समाचार

इम्बोस्ट नम्बर प्लेट जडान नगर्न यातायात व्यवसायीको अपिल

२०८२ भदौ ९ गते १७:१९

काठमाण्डू, ९ भदौ– सार्वजनिक यातायात केन्द्रीय महासंघले आफ्ना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक अपिल गरेको छ । महासंघका महासचिव भरत नेपालले सोमबार विज्ञप्तिमार्फत उक्त आग्रह गरेका हुन् । महासंघले अव्यावहारिक विषय संशोधन भएसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न भनेको छ ।...

कैलाली कागारका थुनुवाको मृत्यु

२०८२ भदौ ९ गते १७:०४

कैलाली, ९ भदौ–कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरी छन् । बलात्कार मुद्धाका आरोपी चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । रिंगटा लागेको बताएपछि प्रादेशिक अस्पताल लगिएकामा...

दीपक मनाङेले ६ वर्षसम्म चुनाव लड्न नपाउने

२०८२ भदौ ९ गते १६:५८

काठमाण्डू, ९ भदौ– गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा उदाएका राजीव गुरुङ उर्फ दीपक मनाङेले अबको ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । उनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले गत ४ असारमा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने फैसला गरेको थियो । मनाङे गत निर्वाचनमा...

सुटकेसमा महिलाको शवः एक जना पक्राउ

२०८२ भदौ ९ गते १५:२७

रौतहट, ९ भदौ– रौतहटमा सुटकेसमा महिलाको शव भेटिएको प्रकरणमा एक जना पक्राउ परेका छन् । गौर नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रूवीकुमारी साहको शव शनिबार गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र फेला परेको थियो । प्रहरीले पक्राउ परेकाको परिचय खुलाएको छैन । रौतहट प्रहरीका डिएसपी राजु कार्कीले...

अहिले देश सही नेतृत्वको हातमा छैनः कुलमान

२०८२ भदौ ९ गते १५:२१

काठमाण्डू, ९ भदौ– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक अहिले सही नेतृत्वको हातमा नरहेको बताएका छन् । पोर्चुगलको राजधानी लिस्बनमा नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित अभिनन्द कार्यक्रममा घिसिङले सही नेतृवको अभावमा मुलुकमा विकासको गति रोकिएको र रोजगारीको अवसर नपाएर युवा पलायन बढेको...

जमानत अस्वीकार गर्ने जिल्लाको फैसलाविरुद्ध उच्च गए रवि लामिछाने

२०८२ भदौ ९ गते १५:०९

काठमाण्डू, ९ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । सुप्रिम सहकारीको बचत अपचलनमा थुनामा रहेका लामिछानेले बिगो रकम बुझाएर रिहा गर्न दिएको निवेदन जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले खारेज...

भारतबाट खैरो हिरोइन ओसार्न आएका दुई जना पक्राउ

२०८२ भदौ ९ गते १३:२८

विराटनगर, ९ भदौ– प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई भारतीयलाई पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहार खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकार छन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी...

प्रचण्ड र विप्लवबीच यी तीन विषयमा भए छलफल

२०८२ भदौ ९ गते १३:१०

काठमाण्डू, ९ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ । ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको भेटमा समसामयिक राजनीति, समाजवादी मोर्चालाई प्रभावकारी बनाउने तथा दुई पार्टीबीच एकताका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव गोविन्द...

राज्य व्यवस्था समिति सभापतिको चुनाव ११ भदौमा

२०८२ भदौ ९ गते १३:००

काठमाण्डू, ९ भदौ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि आगामी ११ भदौमा निर्वाचन हुने भएको छ । संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । संसदका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा सभामुख देवराज घिमिरेले भदौ ११ गते...

कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर अघि बढ्नुपर्ने बेला आएको छःनेपाल

२०८२ भदौ ९ गते १२:४८

काठमाण्डू, ९ भदौ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । पार्टी स्थापनाको पाचौं वर्ष प्रवेशका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै नेपालले कम्युनिष्ट आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउनुपर्नेमा जोड दिएका हुन् । कम्युनिष्ट आन्दोलनमा प्रकट...

विप्लव भेट्नै उनकै घर पुगे प्रचण्ड,विप्लवले प्रचण्डलाई आफ्नो कुर्सीमा बसाए

२०८२ भदौ ९ गते १०:३९

काठमाण्डू, ९ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव भेट्न उनको निवास ललितपुरको हरिसिद्धि पुगेका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले प्रचण्ड र विप्लवबीच बिहान सवा १० बजेदेखि छलफल सुरू भएको जानकारी दिए । श्रोतका अनुसार प्रचण्डले विप्लवलाई...

गुण्डा नाइके रेस लामा पक्राउ

२०८२ भदौ ९ गते १०:२६

काठमाण्डू, ९ भदौ– गुण्डा नाइके रेस लामा भनिने गोपाल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले लामा पक्राउ गरेको पुष्टि गरे । बोहराका अनुसार दोलखा बैतेश्वर गाउँपालिका–३ का लामालाई गत ४ भदौमा बौद्ध प्रहरीको टोलीले चाबाहिलस्थित एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us