समाचार

बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

२०८२ भदौ ८ गते १६:१७

काठमाण्डू, ८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुनरावेद निवेदन दर्ता गराएको छ । आइतबार अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तस्शुल्क स्टिकर...

रुपन्देही–३ मा माओवादीले आफ्नै उम्मेदवार उठाउने

२०८२ भदौ ८ गते १६:१४

काठमाण्डू, ८ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी १७ कार्तीकमा रुपन्देही–३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ । उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ । अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने माओवादी केन्द्रका रुपन्देही संयोजक...

लोकतान्त्रिक गणतन्त्रमा प्राप्त अधिकारीबारे जनतालाई स्पष्ट पार्नुपर्छः पम्फा भुसाल

२०८२ भदौ ८ गते १५:४७

काठमाण्डू, ८ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने तर्क गरेकी छन । आज (आइतबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले यस्तो बताएकी हुन । उनले अहिले तिज...

वडाध्यक्ष कुट्नेलाई कारबाही गर्न योगेशको माग

२०८२ भदौ ८ गते १५:४१

काठमाण्डू, ८ भदौ– एमाले सचिव समेत रहेका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले आठराई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन् । सांसद भट्टराईले आइतबार गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै कारबाहीको लागि माग गरेका हुन । वडाध्यक्ष...

प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबिच भेटवार्ता

२०८२ भदौ ८ गते १५:३५

काठमाण्डू, ८ भदौ– नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबिच भेट भएको हो । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष...

सात प्रदेशलाई सातवटा जहाज किन्ने सरकारको तयारी

२०८२ भदौ ८ गते १४:३३

काठमाण्डू, ८ भदौ– सरकारले सात प्रदेशलाई सातवटा जहाज किन्ने तयारी गरेको छ । सात प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले सातवटा ट्विनअटर विमान खरिद गर्ने तयारी सरकारको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको अभावले नियमित...

बागमती नदीमा पौडी लेख्न भन्दै पसेका व्यक्ति मृत भेटिए

२०८२ भदौ ८ गते १४:२०

काठमाण्डू, ८ भदौ– बागमती नदीमा पौडी लेख्न भन्दै पसेका व्यक्ति मृत अवस्थामा फेला परेका छन । मृत भेटिनेमा संखुवासभाको खाँदबारी नगरपालिका–११ घर भइ ललितपुर बस्ने २० वर्षीय अभिषेक राई रहेको प्रहरीले जानकारी दिएको छ । राई शनिबार दिउँसो ५ बजेतिर उनी पौडी खेल्ने भन्दै...

गौशाला प्रहरी वृत्तको थुनामा रहेका आरोपीमाथि निर्घात कुटपिट

२०८२ भदौ ८ गते १४:१६

काठमाण्डू, ८ भदौ– काठमाण्डूको प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका थुनुवामाथि कुटपिट भउको पाइएको छ । थुनामा रहेका अनिल बिसंखेलाई अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले कुटपिट गरेका हुन । धादिङ घर भएका बिसंखे एकजना पूर्वसैनिक अधिकृतको घरमा ल्यापटप लगायतका ग्याजेट चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो...

काठमाण्डूको डल्लुमा एक जना मृतावस्थामा फेला

२०८२ भदौ ८ गते १४:०८

काठमाण्डू, ८ भदौ– काठमाण्डूको  डल्लुमा एक जना मृतावस्थामा भेटिएका छन । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।...

स्याङ्जामा कुटपिटगरि युवकको हत्या

२०८२ भदौ ८ गते १४:०५

काठमाण्डू, ८ भदौ– स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडामा गएराति कुटपिट गरी एक युवको हत्या गरीएको छ । वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिट गरी हत्या गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले उनको कुटपिटका कारण मृत्यु...

जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाउने

२०८२ भदौ ८ गते १३:५९

काठमाण्डू, ८ भदौ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टीको यसअघि बसेको बैठकले उक्त निर्णय गरेको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उपाध्यक्ष बस्नेतले जानकारी...

राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

२०८२ भदौ ८ गते १३:२०

काठमाण्डू, ८ भदौ– नेपाल राष्ट्र बैंकले आज (आइतबार) अधिक तरलता कायमै रहेपछि ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।  कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us