काठमाण्डू, ११ भदौ– प्रधानमन्त्री केपी ओलीले आगामी १४ देखि १८ भदौसम्म चीन भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ओली भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री ओली ‘सांघाई सहयोग शिखर सम्मेलन’ मा भाग लिन चीन जान लागेका हुन् ।...
काठमाण्डू, ११ भदौ– महिलाको उजुरीमा पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर रिहा भएका छन् । उनी हाजिरी जमानीमा छुटेका हुन् । पूर्वप्रेमिकाले प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए । प्रहरीले महरलाई चरित्र हत्यामा संलग्न देखिएकाले विद्युतीय कारोबार ऐन–२०६३...
रौतहट, ११ भदौ– रौतहटमा सुटकेसभित्र शव भेटिएकी रूबीकुमारी साहको हत्या आरोपी युवकको पनि मृत्यु भएको छ । जलेर घाइते अवस्थामा भेटिएका लक्ष्मण पासवानको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले उनलाई बुधबार बिहान जलेको अवस्थामा भेटेर नियन्त्रणमा लिएको थियो । उनलाई उपचारका लागि...
काठमाण्डू, ११ भदौ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् । बुधबार काठमाण्डूमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवादलाई सम्बोधन गर्दै उनले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने जिकिर गरे । ‘अहिले माओवादीअनुसारको पाठ्यक्रम...
काठमाण्डू, ११ भदौ- एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । महरविरुद्ध जिल्ला अदालत काठमाण्डूले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । महरविरुद्ध एक महिलाले बलात्कार र साइबर अपराध कसुरमा कारबाही माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दायर गरेकी थिइन् ।...
काठमाण्डू, ११ भदौ- एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले दिएको जबर्जस्ती करणी तथा गालीबेइज्जती र चरित्रहत्या सम्बन्धी मुद्दाका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सत्ताको आडमा जोगिँदै आएका महरविरुद्ध काठमाण्डू जिल्ला अदालतले पक्राउ...
काठमाण्डू, ११ भदौ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधिका रुपमा मात्र व्याख्या भएकामा आपत्ति जनाएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादी संघर्ष सामाजिक रुपान्तरणको मुख्य बाहक भएको बताए । ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै...
चितवन, ११ भदौ– चितवनबाट दुई किशोरी बेपत्ता भएका छन् । १६ वर्षीया रिना थापा र १३ वर्षीया रोशनी विक मंगलबारदेखि बेपत्ता भएका हुन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक–७ स्थायी घर भएका उनीहरु भरतपुर महानगरपालिका–१० नहारचोक बस्दै आएका थिए । चितवन प्रहरीका एसपी गोविन्द पुरीका अुनसार...
बुटवल, ११ भदौ– उच्च अदालत तुसलीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मागेको छ । न्यायाधीश सागर विष्टको इजलासले बुधबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । आदेशमा जिल्ला अदालत रूपन्देहीले आदेश गरेको पछिल्लो मुद्धाको मिसिल र आधार...
काठमाण्डू, ११ भदौ– सर्वोच्च अदालतले दुई दलले सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले बुधबार जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएको सम्बन्धी कागजात झिकाउन आदेश दिएको...
काठमाण्डू, ११ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेतृत्वप्रति जनतामा भरोसा बढिरहेका बेला आन्तरिक द्वन्द्व चर्काउने प्रयास भएको बताएका छन् । उनले आफ्नो पार्टीभित्रको संघर्ष चर्काउन दलाल तथा प्रतिक्रियावादीहरु लागिपरेको आरोप लगाए । ‘माओवादी पार्टी र नेतृत्वको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र...
विराटनगर, ११ भदौ– मोरङ कारागारमा एक महिला कैदी मृत भेटिएकी छन् । बराहक्षेत्र नगरपालिका–६ सुनसरीकी राधा भनिने ३२ वर्षीया राधा भट्टराई कारागारको शौचालयमा मृत भेटिएको हुन् । भट्टराई महिला सेलको शौचालयभित्र झुण्डिएको अवस्थामा बुधबार बिहान मृत भेटिएकी हुन् । सुनसरी जिल्ला अदालतले भट्टराईलाई ७...