समाचार

काठमाण्डूको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

२०८२ भदौ १३ गते १२:३७

काठमाण्डू, १३ भदौ– आज (शुक्रबार) बिहान काठमाण्डूको जडीबुटीमा बससँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । बिहान करिब पौने तीन बजेतिर जडीबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८...

कटुवा पेस्तोलसहित २ जना पक्राउ

२०८२ भदौ १३ गते १२:३३

काठमाण्डू, १३ भदौ– प्रहरीले सर्लाहीबाट कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...

रास्वपा नेता पाँडेविरुद्ध मुद्दा दर्ता, न्यायाधीश कार्कीको इजलासमा बयान जारी

२०८२ भदौ १३ गते १२:२६

काठमाण्डू, १३ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा...

सुनुवाइ समितिमा रामहरि खतिवडालाई लगिँदै

२०८२ भदौ १३ गते ११:५७

काठमाण्डू, १३ भदौ– संसदीय सुनुवाइ समितिको सदस्यमा कांग्रेसका सांसद रामहरि खतिवडालाई लगिने भएको छ । त्यसको जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउने भएका छन । कर्मचारीको कुलिङ पिरियडमा भएको गडबडीका कारण विवादमा आएपछि खतिवडाले राज्य व्यवस्था समिति...

सुनको मुल्यमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

२०८२ भदौ १३ गते ११:२२

काठमाण्डू, १३ भदौ– साताको कारोबारको अन्तिमदिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी...

छाउगोठमा पहिरो खस्दा महिला र बालिकाको मृत्यु

२०८२ भदौ १३ गते १०:५६

अछाम, १३ भदौ– अछाममा छाउगोठमा पहिरोले पुरिएर एक महिला र एक बालिकाको शुक्रबार ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखुलीकी ३५ वर्षीया निमा खनाल र उनकी छिमेकी ७ वर्षीया कविता भण्डारीको मृत्यु भएको हो । महिनाबारी बार्न छाउगोठमा बसेका बेला पहिरो गएको...

रेशमलाई बाइपास गरेर रञ्जिताले बोलाइन केन्द्रीय समिति बैठक

२०८२ भदौ १३ गते १०:४१

काठमाण्डू, १३ भदौ– नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको केन्द्रीय समिति बैठक बोलाएकी छन् । श्रेष्ठले आगामी १५ र १६ भदौमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन् । बैठकमा समसामयिक राजनीतिक विषयका साथै विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन...

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने, बहिस्कार गर्ने रास्वपाको तयारी

२०८२ भदौ १३ गते १०:०४

काठमाण्डू, १३ भदौ– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोध गर्ने तय भएको संघीउ संसद सचिवालयले जनाएको छ । ओली शनिबार चीन भ्रमणमा जाँदैछन् । आफ्नो चीन भ्रमण तथा समसायमिक विषयमा सदनलाई...

शवको हड्डी किनबेच प्रकरणः ४ जनालाई धरौटीमा छाड्न आदेश

२०८२ भदौ १२ गते १८:५६

काठमाण्डू, १२ भदौ– जिल्ला अदालत काठमाण्डूले पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनालाई धरौटीमा छाड्न आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । सर्लाही लालबन्दीका ४२ वर्षीय...

बैंकिङ कसुर मुद्दाका एक आरोपी पक्राउ

२०८२ भदौ १२ गते १८:३५

काठमाण्डू, १२ भदौ– प्रहरीले बैंकिङ कसुरको मुद्दाका एक फरार आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का ५० वर्षीय किशोर दाहाल छन् । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध १२ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको...

डलर देखाएर ठगी गर्ने एक जना पक्राउ, अर्का फरार

२०८२ भदौ १२ गते १८:१७

काठमाण्डू, १२ भदौ– प्रहरीले सिन्धुपाल्चोकमा डलर सटही गरिरहेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिन सफल भएको छ भने अर्का एक फरार भएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७, सुनकोशीस्थित अरनिको कलेज नजिकैको माथिल्लो जंगल क्षेत्रमा डलर देखाएर ठगी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले बाह्रबिसे...

बढ्यो अन्डाको भाउ, गोटाको २३ रुपैयाँ

२०८२ भदौ १२ गते १८:०८

काठमाण्डू, १२ भदौ– नेपाली बजारमा आज (बिहिबार) देखि लागु हुने गरी अन्डाको मुल्य वृद्धि भएको छ । चितवनबाट लोड भएर देशभरि जाने अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढेको नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले जानकारी दिएका छन । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us