समाचार

कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका ४ जना बालकको शव फेला

२०८२ भदौ १२ गते १६:५२

कैलाली, १२ भदौ– कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका चार जना बालकको शव भेटिएको छ । आज (बिहिबार) दिउँसो कैलालीको गोदावरी नगरपालिका–९ स्थिति खुटिया नदीमा नुहाउन गएका अन्दाजी १५–१६ वर्षका चार बालकको शव फेला परेको हो । उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा ल्याइँदैछ ।...

स्लोभाकिया पठाइदिन्छु भन्दै साढे ५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८२ भदौ १२ गते १६:३१

काठमाण्डू, १२ भदौ– प्रहरीले वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१२ बस्ने बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छवीन्द्र हुमागाई रहेका छन । छवीन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै...

पार्टी आज पार्टी जस्तो बनाउन सकेनौँः उपमहासचिव शर्मा

२०८२ भदौ १२ गते १६:२१

काठमाण्डू, १२ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक पार्टीहरूलाई पार्टी जस्ता नबनाइँदा आज समस्या आएको तर्क गरेका छन । आज (बिहिबार) सहिद प्रतिष्ठानले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी उपमहासचिव शर्माले यस्तो बताएका हुन । उनले कम्युनिस्ट पार्टी गठबन्धन...

दिपक मनाङे पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित

२०८२ भदौ १२ गते १६:१५

काठमाण्डू, १२ भदौ– सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पदमुक्त भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । यही असार ४ गते अदालतको आदेश बमोजिम गुरुङ पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको हो । ‘संवत् २०७९...

संसद्को भदौको क्यालेन्डर तय गर्न सभामुख प्रमुख सचेतकहरूसँग छलफलमा

२०८२ भदौ १२ गते १६:१२

काठमाण्डू, १२ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा आवाश्यक छलफल गरेका छन । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा क्यालेन्डर बिषयमा छलफल भएको सभामुखको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । शुक्रबार बस्ने कार्यव्यवस्था...

१८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी

२०८२ भदौ १२ गते १६:०६

काठमाण्डू, १२ भदौ– निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका छन । आज (बिहीबार) प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा...

दसैँपछि महाधिवेशनको मिति टुङ्गो लाग्छः महामन्त्री थापा

२०८२ भदौ १२ गते १५:०५

काठमाण्डू, १२ भदौ- कांग्रेस महामन्त्री गगन कुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने घोषणा गरेका छन । आज (बिहिबार) सर्लाहीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका कांग्रेस महामन्त्री थापाले यस्तो तर्क गरेका हुन । उनले जनकपुरधाम...

रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

२०८२ भदौ १२ गते १५:०१

काठमाण्डू, १२ भदौ– जिल्ला अदालत काठमाण्डूले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप...

घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छः घनश्याम भुसाल

२०८२ भदौ १२ गते १४:५७

काठमाण्डू, १२ भदौ– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक रहेको तर्क गरेका छन । आज (बिहिबार) शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसाले...

काठमाण्डूको तारकेश्वरमा ९ लाख बराबरको चोरी

२०८२ भदौ १२ गते १४:३७

काठमाण्डू, १२ भदौ– काठमाण्डूको तारकेश्वर नगरपालिका–१० मा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । उक्त स्थानमा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट चोरी भएको प्रहरीले जानकारी दिएको छ । उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख...

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेटवार्ता

२०८२ भदौ १२ गते १४:३३

काठमाण्डू, १२ भदौ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण लगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालय...

ललितपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

२०८२ भदौ १२ गते १४:२९

काठमाण्डू, १२ भदौ– ललितपुरको गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३८ वर्षीय दीपक विष्ट रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us