समाचार

भोलीको बैठकबाट भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा

२०८२ भदौ १२ गते १८:०४

काठमाण्डू, १२ भदौ– भोली शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने तयारी छ । आज (बिहीबार) बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकपछि सम्भावित कार्यसूची सार्वजनिक भएको हो । जस अनुसार शुक्रबारको...

सुर्खेत उडेको जहाज मौसम खराब हुँदा नेपालगञ्ज अवतरण

२०८२ भदौ १२ गते १७:४२

काठमाण्डू, १२ भदौ– काठमाण्डूबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट गरीएको छ । बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्ध एयरले जनाएको छ । बुद्धको ७२...

जनार्दनले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैनः प्रचण्ड

२०८२ भदौ १२ गते १७:२९

काठमाण्डू, १२ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने तर्क गरेका छन । आज (बिहिबार) पार्टीको प्रदेश सचिवालय बैठकका लागि विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो तर्क...

उम्मेदवार छनोट विधिमा सर्वत्र स्वीकार्यता देखिएको छः रास्वपा

२०८२ भदौ १२ गते १७:२२

काठमाण्डू, १२ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गरेको छ । बुधबार सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो पार्टीले...

भोलीको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

२०८२ भदौ १२ गते १७:१५

काठमाण्डू, १२ भदौ– भोली (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आज (बिहीबार) सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराएका हुन् ।...

बक्यौता रकममा सरकारले पीडित किसानलाई अपमानित गर्‍योः माओवादी केन्द्र

२०८२ भदौ १२ गते १७:११

 काठमाण्डू, १२ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बक्यौता रकम नपाएर पीडित किसानहरूलाई सरकारले अपमानित गर्ने गरी उखुको समर्थन मूल्य घटाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज (बिहिबार) माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै उखु किसानको समर्थन मूल्य घटाएकोमा सरकारको...

कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका ४ जना बालकको शव फेला

२०८२ भदौ १२ गते १६:५२

कैलाली, १२ भदौ– कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका चार जना बालकको शव भेटिएको छ । आज (बिहिबार) दिउँसो कैलालीको गोदावरी नगरपालिका–९ स्थिति खुटिया नदीमा नुहाउन गएका अन्दाजी १५–१६ वर्षका चार बालकको शव फेला परेको हो । उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा ल्याइँदैछ ।...

स्लोभाकिया पठाइदिन्छु भन्दै साढे ५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८२ भदौ १२ गते १६:३१

काठमाण्डू, १२ भदौ– प्रहरीले वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१२ बस्ने बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छवीन्द्र हुमागाई रहेका छन । छवीन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै...

पार्टी आज पार्टी जस्तो बनाउन सकेनौँः उपमहासचिव शर्मा

२०८२ भदौ १२ गते १६:२१

काठमाण्डू, १२ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक पार्टीहरूलाई पार्टी जस्ता नबनाइँदा आज समस्या आएको तर्क गरेका छन । आज (बिहिबार) सहिद प्रतिष्ठानले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी उपमहासचिव शर्माले यस्तो बताएका हुन । उनले कम्युनिस्ट पार्टी गठबन्धन...

दिपक मनाङे पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित

२०८२ भदौ १२ गते १६:१५

काठमाण्डू, १२ भदौ– सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पदमुक्त भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । यही असार ४ गते अदालतको आदेश बमोजिम गुरुङ पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको हो । ‘संवत् २०७९...

संसद्को भदौको क्यालेन्डर तय गर्न सभामुख प्रमुख सचेतकहरूसँग छलफलमा

२०८२ भदौ १२ गते १६:१२

काठमाण्डू, १२ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा आवाश्यक छलफल गरेका छन । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा क्यालेन्डर बिषयमा छलफल भएको सभामुखको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । शुक्रबार बस्ने कार्यव्यवस्था...

१८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी

२०८२ भदौ १२ गते १६:०६

काठमाण्डू, १२ भदौ– निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका छन । आज (बिहीबार) प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us