइन् राज्य व्यवस्था समिति सभापति

२०८२ भदौ १० गते १४:२६

काठमाण्डू, १० भदौ– नेपाली काँग्रेसले सांसद् ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले न्यौपानेले सभापति बनाउने निर्णय गरेको हो । न्यौपाने यसअघि संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाई विशेष समिति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us